उद्योग बाणिज्य सघ तौहिलवाको कार्य समितिबाट धमाधम राजीनमा
किरणमान बज्राचार्य,कपिलवस्तु, ३० फागुन-उद्योग बाणिज्य सघ तौहिलवा शाखाका छ जना कार्य समिति सदस्यले सामुहिक राजीनामा दिएका छन् । संघको छैठो साधाराण सभाका लागि तौलिहवा आउनु भएको संघका बरिष्ठ उपाध्यक्ष भास्करराज राज कर्णिकार समक्ष उनीरुले राजीनामा दिएका हुन ।
साधारण सभाको उद्घाटन सत्र समापन चलीरहकै बेला संघका सदस्यहरु संदीप श्रीवास्तव, मधुसुदन बर्मा, अर्जून चापागााई, संतोष हमाल, माधुरी श्रेष्ठ र अनन्त भारती बाबाले कर्णिकार समक्ष सामुहिक राजीनमा पत्र बुझाएका थिए । संघका अध्यक्ष संतोष कसौधनको कर्याशैली प्रति ब्यापक असंतुष्टी जनाउदै उनीहरुले राजीनामा दिएको बताउका छन् । स्वैच्छारी र एकलौटी निर्णयको बिरोध गर्दै ब्यपारीहरुको हकहीत उजागर, सुनिश्चितताको आधार तयार गर्न तथा दायित्व र जिम्मेवारीबोध गराउन राजीनामा दिन बाध्य भएको राजीनामामा उल्लेख छ ।