प्रेश युनियन बाँकेले आज नेपालगञ्जमा बिरोध रयाली निकाल्दै
ज्ञानु गौतम,नेपालगञ्ज,माघ १२ - बर्तमान सरकार बर्हिगमनका लागि प्रेश युनियन बाँकेले आज नेपालगञ्जमा बिरोध रयाली निकाल्दैछ ।आज दिउासो १ बजे नेपालगञ्जको धम्बोजी चोक बाट रयाली सुरु हुने प्रेश युनियन बाँकेका अध्यक्ष नरेन्द्र थापाले जानकारी दनुभयो । यसैगरि महिला हिसां बिरुद्धमा आज बिरोध रयाली निकालिदैछ । अहिलेकेहीबेर पछि नेपालगञ्जको बिपी चोक बाट सुरु भइ रयाली जिल्ला प्रशासन कार्यालयमा गएर धर्ना दिनेछ । के आई नेपाल , डब्लु डब्लु जे लगाएतका विभीन्न सघं सस्थांको आयोजनामा ऱ्याली निकालिदैछ । य्यालीमा सहभागिताका लागि सबैलाई अनुरोध गरिएको पत्रकार उमा थापाले जानकारी दिनुभएको छ ।
नेकपा–माओवादीको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । बैठकमा रिक्त केन्द्रीय सदस्य नियुक्ति र सङ्गठन सुदृढीकरणको बारेमा छलफल हुने प्रवक्ता पम्फा भुसालले सीआईएनलाई जानकारी दिनुभयो । विहान ११ बजेपछि पार्टी कार्यालय बुद्वनगरमा सुरु हुने बैठकमा केन्द्रीय सदस्यहरु छनौट गर्ने छलफल हुने बताइएको छ । बैठकमा केन्द्रीय सदस्यहरुले उठाएको जिज्ञासाको बारेमा अध्यक्ष मोहन बैद्य लगायतका पदाधिकारीहरुले जवाफ दिने प्रवक्ता भुसालले जानकारी दिनुभयो ।
