|

पौडी खेल्ने क्रममा टाउकोमा चोट लागेर एक युवाको मृत्यु

धनगढी, फागुन २४ - धनगढीको मोहना नदीमा पौडी खेल्दा सुदुरपश्चिमाञ्चल एकेडेमीका अध्यापक विरेन्द्र विष्टको ज्यान गएको छ ।धनगढी नगरपालिका–३ वडहरास्थित आदर्श सामुदायिक वनमा सुरु भएको क्रिकेट खेलेर नुहाउन मोहना नदीमा गएका विष्टको पौडी खेल्ने क्रममा टाउकोमा चोट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।

निकै कम पानी भएको स्थानमा पल्टी हान्ने क्रममा विष्टको टाउको ढुङ्गामा ठोक्किएको थियो । उहाँको उपचारका लागि सेती अञ्चल अस्पतालमा उपचारका लागि लैजाने क्रममा वाटामै मृत्यु भएको हो ।

कञ्चनपुरको महेन्द्रनगर नगरपालिकाको भुजेला निवासी २९ बर्षीय विष्टको शव पोष्र्टमार्टमका लागि सेती अञ्चल अस्पतालमा राखिएको छ । महेन्द्रनगरवाट आफन्तहरु धनगढी आएका छन भने शवको आइतवार मात्र पोष्र्टमार्टम गरिने अञ्चल अस्पतालले जनाएको छ ।

तारानगरमा भाडामा वस्दै आएका विष्टले विगत दुई बर्षदेखि सुदुरपश्चिमाञ्चल एकेडेमीको उच्च मावि तहमा अध्यापन गराउँदै आउनुभएको थियो । विष्टको मृत्युपछि एकेडेमीमा शोक छाएको छ ।स्रोत : उज्यालो नेटवर्क

Posted by Butwalonline on 5:30 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पौडी खेल्ने क्रममा टाउकोमा चोट लागेर एक युवाको मृत्यु"

Leave a reply