|

मुम्बई हमलाका योजनाकार डेविड हेडलीलाई ३५ बर्ष जेल सजायँ

काठमाडौं, माघ १२ । मुम्बई हमलाका योजनाकार डेविड हेडलीलाई अमेरिकी अदालतले ३५ बर्षको जेल सजायँ सुनाएको छ । आतंकबादी संगठन लश्कर ए तोइबाका संदिग्ध डेबिड हेडलीको अन्तिम सुनुवाई कडा सुरक्षाकाबीच शिकागोको उच्च अदालतमा भएको थियो । 

सन् २००८ मा भएको मुम्बई आक्रमणका मुख्य योजनाकार भनिएका हेडली सन् २००९ मा पक्राउ परेका थिए । पक्राउ परेलगत्तै उनले आफूमाथि लागेको आरोप सहजै स्वीकारेका थिए । उनले मुम्बईमा दुई बर्ष सम्म रही हमलाको योजना बनाएको पनि स्वीकारेका छन् । पाकिस्तानी मूलका अमेरिकी नागरिक हेडलीले मुम्बई हमलाका क्रममा सिकागोका ब्यापारी तहब्बुर रानालाई सहयोगीका रुपमा प्रयोग गरेको पनि खुलासा गरेका छन् । सन् २००८ को नोभेम्बर महिनामा भएको मुम्बई हमलामा १ सय ६६ जनाको मृत्यु भएको थियो । यसअघि सोही हमलाका आरोपी तहब्बुर रानालाई १४ बर्षको जेल सजायँ तोकिसकेको छ । सो घटनामा संलग्न पाकिस्तानी नागरिक अजमल कसाबलाई फाँसी दिइसकिएको छ ।स्रोत : ईमेज  च्यानल

Posted by Butwalonline on 8:51 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मुम्बई हमलाका योजनाकार डेविड हेडलीलाई ३५ बर्ष जेल सजायँ"

Leave a reply