|

निर्धारित समयमा निर्वाचन गर्न चुनौतिपुर्ण-पुर्वमन्त्रि बालकृष्ण खाण

बुटवल, १ चैत्र - नेपाली काग्रेसका केन्द्रिय सदस्य एवं पुर्वमन्त्रि बालकृष्ण खााणले मुलुक अहिले अत्यन्त गम्भिर परिस्थितिमा पुगेको बताउनु भएको छ ।प्रधानन्यायाधिश खिलराज रेग्मि अन्तरिम चुनाबि मन्त्रिपरिषदको अध्यक्ष भएपछी प्रतिक्रिया दिदै उहाले अव पनि निर्वाचन नभए व्यवस्थापिका संसद जस्तै न्यायपालिका र संबैधानिक निकाय कोल्याप्स हुने बताउनु भयो ।
 
मुलुक गम्भिर परिस्थितिमा पुगेकाले लोकतन्त्र बचाउन पनि नया जनमतको बिकल्पनभएको उल्लेख गर्दै पुर्वमन्त्रि खाणले मुलुकमा लोकतन्त्र, दीगो शान्ति र बिकास चाहने सबैले अन्तरीम मन्त्रिपरिषदलाई सहयोग गर्नु आवश्यक भएको बताउनु भयो ।
 
लोकतन्त्रका लागि लड्दै आएको काग्रेसले नयाा निर्वाचनका लागि मात्र प्रधानन्यायाधिशको नेतृत्व स्विकार गरेकाले पार्टीका सदस्यहरु भित्रको बिवादलाई शिर्ष नेताहरुले छिटो छलफल गरी शान्त पार्नुपर्ने बताउनु भयो ।
 
प्रधानन्यायाधिश नेतृत्वमा सरकार गठन गर्दा सबै पार्टी र क्षेत्रबाट सहमति प्राप्त नभएकाले निर्धारित समयमा निर्वाचन गर्न चुनौतिपुर्ण एको बताउनु भयो । यस्तै नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा लुम्बिनी अञ्चल ईञ्चार्ज छबिलाल बिश्वकर्माले सडकमा बिरोध गरेर नभई निर्वानका लागि प्रधानन्यायाधिश नेतृत्वको सरकारलाई सहयोग गर्न सबै दलहरुलाई आग्रह गर्नु भएको छ । निर्वाचन नै गर्न नसक्ने भट्टराई सरकार बिस्ठापन हुनु निर्वाचन र लोकतन्त्रका लागि राम्रो संकेत भएको बताउनु भयो । यता नेकपा माओवादीका केन्द्रिय सदस्य तथा अवध ईञ्चार्ज चन्द्रहरी सुबेदी अटलले बिदेशीहरुको इशारामा बनेको सरकारले कुनै पनि हालतमा निर्वाचन गर्न गर्न नसक्ने बताउनु यो । बिदेशिको इशारामा चारदलले मुलुकमा सिण्डिकेटको राजनीति गरेपनि आफुहरुको आन्दोलनले त्यसलाई सफल हुन नदिने दाबी उहाले गर्नुभयो ।

Posted by Butwalonline on 7:36 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "निर्धारित समयमा निर्वाचन गर्न चुनौतिपुर्ण-पुर्वमन्त्रि बालकृष्ण खाण"

Leave a reply