|

दाङमा ओबादीको सम्मेलन र बिपक्षीको बिरोध एकैदिन

ज्ञानु गौतम,नेपालगञ्ज,माघ १२ - एकिकृत नेकपा माओवादी दाङको आजदेखी घोराहीमा हुने सातौ जिल्ला सम्मेलनको तयारि पुरा भएको छ ।एकिकृत नेकपा माओबादी दाङका इन्चार्ज निर्मल आचार्यले एक बिज्ञप्ती जरि गरि सम्मेलनको सम्पूर्ण तयारि पुरा भएको जनाउनुभएको हो ।

आज मध्यान्न १२ बजे घोराहीको टा्रफीक चोकबाट रयाली सुरु भइ बजार परिक्रमा गरि जिबीस अगाडीको सहिदमञ्चमा कार्यक्रम गरिने छ ।सम्मेलन उद्घाटनकालागी केन्द्रीय सचिब एबं पर्यटन तथा नागरिक उड्यान मन्त्री पोष्ट बहादुर बोगटि,पश्चीम कमाण्ड इन्चार्ज शत्ती बस्नेत लगायतका नेताहरुले उद्घाटन सत्रलाइ सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आज र भोली २ दिन सम्म चल्ने सम्मेलनको आज साझदेखी बन्दसत्र सुरु हुने भोली समापन गरिने कार्यक्रम रहेको छ ।सम्मेलनलाइ सफल पार्न सम्पूर्ण जनसमुदाय नागरिक समाज,पत्रकार,ब्यबसायी,उद्योगी लगायत सम्पूर्ण उपस्थीतीकालागी अनुरोध गरिएको छ । यसैबिच,,बिपक्षी ५ दलहरुले पनि आजनै घोराहीमा बिरोध कार्यक्रम गर्दै छन् ।


दिउसो साढे १बजे आआफनो पार्टी कार्यालयबाट बिरोध रयाली निकाल्ने । तुल्सिपुर चोकमा पुगेर सभामा परिणत गरिने बिपक्षी दलहरुले जनाएका छन् । बिरोध कार्यक्रममा नेपालि काग्रेस,नेकपा एमाले,राष्ट्रीय जनमोर्चा,नेकपा माले राष्ट्रीय शक्ती प्रजातन्त्र पार्टीले संयु क्तरुपमा बिरोध कार्यक्रम गर्न लागेका हुन् ।दैलेखमा सक्तापक्ष र बिपक्षीबिच एकै साथ कार्यक्रम गर्दा झडपको स्थीती आएको भन्दै यस्तो स्थीती रोक्नका लागी फरक समयमा कार्यक्रम दुबैपक्ष बिच सहमती भएको दलहरुले बताएका छन् ।

Posted by Butwalonline on 8:10 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दाङमा ओबादीको सम्मेलन र बिपक्षीको बिरोध एकैदिन"

Leave a reply