अज्ञात समूहको गोली प्रहारबाट एक युवक गम्भिर घाइते
ज्ञानु गौतम,नेपालगञ्ज,माघ १२ - नेपालगञ्जका एक युवक माथि गएराति गोली प्रहार भएको छ । नेपालगञ्ज रामनगरका गौरव मल्लमाथि गोली प्रहार भएको हो ।
गएराति १० बजे रामनगरमा रहेको रामलिला मैदान नजिकै मल्लमाथि गोलि प्रहार भएको हो । २८ वर्षका युवक मल्लको दाहिने कन्चटमा गोली लागेको छ । गोली लागि गम्भिर घाईते भएका मल्ललाई उपचारका लागि तत्कालै भेरी अञ्चल अस्पतालमा लगिएको थियो । भेरी अञ्चल अस्पतालमा उपचार सम्भब नभएपछि शिक्षण अस्पताल नेपालगञ्ज पुराईएका मल्लको अबस्था गम्भिर भएपछि हिजो राति नै थप उपचारका लागि भारतको लखनउ पठाईएको छ । भारतको देहरादुनमा होटल म्यानेजमेन्टको अध्यन सकेर फर्किएका मल्ललाई कसले र किन गोली हानेको भन्ने कुरा खुल्न सकेको छैन । आफन्तको बिहे बाट घर फर्किदै गर्दा मल्ल माथि गोलि प्रहार भएको हो । शसस्त्र प्रहरी बलको ब्यारेककै अगागि भएको घटनाको अनुसन्धान भैरहेको र अपराधिको खोजि कार्य तिब्र रुपमा भैरहेको जिल्ला प्रहरी कार्यालय बांकेका प्रहरी उपरीक्षक बिक्रम सिंह थापाले जानकारी दिनुभयो ।
यसैबीच घटनास्थलबाट प्रहरीले भुमिगत समूह तराई जनतान्त्रिक पार्टी मधेसको पर्चा फेला पारेको छ । पार्टीका अर्जुन सिंह भनिने मुकेश चौधरीले रातिनै सञ्चाकर्मीहरुलाई टलिफोन गरी घटनाको जिम्मा लिएका छन् । सिंहले आफनो पार्टीको सुराकी गरेको आरोपमा पार्टी ईन्चार्ज सिकन्दर खानले गोली प्रहार गरेको बताएका छन् ।