|

लिम्बु पत्रकार संघका अध्यक्ष सुतेकै ठाउँमा मृत भेटिए

इटहरी, चैत १- लिम्बु पत्रकार संघका अध्यक्ष युवराज लिम्बु सुतेकै ठाउँमा मृत भेटिएका छन्। संघको हिजो र अस्ति धरानमा सम्पन्न प्रथम महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष चयन भएका उनी इटहरी-४ कृष्णबहादुर राईको घरमा सुतेकै अवस्थामा आज बिहान मृत भेटिएका हुन्।

संघका पूर्व संयोजक देवेन्द्र खापुङ र उनी वल्लो पल्लो कोठामा सुतेकोमा युवराज मृत भेटिएको कृष्णबहादुर राईले जानकारी दिए। मोरङको इटहरा-५ धाद्रा स्थायी घर भएका उनी काठमाडौंबाट प्रकाशित हुने गोर्खा साप्ताहिक पत्रिकाको कार्यकारी सम्पादक थिए। राजधानीको आरआर क्याम्पसबाट पत्रकारितामा स्नातकसम्मको पढाइ पूरा गरेका उनी संघको प्रथम महाधिवेशनका लागि केही दिनअघि पूर्वी नेपालको सहरमा आएका थिए।

प्रहरीले शवको प्रारम्भिक अनुसन्धान गरेको छ। प्रारम्भिक अनुसन्धानले मृत्यु हुनुको कारण बारे शंकास्पद स्थिति नभेटिएको प्रहरीले जानकारी दियो। इटहरामा रहेका परिवारलाई बोलाएर शवको पोस्टमार्टम गर्ने तयारी भइरहेको छ।स्रोत : नागरिक न्युज

Posted by Butwalonline on 8:09 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "लिम्बु पत्रकार संघका अध्यक्ष सुतेकै ठाउँमा मृत भेटिए"

Leave a reply