माओवादी कार्यकर्ताले ज्यान मार्ने धम्की दिएपछि दैलेखका पत्रकारहरु विस्थापित
ज्ञानु गौतम,नेपालगञ्ज,माघ १२ - एकीकृत माओवादीका स्थानीय कार्यकर्ताले दिएको ज्यान मार्ने धम्कीका कारण दैलेखबाट विस्थापित भएर सुर्खेत पुगेका पत्रकारहरुले आज सरोकारवाला निकायसाग छलफल गर्ने भएका छन् ।
एकीकृत माओवादीका कार्यकर्ताले डेकेन्द्रको जस्तै अवस्था बनाइदिने धम्की दिएकोभन्दै दैलेखका १९ जना पत्रकार विस्थापित भएर गएराति सुर्खेत पुगेका थिए । बाकी ३ जना पत्रकार पनि सुर्खेतको लागि दैलेखबाट प्रस्थान गरेका छन् । आज सुर्खेतका पत्रकार र सरोकारावाला निकायका प्रनिनिधिसाग आफूहरुको सुरक्षा, बसोबासको व्यवस्था र स्वर्गीय पत्रकार डेकेन्द्रराज थापाका हत्याराहरुलाई कारबाहीको लागि सुर्खेतबाटै दिइने दवावको स्वरुपको बारेमा छलफल गरिने पत्रकार महा सङ्घ दैलेखका सहससचिव तथा रेडियो पञ्चकोशी एफएमका स्टेशन म्यानेजर पृथ वयलकोटीले जानकारी दिनुभयो । छलफलमा नेपाल पत्रकार महासङ्घका मध्यपश्चिम संयोजक सुर्यमणि गौतमको पनि सहभागी रहने वयलकोटीले बताउनुभयो । दैलेखबाट विस्थापित हुनेहरुमा रेडियो धु्रवतारामा आवद्व ५ जना, पञ्चकोशीका ४, धमाका दैनिकका ३ र तेस्रो आाखा दैनिक ४ जना र अन्य राष्ट्रिय सञ्चार माध्यममा आवद्व पत्रकारहरु रहेका छन् ।
यसैबीच दैलेखका पत्रकारहरुलाई ज्यान मार्ने धम्की दिइएको प्रति सामुदायिक रेडियो प्रसारक सङ्घ अकोरावले भत्र्सना गरेको छ । सङ्घका महासचिव खेम भण्डारीले एक विज्ञप्ती जारीगर्दै असुरक्षाका कारण पत्रकारहरुले जिल्लानै छोड्नुपर्ने अवस्था आउनु दुखद भएकोले विस्थापित पत्रकारहरुको सुरक्षामा ध्यान दिन सम्बन्धीत निकायलाई आग्रह गर्नु भएको छ । पत्रकारको सुरक्षा, विस्थापितहरुको पुनस्थापना लगायतको विषयमा छिट्टैनै अकोराबले नेपाल पत्रकार महासङ्घ र ब्रोटकास्टिङ एशोसिएनसन बान साग छलफल गर्ने पनि विज्ञप्तीमा जनाइएको छ ।