|

एसएलसी परीक्षा केन्द्रबाट ११ बोरा चिट वरामद

कपिलवस्तु, १ चैत-परीक्षा अनुगमन टोलीले बिहीवार कपिलवस्तुका बिभिन्न एसएलसी परीक्षा केन्द्रबाट ११ बोरा चिट बरामद गरेको छ । तौलिहवा स्थित पाच र बहादुरगंज र महाराजगंज परीक्षा केन्द्रहरुबाट गाईड, गेस पेपर गरी सो परिमाणको चिट बरामद गरेको हो ।

प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द घिमिरेको नेतृत्वमा गएको निरीक्षण टोलीले तौलिहवाका रत्न राज्य राज्य, यशोधरा, सस्कृत, बुद्धमद्म तथा बुद्ध ज्योति परिक्षा केन्द्रबाट नौ बोरा चिट जफत गरेको जनाएको छ । यस्तै बहादुरगंज र महाराजगगंजमा रिनीक्षण टोलीले दुई बोरा चिट जफत गरेको थियो । बराद चिटलाई पक्रकार सम्मेलन गरी नष्ट गरिने शिक्षा काार्यलयले जनाएको छ । परीक्षालाई अमर्यादित वनाएको भन्दै महेन्द्र उच्च मावि कोपवाका निरिक्षक जोखन प्रसाद चौधरीलाई निष्कासन गरिएको छ । 
उता बिहीवार कपिलवस्तुमा ९७ जना परिक्षार्थी अनुपस्थित रहेको शिक्षा कार्यालयका उप सचिव थानेश्वर घिमिरले बताउनु भयो । नियमित तथा ईक्जाम्टेड गरी ९४ बिद्यालयका ६ हजार ८७७ परिक्षर्थी मध्ये छ हजार ८० परिक्षर्थी मात्र परिक्षामा सामेल भएको उहाले बताउनु भयो । जिल्लामा २५ केन्द्र कायम गरिएको छ । जिल्लामा शान्तिपुर्वक परीक्षा भएको बताईएको छ । 


फोटो विवरण : एस एस सि परिक्षा अनुगमन टोलिले परीक्षा केन्द्रवाट जफत गरेको चिटका वोराहरु ।तस्विर किरणमान बज्राचार्य 
                  

Posted by Butwalonline on 7:15 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " एसएलसी परीक्षा केन्द्रबाट ११ बोरा चिट वरामद "

Leave a reply