|

विवाहको तयारीमा जुटेपछि एक किशोरीद्धारा आत्महत्या

खलङ्गा (बैतडी), माघ २८- घर परिवार विवाहको तयारीमा जुटेपछि बैतडीको कटौजपानीमा आज एक किशोरीले आत्महत्या गरेकी छन्। घर परिवारले विवाहको लागि सम्पूर्ण तयारी पूरा गरेपछि कटौजपानी-३ की १८ वर्षीया विरमा कुँवरले घरभित्रै झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

स्थानीय रौलेश्वर माविमा कक्षा ९ मा अध्ययन गर्ने कुँवरले घर परिवारले इच्छा विपरीत बिहे गरिदिन लागेका कारण आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ। उनको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन पठाइएको छ।जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख लालबहादुर साउदका अनुसार मृतक किशोरीको सोमबार छिमेकी सित्तड गाविस निवासी एक युवकसँग विवाहको हुँदै थियो। बिहेका लागि सीमा बजार झुलाघाटबाट दुवै पक्षले आवश्यक सबै सामान घर पुर्‍याइसकेको स्थानीय प्रताव महराले बताए। राससस्रोत :नागरिक न्युज

Posted by Anonymous on 3:19 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "विवाहको तयारीमा जुटेपछि एक किशोरीद्धारा आत्महत्या"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु