अबैध रुपमा मनि ट्रन्सफरबाट बिदेसी मुद्रा अपचलनगर्ने ३ जना प्रकाउ
बुटवल १ चैत – बुटवलमा प्रहरीले अबैध रुपयाको कारोबार गर्ने ३ जनालाई प्रकाउ गरेको छ । ईलाका प्रहरी कार्यलय बुटवलले सुराकीको आधारमा मनि एक्सचेन्ज काउन्टर र मनि ट्रन्सफर बाट बिदेसी मुद्रा अपचलन गर्ने ३ जनालाई पकाउ गरेको छ ।
बुटवल नगरपलिका बार्ड नम्बर ८ राम मन्दीरको एकता मनिचेन्जबाट प्रतिबन्धीत ५सय १ हजार भारतिय रुपयाका नोट र दुर्गा मन्दीर लाईन सगुन मनि ट्रन्सफरबाट भारु , डलर , जापनीज एन , युरो लयातका बिदेसी रकमको अपचलन गरेको भन्दै प्रहरी ३ जना सचालनलाई पत्रकार सम्मेलन गरी सार्बजनि गरेको छ ।
पक्राउ पर्नेमा एकता मनिचेन्जका सचालन अर्धाखचाी जिल्ला खन गा बी स २ का बसन्त खनाल सगुन मनि ट्रन्सफरका सचालक अर्धाखाची मैदान ५ का महेस धिमीरे र रुपन्देही दयानगर १ का पारसमणि अर्याल रहको छन् ।
ईलाका प्रहरी कार्यलय बुटवलका डि. यस. पी . राज कुमार बैदाबरका अनुसार एकता मनिचेन्जबाट २ लाख ८ हजार भारु सगुन मनि ट्रन्सफर बाट भारु १लाख १६ हजार ५ सय अमेरिकी डलर १हजार ३ सय ८४, जापनिज एन १० हजार , सिड्गापुर डलर १२ ,यरो १०० , अस्ट्रेयिलन डलर २० , मलेसियन रिडगिट १६७ , कुबेति डिनार ६५ . २५ , ओमनि रियाल १८ , युएई द्रिहाम्स २हजार ४० रहको छ । उनिहरुले राजस्ब अनुसन्धान कार्यलयमा पठाईने प्रहरीको भनाई छ ।
पत्रकार सम्मेलन बुटवल क्षेत्रमा अबैध रुपमा कोचिड् सेन्टर सचालन गरि ठगि गरेका ४ जनालाई पकाउ गरि अनुसन्धानको लागी म्याद थप गरेको जनाएको छ ।प्रकाउ पर्नेमा ब्लुस्काई कोचिड्सेन्टरका सचालन त्रिभुबन पराजुली वृहस्पति कोचिड सेन्टरका सचालक यम प्रसाद क्षेष्ठ , कुसुम कोचिड्ग सेन्टरका शुसिल खनाल लुम्बिनि कोचिड् सेन्टरका टिकाराम शर्मालाई जिल्ला अदालत रुपनदेन्हीबाट म्याद पथ गरिएको प्रहरीले जनाएको छ ।
यस्तै बुटवल बजार तथा राजमार्ग किनार जुबाको रुपमा क्यारेमबोड सचालन गरेको भन्दै ३४ बाट बोड र सचालकलाई नियन्त्रण लिएको जनाएको छ डि. यस. पी . बैदाबरले सचालनहरुलाई सम्झाई बुझाई जिम्मा लगाएको बताउनु भयो ।