पत्रकार माथिको ज्यादती र राष्ट्रीयता माथी गम्भीर प्रश्न
डिआरजी-सुमन - नेपालको वर्तमान परीपेक्ष मा हेर्ने हो भने वास्तविक समाजसेवी र राष्टप्रेमीको अन्तर आत्ममा निकै ठुलो पिडा छ न की आज भोक र निद्रा पनी हराएको अवस्था छ।कहिले कुन विषय त कहिले कुन विषयले चर्चा पाएकै छ।सत्य र निस्पक्ष काम गर्ने कसैको वास्ता छैन । राजनीति पार्टीको छत्र छायामा यतीवेला वलत्कार,हत्यारा,फटाहा,भस्टचारी,दलालको आवरणले देश छोपीएको अवस्था छ।
पत्रकार माथी ज़्यादती वढदो छ। सत्य समचार समाजमा पच्न छाडीसकेको देखिन्छ।यस्तो कु कार्य गर्ने हरु पत्रकार लाई धम्काउन,झुटा विश्लेषण गर्न पछी परेका छैनन । देशका संवैधानिक निकाय,सुरक्षा निकाय यसको दर्शक वनेको अवस्था छ।सत्य समचार यी तत्व ले पचाउन छाडीसकेका छन।धम्कीको भाषामा पत्रकारलाई पेसा देखी वा स्थान देखी विस्थापित गरीदै छ भने पत्रकारले निस्पक्ष समाचार समाजलाई दिनु पर्छ ।
आज पत्रकार माथी सबैको वक्र दृष्टि छ। यतीवेला सिंगो पत्रकार महासंघ आनदोलीत छ र आफनो हक़ हितको राज्यले ग्यारेन्टी नगरे सम्म रोकीनु हुदैन । राजनितिक पार्टीको दवदवा र हैकम माथी श्रमजीवी क़लम कुनै हालतमा रोकीनु हुदैन।अनलाईन अफ लाईन पत्र पत्रिका संचालक,रेडियो टेलीभीजन संचालक तथा समर्पुण पत्रकार एक भई उठन जरुरी देखिएको छ।
यदी अझपनी नउठेको खण्डमा हाम्रो देश संचार क्षेत्र देखी वन्जीत नहोला भन्न सकिदै । कारण पत्रकार माथीको राजनैतिक ज़्यादती वढने छ र एक पछी अर्कों गरी यो पेसा छाडन वाध्य हुने छन यसमा सरोकार वाला सस्था र निकायले समयमै ध्यान दिन जरुरी देखिन्छ। सम्पूर्ण पत्रकारहरु आफ्नो कलमलाई धारिलो पारि एक जुट हुन जरुरि देखिएको छ किनकि आहिलेको बर्तमान अबस्थामा यी र यस्ताखाले अपराधीको बर्चस्व नेपालमा बढ्दो देखिएको छ यसको प्रभाब सम्पूर्ण क्षेत्रमा प्रभाब पार्नेछ भने सरकारी निकायबाट यथासिघ्र यसको सहि सम्बोधन सहित सुरक्षाको ग्यारेन्टी गर्नु पर्छ
लेखक-पिएसएम नेपालका संयोजक तथा अन्तराष्ट्रीय अर्घाखाँची सम्पर्क मंचका महासचिव हुन ।