|

चपली गर्ललाई नङग्याउने प्रयास !


पब्लिसिटी पोष्टरका लागि खचिएको तस्बिरलाई उचित ढङ्गले सार्वजनिक गर्ने सहमति हुँदा हुँदै पनि निर्माता अर्जुन कुमारले फिल्मको चर्चा बटुल्न नायिका विनिता बराललाई नङग्याउने प्रयास गरेका छन् ।

एक म्याग्जिन र साप्ताहिक ट्याबलेट पत्रिकामा उनी नाङ्गिएको भन्ने भाव सहित तस्बिर सार्वजनिक भएपछी आफ्नो बेईज्जत भएको भन्दै विनिताले आज शुक्रबार पत्रकार सम्मेलन मार्फत छापिएको फोटोमा आफू नाङगो नभएको भन्दै सवै ओर्जिनल तस्बिरलाई सञ्चारकर्मी सामू देखाईन् । उनले छापिएको तस्बिरमा आफूले ईनर वेयर सहित ब्ल्याक ट्यूब लगाएर फोटो खिचेको स्पष्ट पारिन् ।

फोटो सार्वजनिक गर्ने उनको फिल्मका प्रोड्यूसर अर्जुन कुमार, निर्देशक दीपेन्द के. खनाल र फोटोग्राफर राजिव श्रेष्ठ प्रेसमिटमा उपस्थित भएनन् । जुन अनुपस्थितिले एउटी नायिकाको ईज्जतलाई खेलवाड गर्दै फिल्मको यूनिटले पब्लिीसिटी स्टण्ड गर्न खोजेको प्रष्ट भएको छ । यस्तै प्रेस मिटमा उपस्थित नभएका फिल्मका निर्माता र निर्देशकलाई सार्वजनिक तस्विरको बारेमा प्रतिक्रिया लिन खोज्दा उनीहरू फोन सम्पर्कमा आएनन् । त्यस्तै फोटोग्राफर श्रेष्ठले पनि मोबाईल फोनलाई सम्पर्क हुन नस्कने बनाएकाले उनीसंग पनि फोटोको बारेमा जानकारी लिन पाईएन ।

विनिताका अनुसार अर्जुन कुमारले फोटो आफैले सार्वजनिक गरेको भन्ने विषयलाई स्वीकारि सकेको पनि जानकारी दिईन् । तनाव मुद्रामा देखिएकी विनिताले एक्लै प्रेस मिट गर्दै आफू गलत नभएको र समाजको रितिरिवाजमा खलल गर्ने आफ्नो उद्देश्य नभएको दावी पनि गरिन् । 'जुन प्रयोजनका लागि खिचेको तस्विर हो त्यो प्रयोजनका लागि प्रयोग गर्नु पूर्व नै मिसयुज गरिएको भन्दै निर्माताले आफूसंग गरेको सहमति विपरित मिडियालाई त्यसरी फोटो दिदा आफ्नो चरित्र हत्या हुन पुगेको उनले प्रेम मिटमा बताईन् ।

प्रेसमिटमा उनले सार्वजनिक गरेको ओर्जिनल तस्बिरमा उनी मिडियामा प्रचारमा आए जस्तो नाङ्गो देखिएकी छैनन् । प्रस्ट रूपमा नै उनले ट्यूब लगाएको देखिन्छ । ओर्जिनल तस्विरमा ईनर वेयर सहित ब्ल्याक ट्यूब माथि उनको र नायक अमिर गौतमको हात देख्न सकिन्छ । चपली हाईट सेक्सुअल साईकोलोजीमा आधारित फिल्म हो जसमा विनिता हट भएर प्रस्तुत भएकी छिन् । जस अनुरुप फिल्मको यूनिटले कथा अनुसार टपलेसको मुद्रामा एक महिना अघि विनितालाई आमिर गौतमसंगै राखेर हट फोटो सुट गरेको थियो ।

झट्ट हेर्दा नाङिगए जस्तै देखिने विनिताले कानुनी प्रक्रिया झण्झटिलो भएको भन्दै यो घटनाको बारेमा आफू कानुनी उपचार नगर्ने बताएकी छिन् । उनले भनिन्, 'निर्माताले गल्ती स्वीकारि सक्नु भयो त्यसैले तपाईहरुलाई आग्रह छ कि म नाङ्गिएको छैन भन्ने कुरालाई सबै सामु प्रस्ट पारिदिनुस् ।' विनितालाई सञ्चारकर्मीले कानुनी उपचार नगर्नु आफ्नो प्रचार हैन भनी प्रश्न गर्दा उनले भनिन्, 'आफ्नो करिअरलाई नै धरापमा राखेर कसले यस्तो स्टण्ड गर्छ ? स्टण्ड गरिहाले पनि राम्रो काममा गर्छु ।'

विनिता जस्तै गरी टपलेसको मुद्रामा थुप्रै मोडलहरुले फोटो सेसन गरेका छन् तर स्वयम चलचित्रको यूनिटले उनको चरित्रमा दाग लगाउने प्रयास स्वरुप फिल्मी स्टण्ड मचाउनु समग्र चलचित्र उधोगको बेईज्जत पनि हो । यस्तै यता फोटो सेसन कति सम्मको गर्ने भन्ने कुरालाई आवश्यक रुपले नबुझ्दा विनिता जस्ता नयाँ अनुहारहरु झमेलामा पर्नु स्वाभाविक हो । बेलैमा सचेत भया…!

चपली हाईटका खिचिएको लागि चपली गर्लका हट फोटोहरू







































स्रोत :फिल्मी खबर डट कम 

Posted by Butwalonline on 1:21 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "चपली गर्ललाई नङग्याउने प्रयास !"

Leave a reply