ट्रक मर्स्याड्दी नदीमा खस्दा दुई जनाको मृत्यु
तनहुँ, माघ १२ - पृथ्वी राजमार्ग अर्न्तगत तनहुँको आँबुखैरेनीमा शुक्रबार बिहान एउटा ट्रक मर्स्याड्दी नदीमा खस्दा दुई जनाको ज्यान गएको छ। मुग्लिनबाट आँबुखैरेनी तर्फ आउँदै गरेको ना ४.ख ९०४७ नम्बरको ट्रक आँबुखैरेनी ७, ऐनापहराबाट मस्याड्दी नदीमा खसेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ।
ट्रकमा सवार दुबै जनाको मृत्यु भए पनि उनीहरुको हालसम्म सनाखत हुन नसकेको आँबुखैरेनीका प्रहरी निरिक्षक लेन प्रताप सेनले बताए। ट्रक सडकदेखि करिब २ सय ५० मिटर तल नदीमा खसेको हो। स्रोत :नागरिक न्यूज
