|

बाँकेको खजुरामा दोश्रो जिल्ला स्तरिय रेडबुल लिगको जारी

ज्ञानु गौतम,नेपालगञ्ज,माघ १२ - बाँकेको खजुरामा जारी दोश्रो जिल्ला स्तरिय रेडबुल लिगको पहिलो खेलमा धिम्बोजी युवा क्लब नेपालगञ्ज र राधाकृष्ण युवाक्लब बिच आज लिग चरणको अन्तिम खेल हुदैछ ।

यो खेलको नतिजा अनुसार समुह डि को सेमीफाइनल प्रबेशका लागि टुङगो लाग्नेछ । यस अघि नै समुह ए बाट जय किशन स्पोर्टस क्लब सैनिक , समुह बी बाट न्यु बागेश्श्श्वरि युवा क्लब खजुरा समुह सी बाट शान्ति स्पोर्टस क्लब सितापुर सेमी फाइनलमा प्रबेश गरिसकेको छ । जस अन्गर्तत फाइनल प्रबेशका लागि आज दिउासो  साढे २ बजे समुह ए को बिजेता तथा गत बर्षको डिफेन्डीङ च्याम्पिएन जय किशान स्पोर्टस क्लब सैनिक , र समुह सी को विजेता शान्ति स्पोर्टस क्लब सितापुर विच फाइनल प्रबेशका लागि पहिलो समेफाइनल खेल हुदैछ । यसैगरि समुह डी को बिजेताले समुह बी को बिजेता न्यु बागेश्वरि युवा क्लब खजुरा सगं भोली फाइनल प्रबेशका लागि दोस्रो सेमीफाइनल खेल खेल्ने सहकर्मी रोगन थापाले जानकारी दिनुभयो ।

पुष २५ गते बाट सुरु भएको प्रतियोगितामा १८ वटा क्लबको सहभागिता रहेको छ । प्रतियोगिता माघ १४ गते हुनेछ ।

Posted by Butwalonline on 8:26 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बाँकेको खजुरामा दोश्रो जिल्ला स्तरिय रेडबुल लिगको जारी "

Leave a reply