|

फर्साटिकरलाई खुला दिशा मुक्त क्षेत्र बनाउने अभियान

तुलसी राम पौडेल,फर्साटिकर, चैत्र १ - रुपन्देही सौ फर्साटिकर गा.वि.स. लाई चैत्र मसान्त सम्म खुला दिशा मुक्त गा.वि.स. घोषण गर्ने कार्यक्रम रहेको हुदा सफल पार्न विभिन्न समिती गठन तथा अनुगमन टोली द्धारा निरिक्षण सम्पन्न भएको छ ।

सौ फर्साटिकर आमा समूहको अध्यक्ष राजेश्वरी सिंहको अध्यक्षतामा महिलाहरुको प्रचार प्रसार तथा दवाव समिती गठन भइ कार्य गरिरहेको छ । त्यसै गरी गा.वि.स. अध्यक्ष तथा सालिकराम पाण्डेको संयोजक रहेको विभिन्न राजनैतिक दल, अस्थायी प्रहरी पोष्टका प्रमुख, सक्रिय विभिन्न संघसस्थाहरु,युवा कल्बहरुको संयुक्त अनुगमन टोली द्धारा गा.वि.स. का नौ वाडमा निरिक्षण सम्पन्न भैसकेको छ ।

चैत्र मसान्त सम्म खुला दिशा मुक्त क्षेत्र गा.वि.स बनाउनको लागि शौचालय नभएको घरलाई गा.वि.स.बाट प्रदान गरिने सेवा, सुविधा माघ–१ गतेबाट नै वन्द गरिएको गा.वि.स. सचीव सालिकराम पाण्डेले बताउनु भयो । यो अमियानलाई पूर्णरुपले सफल पार्न यस क्षेत्रका सम्पूर्ण राजनैतिक दल विभिन्न संघसस्था, समाज सेवी, शिक्षक बुद्धिजिवी सम्पूर्णपक्षलाई सक्रिय रुपमा खुदा दिशा मुक्त क्षेत्र सम्बन्धि सचेतना जगाउने कार्यमा सक्रिय रुपमा सहयोग गर्न गा.वि.स. सचीव सलिकराम पाण्डेले आग्रह गर्नु भएको छ ।



Posted by Butwalonline on 7:45 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "फर्साटिकरलाई खुला दिशा मुक्त क्षेत्र बनाउने अभियान"

Leave a reply