Film City, 17 December 2012

7:28 AM | Posted in , | Read More »

बक्स अफिस फिल्म अवार्ड २०६९ दुबईमा भव्यताका साथ सम्पन्न(फोटो फिचर )

लालबहादुर ढेंगा, दुबई, युएई-दुबई । लगभग २ लाख २० हजार नेपाली कामदारहरु रहेको युएईको मुख्य सहर दुबईमा नेपालकै इतिहासमा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको राष्ट्रको सर्वश्रेष्ठ दोस्रो बक्स अफिस फिल्म अवार्ड २०६९ कार्यक्रम  भव्यताका साथ सम्पन्न गरेको छ । बक्स अफिस फिल्मी क्लव नेपाल र सनहिल्स सिनेमा प्रोडक्सन एलएलसी दुबईको संयुक्त आयोजनामा गत ७ डिसेम्बर शुक्रबारका दिन दुबईको अल नासर लिसरल्याण्डमा गरेको हो ।

नेपाली राजदूतावासका राजदूत धनन्जय झा प्रमुख अतिथि रहेको कार्यक्रममा सनहिल्स सिनेमा प्रोडक्सन एलएलसी दुबईका डाइरेक्टर सूर्य अधिकारीको शुभकामना मन्तव्य रहेको थियो । त्यस्तैगरी अन्य अतिथिहरुमा स्थानीय लोकल अरवी, स्थानीय पत्रकार, स्पोन्सर, फिल्मी हस्ती र नेपालबाट आएका विभिन्न मेडियाका पत्रकारहरु रहेका थिए । दुई चरणमा विभाजित गरिएको कार्यक्रमलाई पहिलो चरणमा स्थानीय कलाकारहरुको प्रस्तुतिलाई निमेश गिरीले संचालन गरेको थियो भने दोस्रो चरण फिल्म अवार्ड कार्यक्रमलाई नरेश भट्टराईले संचालन गरेको थियो ।

३१ औं बिधामा रहेको अवार्डमध्ये लाइफ टाईम अचिपमेन्ट अवार्ड भने शिव श्रेष्ठले हासिल गरेको छ । त्यस्तैगरी ध्वनीमा फस्ट लवको लागि माधव वाग्ले, गायकमा कस्ले चोर्‍यो मेरो मनको लागि दीपक लिम्बु, गायिकामा अन्जु पन्थ, पाश्र्व संगीतमा बाटोमुनिको फुलको लागि गोपाल रसाई, गीतकारमा कस्ले चोर्‍यो मेरो मनको लागि नविन खरेल, संगीतमा कस्ले चोर्‍यो मेरो मनको लागि सुरेश अधिकारी, सम्पादनमा बाटो मुनिको फुलको लागि विपीन मल्ल, सर्वश्रेष्ठ कथामा दशगजाको लागि नवल खड्का, छायाकंनमा व्याच नं.१६ को लागि पुरुषोत्तम, बाल कलाकारमा श्रीमानको लागि संगम बिष्ट, खलनायकको लागि धिरेन शाक्य, हांस्य कलाकारको लागि जयकिशन बस्नेत, चरित्र अभिनेताको लागि निरशाह, बिशेषमध्ये चरित्र अभिनेत्रीमा दशगजाको लागि शुभद्रा अधिकारी, सहनायकको लागि कर्म शाक्य, नवनायकमा बाटोमुनिको फुलको लागि यस कुमार, सहनायिकाको लागि निशा अधिकारी, महत्वपूर्ण विउंवर च्वाइसमध्ये सर्वकृष्ट निर्देशकको लागि तुलसी घिमिरे, सर्वकृष्ट नायकको लागि राजेश हमाल, सर्वकृष्ट नायिकाको लागि रेखा थापा, सर्वकृष्ट फिल्मको लागि फस्ट लव, सर्वकृष्ट निर्माताको लागि छवि ओझा, बिशेष अवार्डको लागि माधव वाग्ले, सिनेमा हलको लागि गोपाल काष्ट, निर्माण नियन्तरको लागि बुद्धिलाल मगर, पत्रकारिताको लागि बाबु, भिसिडीको लागि विजय गोपाल, पोस्टर डिजाइनरको लागि सुजनराज बानिया, सर्वकृष्ट नवनायिकाको लागि ऋर्चा शर्मा, नवनिर्देशकको लागि सविर श्रेष्ठ र उत्कृष्ट निर्देशकको लागि सुरेश सुब्बा रहेका छन् । बिशेष सम्मान–पत्र पाउनेमा सुमन सिंह, भुवन केसी, मोहनकृष्ण श्रेष्ठ, तिरन्त मानन्धर, मधुकुमार श्रेष्ठ र सुनिल मानन्धर थिए । त्यस्तैगरी सर्वकृष्ट नायिकाको लागि रेखा थापा, सर्वकृष्ट नायकको लागि आर्यान सिग्देल र सर्वकृष्ट चलचित्रको लागि बाटोमुनिको फुलले हासिल गरेको छ ।

पहिलो चरणका स्थानीय कलाकारहरुको प्रस्तुतिहरु सेलाउन नपाउंदै दोस्रो चरणमा नेपालबाट आएका अतिथि कलाकारहरुको प्रस्तुतिले निकै तताऐ । निशा सुनुवारको गीत चक्कु छुरी लगत्तै नौनी–नौनी गीतको बोलमा पूजना स्त्रीको नित्यले हल्का चिसोमा बसेका दर्शकलाई गर्मीमा परिवर्तन गरिदिए । शंकर बिसी र भावना ढकालको नित्यमा दर्शकले सिटी बजाएर मजा लिऐ । लोक दोहोरी क्षेत्रका चर्चित गायिका मुना थापाको गीत तिते करेलीलाई पनि दर्शकले मन पराऐ । प्रकाश पौडेलको गीत आमा मलाई त्यही केटी चाहिन्छ र तिते पाती झ्याप तिते पाती झ्यापले पेट मिची मिची हसाउनमा सफलता पाऐ । लोक दोहोरीका पारखी राम जी खांडको गीत आंखा लोभी मन पापीले पनि थप मनोरञ्जन दिएको थियो । सुमन सिंह र रेखा थापाको युगल जोडी नित्यलाई पनि सबैले मन पराऐ । फिल्मको पर्दामा सधै हसाउंने जयकिशन बस्नेतको नित्यलाई सबैले नौलोको रुपमा लिऐ ।

अवार्ड कार्यक्रममा खासै मन्तव्यहरु त थिएनन् । केवल आफ्नो बिचारहरु मात्र राखेका थिए । ४७ बर्ष इतिहास बोकेको नेपाली फिल्म उद्योगका हस्तीहरुले दुबईमा पहिलोपटक अन्तर्राष्ट्रि स्तरका फिल्म अवार्ड कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी जाहिर गरे । राजदूत धनन्जय झा पनि कार्यक्रमको अन्तिम समयसम्म बसेर आफ्नो कार्यकालमा द’बईमा फिल्म अवार्ड कार्यक्रम भएकोमा गौरव लागेको बताऐ । कार्यक्रममा सहयोग तथा नेपालबाट आएका अन्य कलाकारहरुलाई पनि सम्मान–पत्र प्रदान गरिइएको थियो । 






7:09 AM | Posted in , , , | Read More »

भोली अभिनेत्री जेसिका खड्काको श्रद्धाञ्जली कार्यक्रम गरिने


घाँटीमा सलले पासो लगाएर आत्महत्या गरेकी अभिनेत्री जेसिका खड्काको श्रद्धाञ्जली कार्यक्रम गरेर मात्र दाहसंस्कार गरिने भएको छ । पाँच बर्ष अघि आवाज भन्ने फिल्मबाट फिल्म नगरीमा पाईला राखेकी जेसिका चर्चित कलाकार हैनन् तर कलाकारको नजरमा उनी पनि अरु सरह समान रहेकाले चलचित्र कलाकार संघले श्रद्धाञ्जली कार्यक्रम गर्न लागेको हो । 'भोली बुधबार बिहान ८ बजे चलचित्र बिकास बोर्डमा उनको श्रद्धाञ्जली कार्यक्रम तय भएकाले यहि खबर मार्फत सम्पूर्ण फिल्मकर्मीलाई श्रद्धाजलीमा उपस्थित हुन अनुरोध पनि गर्दछु',  शिक्षण अस्पताल महाराजगंजमा भेटिएका संघका महासचिव नवल खड्काले भने ।

पूर्वाचल ईटहरी-७ फुलवारी चौककी (ज्योति) नाम परिवर्तन गरि जेसिका बनेकी उनी काठमाण्डूको बसन्तपुरमा १६ बर्षे भाई यूनिकका साथ डेरा गरी बस्दै आएकी थिईन् । भाई यूनिकले रातको १० बजे सम्म हासिखुशी रहेको दिदीलाई बिहान एक्कासि यो अवस्थामा देख्दा चकित भएको बताए । जेसिकाको आत्महत्यालाई हत्या भनिएको बिषयमा फैलिएको खबर हुन नसक्ने यूनिकले बताए । उनले भने, 'चेन गटेमा चावी लगाएर सुतेका थियौं अनि झ्यालमा पनि ग्रिल भएकाले कसैले भित्र छिरेर त्यस्तो गर्न सक्दैन ।'

सोमबार राति लाष्ट कल प्रोडक्सन कन्ट्रोलर बालदीप राईसंग भएको पाईएपछी प्रहरीले आवश्यक अनुसन्धान गरी राईलाई छाडि दिएको छ । उनीसंग प्रहरीले के कस्तो बयान लियो त्यो सार्वजनिक गरिएको छैन । यध्यपी जेसिकाको भाईका अनुसार जेसिकाले नै बालदीपलाई फोन गरेको रेकर्ड छ । दिदीको मंगलबार साँझ सम्मको अवस्था बारे उनले भने, 'दिदीलाई बेला बेला पुराना कुराले तनाव दिने गर्थ्यो जसकारण उहाँ रिसाएको बेला दश मिनेट सम्म जो कोहीलाई अघि देख्दा चिथोर्ने गर्नुहुन्थ्यो । रिसाएको बेला उहाँलाई कसैले रोक्न सक्दैन थियो पछि आफै बेहोस हुनुहुन्थ्यो अनि सव थोक फेरी ठीक हुन्थ्यो ।' 

जेसिकाले सो दिन एक साथिलाई पनि भेटेर रमाईलो गरेकी थिईन् । 'कहिलै माक्स नलगाउने उ हिजो दिउँसो मसंग सपिङ गर्न जाँदा विना माक्स आएकी थिई र चिया खाँदा पनि नजिकै आएर खा भनेकी थिई । अनि कहिलै अंगालो नहाल्ने उसले मलाई अंगालो हालेकी थिई', जेसिकाको नजिकको साथी अस्मिता गिरीले भनिन् ।

पाँच बर्षअघि गायक प्रकाश ओझाले फसाएको सेक्स टेप प्रकरणमा मुछिएकी जेसिका सोही समय देखि तनावमा रहने गरेको उनको पारिवारले जनाएको छ । छोरीको सो अवस्था थाहा पाएपछी जेसिकाको सानो बुवा र एक आफन्त ईटहरीबाट काठमाण्डू आएका थिए । उनका सानो बुवा बोल्न नसक्ने अवस्थामा थिए । जसलाई अचानक फिल्मका प्रोड्यूसर सरोज शर्माले सम्हालेका थिए । पोष्टमार्टम हुनु पूर्व छोरीलाई सुम्सुम्याउँदा जेसिकाको सानो बुवाको आँशु धारा रोकिएको थिएन ।  जेसिकाको आमाको पनि केहि दिन अघि मोटरसाईकल दुर्घटनामा गोली गाठोमा ठूलो चोट लागेको र फुपु दिदीको पनि पत्थरीको अप्रेसन गरिएकाले पारिवारमा तनाव भएको उनको सानो बुवाले भावव्हिवल हुँदै मिडिया सामुन्ने भने ।

आफ्नो पछिल्लो फिल्म लक्की सेभेनमा सुटिङ भई रहँदा बेला बेलामा एक्लोपन महसुस गर्ने गरेको प्रोड्यूसर बाबु बलामीले भनाइ छ । २३ बर्षे जेसिकाले यो पाँच बर्षको अवधिमा आधा दर्जन म्यूजिक भिडियो र त्यतिकै संख्यामा फिल्म खेलेकी थिईन् । उनीद्धारा अभिनित फिल्म जंगल क्वीन, अचानक, मेरो माया तिमीलाई ,जंगल लभ, लक्की सेभेन र गहिराई हो । गहिराईको सुटिङ केही साता अघि सकिएको थियो भने लक्की सेभेनको डविङ  हुन बाँकी छ ।

'यो खबर समग्र उद्योगसंग जोडिएको दुखद खबर हो त्यसैले उनले किन आत्महत्या गरिन हाम्रो गम्भीर प्रश्न छ', महिला चलचित्रकर्मी मंचकी अध्यक्ष मौसमी मल्लले भनिन् । उनी सहित सो संस्थाका प्रतिनिधी रुपा राना विमला केसी घण्टौ सम्म अस्पताल परिसरमा थिए । यसैगरी चलचित्र संघका महासचिव प्रदीप उदयले जेसिकाको आत्महत्याको खबरले आफ्नो संस्था मर्माहित भएको बताए । चलचित्र निर्माता संघ, निर्देशक समाज, द्धन्द संघ लगायतका प्रतिनिधिले पनि जेसिकाको खबरले आफूहरुलाई दुखित बनाएको बताएका छन् । 
श्रोत :फ़िल्मी खबर डट कम 



9:33 PM | Posted in | Read More »

नेपाली कथानक चलचित्र कालापानी कतारमा प्रदर्शन हुने


कतारको दोहामा नेपाली कथानक चलचित्र कालापानी प्रदर्शन हुने भएको छ । आरम्भ नाट्य डबली दोहा कतारको आयोजनामा दोहास्थित दोहा सिनेमा हलमा आउदो मे ४ तारिखमा  नेपाली कथानक चलचित्र कालापानी प्रदर्शन गर्ने भएको हो । चलचित्र कालापानीमा सुशिला रायमाझी, निखिल उप्रेती, दिलीप रायमाझी, गणेश उप्रेती, संचिता लुईंटेल, ऋचा घिमिरे तथा मुकुन्द थापा लागायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको लेखन तथा निर्देशन उद्धव अभिजितले गरेका छन् ।
आरम्भ नाट्य डबली मुख्य आयोजक रहेको सो चलचित्रको आयोजक सदस्यहरुमा सन्तोष थापा, लाल भट्ट र कविराज सुवेदी रहेका छन् भने नेपालमा संयोजन श्रमिक गेष्ट हाउसका सञ्चालक गणेश ढकाल र सरोज पाण्डे गरेका छन् ।    चलचित्र दोहाको दोहा सिनेमाहलमा दिउँसो १ बजे प्रदर्शन गर्न लागिएको आयोजकले जनाएको छ । चलचित्र हेर्नका लागि २०, २५ र ५० कतारी रियाल तोकिएको छ ।

7:02 AM | Posted in | Read More »

बि बि फुयालको फेसबुकमा द लास्ट किस



काठमाण्डौ,चैत्र २४-जेठको १२ गते रिलिज हुन लागेको चलचित्र 'द लास्ट किस' को प्रमोशन गर्न यति बेला निर्देशक बि.बि फुयाललाइ आफ्नो फेसबुकको भित्तै भरि 'द लास्ट किस'को समाचारहरु सेयर गर्न भ्याई नभ्याई छ ।पछिल्लो समयमा चपली हाइटले चौतर्फी चर्चा पाए पछि यौन मनोविज्ञानमा आधारित चलचित्र हरु निर्माण हुन थालेका छन्।
यो सिनेमाको पोस्टर र प्रोमो हेर्दा  'पोर्न' फिल्मको संज्ञा पाइसकेको छ तसर्थ  प्रदर्शन अगावै  विवादमा तानिसकेको छ।तर यसलाई बि.बि  फुयालले खण्डन गर्दै  सिनेमा नहेरी त्यस्तो हल्ला गर्नु मुर्खता हो भनेका छन् ।चलचित्र दर्शकले हेरिसके पछि सन्तुष्ट हुने दाबी  छ फुयालको ।
काठमाडौँ र धरान का रमणीय स्थलमा खिचिएको सिनेमा अहिलेको युवा पुस्तलाइ लक्षित गरि बनाइएको चलचित्र हो ,जसमा प्रेम र यौन मनोविज्ञानलाइ जस्ताको त्यस्तै उतारिएको छ।पुस्करजंग थापा ,शोभीता सिम्खडा र सुरेश चौधरीको मुख्य अभिनय रहेको चलचित्रलाइ युबराज खत्रीले निर्माण गरेका हुन्,निर्देशन स्वयम बि.बि फुयालले गरेका छन्।
स्रोत :फिल्मी खबर 

9:25 PM | Posted in | Read More »

रावण रिलिज डेट हेरफेर

चैत्र २७ गतेका लागि देशब्यापी रिलिज डेट तोकिएको रावण सो मितिमा एक साथ रिलिज नहुने भएको छ । नयाँ बर्ष २०६९ को चार दिन अघिको मौकालाई क्यास गर्ने उद्देश्य सहित रेखा फिल्मसले रावणलाई शुक्रबारे रिलिज प्रणालीको चार दिन अघि नै देशब्यापी रिलिज गर्ने तयारी गरेको थियो तर विविध कारणले चैत्र २७ को राजधानी रिलिज स्थिगित गर्दै चार दिनको फरकमा रावण देशब्यापी रिलिज गरिने प्रोड्यूसर छवि ओझाले जानकारी गराए । छविले भने, 'राजधानीमा पनि चैत २७ गते नै रिलिज गरिने कुरा थियो तर सवै पक्षको छलफलबाट राजधानी रिलिज भने बैशाख एक गतेलाई सारेका छौ ।' चार दिनको फरकमा रिलिज हुने रावणलाई डिसिएनले आफ्नो सर्भर जडान सवै थिएटरमा रिलिज गर्ने छ । यस्तै बैशाख एक गतेदेखि नियिमत रिलिज प्रणालीबाट पनि रावण राजधानीका मेजर हलहरुमा रिलिज गरिने छविले जानकारी गराए । कलाकार कमलकृष्ण पौडेलले डेब्यू फिल्मको रुपमा निर्देशन गरेको सो फिल्म फर्मुला शैलीको हो जहाँ रेखा थापा, सविन श्रेष्ठ र किशोर खतिवडा लिड रोलमा छन् । सविन यस अघि रेखा फिल्मसकै अन्दाज डेब्यू हिरो हुन् भने किशोर सोही ब्यानरको कस्ले चोर्यो मेरो मनमा नेगेटिभ क्यारेक्टरमा आफूलाई प्रस्तुत गरिसकेका कलाकार हुन् तर रावणबाट किशोरले हिरोको ट्याग पाएका छन् ।
स्रोत :फिल्मीखबर डटकम                                              

7:34 PM | Posted in | Read More »

सञ्जय दत्तको पार्टीमा शाहरुखकको मुक्का

मुम्बई, माघ १७ - अग्निपथ फिल्मको सफलताको खुशीमा सञ्जय दत्तले आयोजना गरेको पार्टी शाहरुखका मुक्काका कारण चर्चित बन्यो। बिहान ४:३० बजे तीन बडिगार्डसहित पार्टीमा आएका शाहरुख त्यसदिन अस्वभाविक देखिएका थिए। पार्टीमा आएको केही समयमै उनी फिल्म निर्माता तथा निर्देशक फराह खानका पति शिरिष कुन्दरतिर हानिए र उनीमाथि आक्रमण गर्न थाले। 'के भयो भन्नेमा सबैजना अन्यौल थियो। शाहरुखले शिरिषको कपाल समातेर भूइमा लडाए,' एक प्रत्यक्षदर्शीले भने, 'हामी चकित भयौं। शाहरुखको यस्तो व्यवहार हामीले कहिल्यै पनि देखेका थिएनौं।'

तत्कालै बाबा दिवान त्यहाँ पुगे र थप आक्रमण रोक्ने प्रयास गरे। शाहरुखले दिवानलाई त्यहाँबाट बाहिरिन निर्देशन दिए। देवानले घटनालाई रोक्न आवश्यक थियो किनकी यो सबै उनकै स्थानमा भइरहेको थियो। त्यत्तिकैमा आएका सञ्जय दत्तले शाहरुखलाई रोके र झगडा लम्बिन दिएनन्। आक्रमणबाट चकित बनेका शिरिष तत्कालै त्यहाँबाट बाहिरिए। उनी शाहरुखको आक्रमणलाई बाहिर्‍याउने उद्देश्यका साथ निस्किएका थिए।

कुन्दरका नजिकको स्रोतका अनुसार फिल्म रा वन माथि उनले बारम्बार नकारात्मक टिप्पणी गरेपछि शाहरुख रिसाएका थिए। त्यतिमात्र होइन कुन्दरले फिल्मबाहेक शाहरुख र प्रियंका चोपडाबीच सम्वन्ध रहेको टिप्पणी गरेपछि शाहरुख निक्कै आक्रोशित भएका थिए। तर, यो पार्टीमा प्रियंकमाथि कुनै कुरा भएको थिएन।

कुन्दरकी श्रीमती फराह खान शाहरुखको नजिकको साथी हुन्।फरहा खानले आफ्ना पतिमाथि अभिनेता शाहरुख खानले अभद्र व्यवहार गरेको आरोप लगाइन्। शाहरुख अभिनित 'मै हुँ ना' र 'ओम शान्ति ओम'का निर्देशक फरहाले पति शिरीष कुन्दरमाथि हातपात भएको बताइन्। 'शाहरुखले सधैं मलाई भन्दै आएका थिए कि भौतिक दुर्व्यवहार सबैभन्दा खराब तरिका हुनेछ,' फरहाको वक्तव्यमा उल्लेख छ, 'अहिले उनले त्यही भनाइलाई व्यवहारमा उतारेकामा म दुःखी छु।'
                                                                                                                                               स्रोत :नागरिक 

4:00 AM | Posted in | Read More »

चपली गर्ललाई नङग्याउने प्रयास !


पब्लिसिटी पोष्टरका लागि खचिएको तस्बिरलाई उचित ढङ्गले सार्वजनिक गर्ने सहमति हुँदा हुँदै पनि निर्माता अर्जुन कुमारले फिल्मको चर्चा बटुल्न नायिका विनिता बराललाई नङग्याउने प्रयास गरेका छन् ।

एक म्याग्जिन र साप्ताहिक ट्याबलेट पत्रिकामा उनी नाङ्गिएको भन्ने भाव सहित तस्बिर सार्वजनिक भएपछी आफ्नो बेईज्जत भएको भन्दै विनिताले आज शुक्रबार पत्रकार सम्मेलन मार्फत छापिएको फोटोमा आफू नाङगो नभएको भन्दै सवै ओर्जिनल तस्बिरलाई सञ्चारकर्मी सामू देखाईन् । उनले छापिएको तस्बिरमा आफूले ईनर वेयर सहित ब्ल्याक ट्यूब लगाएर फोटो खिचेको स्पष्ट पारिन् ।

फोटो सार्वजनिक गर्ने उनको फिल्मका प्रोड्यूसर अर्जुन कुमार, निर्देशक दीपेन्द के. खनाल र फोटोग्राफर राजिव श्रेष्ठ प्रेसमिटमा उपस्थित भएनन् । जुन अनुपस्थितिले एउटी नायिकाको ईज्जतलाई खेलवाड गर्दै फिल्मको यूनिटले पब्लिीसिटी स्टण्ड गर्न खोजेको प्रष्ट भएको छ । यस्तै प्रेस मिटमा उपस्थित नभएका फिल्मका निर्माता र निर्देशकलाई सार्वजनिक तस्विरको बारेमा प्रतिक्रिया लिन खोज्दा उनीहरू फोन सम्पर्कमा आएनन् । त्यस्तै फोटोग्राफर श्रेष्ठले पनि मोबाईल फोनलाई सम्पर्क हुन नस्कने बनाएकाले उनीसंग पनि फोटोको बारेमा जानकारी लिन पाईएन ।

विनिताका अनुसार अर्जुन कुमारले फोटो आफैले सार्वजनिक गरेको भन्ने विषयलाई स्वीकारि सकेको पनि जानकारी दिईन् । तनाव मुद्रामा देखिएकी विनिताले एक्लै प्रेस मिट गर्दै आफू गलत नभएको र समाजको रितिरिवाजमा खलल गर्ने आफ्नो उद्देश्य नभएको दावी पनि गरिन् । 'जुन प्रयोजनका लागि खिचेको तस्विर हो त्यो प्रयोजनका लागि प्रयोग गर्नु पूर्व नै मिसयुज गरिएको भन्दै निर्माताले आफूसंग गरेको सहमति विपरित मिडियालाई त्यसरी फोटो दिदा आफ्नो चरित्र हत्या हुन पुगेको उनले प्रेम मिटमा बताईन् ।

प्रेसमिटमा उनले सार्वजनिक गरेको ओर्जिनल तस्बिरमा उनी मिडियामा प्रचारमा आए जस्तो नाङ्गो देखिएकी छैनन् । प्रस्ट रूपमा नै उनले ट्यूब लगाएको देखिन्छ । ओर्जिनल तस्विरमा ईनर वेयर सहित ब्ल्याक ट्यूब माथि उनको र नायक अमिर गौतमको हात देख्न सकिन्छ । चपली हाईट सेक्सुअल साईकोलोजीमा आधारित फिल्म हो जसमा विनिता हट भएर प्रस्तुत भएकी छिन् । जस अनुरुप फिल्मको यूनिटले कथा अनुसार टपलेसको मुद्रामा एक महिना अघि विनितालाई आमिर गौतमसंगै राखेर हट फोटो सुट गरेको थियो ।

झट्ट हेर्दा नाङिगए जस्तै देखिने विनिताले कानुनी प्रक्रिया झण्झटिलो भएको भन्दै यो घटनाको बारेमा आफू कानुनी उपचार नगर्ने बताएकी छिन् । उनले भनिन्, 'निर्माताले गल्ती स्वीकारि सक्नु भयो त्यसैले तपाईहरुलाई आग्रह छ कि म नाङ्गिएको छैन भन्ने कुरालाई सबै सामु प्रस्ट पारिदिनुस् ।' विनितालाई सञ्चारकर्मीले कानुनी उपचार नगर्नु आफ्नो प्रचार हैन भनी प्रश्न गर्दा उनले भनिन्, 'आफ्नो करिअरलाई नै धरापमा राखेर कसले यस्तो स्टण्ड गर्छ ? स्टण्ड गरिहाले पनि राम्रो काममा गर्छु ।'

विनिता जस्तै गरी टपलेसको मुद्रामा थुप्रै मोडलहरुले फोटो सेसन गरेका छन् तर स्वयम चलचित्रको यूनिटले उनको चरित्रमा दाग लगाउने प्रयास स्वरुप फिल्मी स्टण्ड मचाउनु समग्र चलचित्र उधोगको बेईज्जत पनि हो । यस्तै यता फोटो सेसन कति सम्मको गर्ने भन्ने कुरालाई आवश्यक रुपले नबुझ्दा विनिता जस्ता नयाँ अनुहारहरु झमेलामा पर्नु स्वाभाविक हो । बेलैमा सचेत भया…!

चपली हाईटका खिचिएको लागि चपली गर्लका हट फोटोहरू







































स्रोत :फिल्मी खबर डट कम 

1:21 AM | Posted in , | Read More »

'नेपाली फिल्म खेल्ने फुर्सद छैन' : विराज भट्ट

विगत एक बर्ष यता भोजपुरी सिनेमामा निकै ब्यस्त रहेका अभिनेता विराज भट्टको ब्यस्तता यसरी बढेछ कि उनलाई नेपाली फिल्म खेल्ने फुर्सद छैन रे ! तिहार मनाउनका लागि केही दिन अघि नेपाल आएका भट्टले आईतबार फिल्मीखबरसंगको बिषेश कुराकानीमा भने, 'एक बर्ष सम्म नेपाली फिल्म खेल्ने फुर्सद छैन ।'

उनले एक बर्षको अन्तरालमा ९ वटा भोजपुरी सिनेमामा अभिनय गरिसेका छन् जस मध्ये ६ वटा चलचित्र सफल प्रदर्शन भैसकेको उनले बताए । यस्तै विगतका बर्षहरुमा बुझेर वा नबुझि जस्तो सुकै टिमसंग काम गरेकाले पनि आफ्नो छवि सुधार्नको लागि बाकी रहेका नेपाली फिल्म रिलिज नभईन्जेल सम्म कुनै पनि चलचित्रमा तत्काल काम नगर्ने उनले बताएका छन् ।



विराजद्धारा अभिनित करिब एक दर्जन नेपाली चलचित्र रिलिजको लिष्टमा छ जस अर्न्तगत तुलसी घिमिरेको मेघा प्रोजेक्टको चलचित्र मृगतृष्णा उनको विशेष रोजाईको फिल्म हो रे ! बिराजले हाल भोजपुरी सिनेमा गरेवापत भारू १० लाख भन्दा बडी लिने गरेका छन् । भोजपुरी दर्शकले उनको अभिनयलाई मन पर्राईदिएपछी उनी त्यहाँका दर्शकको अगाडी नेपालको सुपरस्टारले परिचित छन् । जसकारण उनले एक पछी अर्को सिनेमामा र्साईन गरिरहेका छन् ।


'आउदो जेठ सम्मका लागि ३ वटा सिनेमाको र्साईन गरिसकेको छु त्यसैले जेठ भन्दा अगाडी चाहेर पनि म नेपाली फिल्म खेल्न पाउने छैन', बिराजले भने । उनलाई केही चलचित्रकर्मीले आफ्नो फिल्ममा खेलाउने प्रस्ताव गरेका थिए जुन उनले रिजेक्ट गरिदिएका छन् । तर बिराजले नेपालमा बाकी रहेका आफ्ना पूराना फिल्म रिलिज भईसके पछि मात्र बर्षको ३ वटा सम्म नेपाली खेल्ने मनसाय ब्यक्त गरेका छन् त्यो पनि स्क्रिप्ट पूर्ण अध्ययन गरेर मात्र ।

सुटिङका लागि सोमबार मुम्बई जाने कुरा छ । बिराजले ३ बर्ष अघि भोजपुरी फिल्ममा पाईला टेकेका थिए । जुन पाईला उनका लागि लक्की सावित भएको छ । उनले हाल सम्म १९ वटा भोजपुरी फिल्ममा अभिनय गरिसेका छन् ।
                                                                                                                      स्रोत : फ़िल्मी खबर डट कम 

10:23 AM | Posted in | Read More »

भुबन ले फेरी कुटाई खाय

युवतीका कारण वारम्वार चर्चामा आईरहने नायक भुवन के.सी फेरि पनि एक युवतीकै काण्डका कारण लफडामा फसेका छन् । कुरा हो, मंगलवार राति १० वजेतिरको । काठमाडौंको दरवारमार्गमा रहेको सिमोल लन्च एन्ड वारमा पुगेका भुवन र उनका दुई साथीले सम्भवत राम्रै पाठ सिके होलान् ।

रातमा रमाईलो गर्न पुगेका यी तीनले मादक पदार्थ सेवन गर्दै गएपछि अर्को टेवलमा वसेका तीन जना युवती जिस्काएछन् । जिस्काएपछि, युवती पनि के कम, भुवन र उनका अन्य दुई साथीमाथि जाईलागेछन् । युवतीहरु राम्रैसँग जाईलागेपछि भुवन र उनका एक साथी भने केही चड्कन खाएर त्यहावाट फरार भए ।
तर अर्का एक साथीले भने राम्रै कुटाई खाएको समाचार छ । चलचित्र क्षेत्रकै एक नायकको गाडी चढेर पुगेका नायक भुवन र उनका दुई साथीलाई ती युवतीले कुटेका हुन् । कुटाई खाएर भुवन के.सी ट्याक्सी चढेर त्यहावाट भागीहाले ।

अर्का एक साथीले भने वढि नै मादक पदार्थ सेवन गरेकाले भाग्न नसक्दा युवतीहरुको अलि वढि नै चड्कन खाएको खवर छ । नायक भुवन के.सी वारम्वार युवतीकै कारणले विवादमा पर्ने गरेका छन् ।

पछिल्लो समय भने युवती काण्डले भुवनलाई चर्चामा भन्दा पनि वढ वदनाम वनाईरहेको छ । केही महिनाअघि मात्र काठमाडौंको कोटेश्वरमा युवतीकै कारण उनले नराम्रोसँग कुटाई खाएका थिए । अर्काकी श्रीमतीसँगको सम्वन्धका कारण भुवन कुटीएका थिए ।
भुवनले रत्नसिं डंगोलकी श्रीमती शर्मिला डंगोललाई आफ्नो गर्लफ्रेन्ड भन्दै सार्वजनिक कार्यक्रममा देखिएपछि रत्नले उनलाई कोटेश्वर चोकमा कुटेका थिए । त्यो घटना सेलाउन नपाउदै भुवनले फेरी पनि युवतीकै हातवाट कुटाई खाएको खवर आएको हो ।

आफ्नी दोश्रो श्रीमती सुस्मिता के.सीले छोडेपछि एक्लीएका भुवन अहिले धेरै नै टेन्सनमा रहेको देखिन्छन् । उनले वनाएको चलचित्र साथी म तिम्रो प्रदर्शनमा आउने तयारीमा छ । तर युवती काण्डले वारम्वार चलचित्र चलाउने वाहना वनेपनि शर्मिलासगको सम्वन्धले भुवनलाई धेरै नै घाटा पुर्याएको छ ।

फेरि दरवारमार्गमा रहेको एक क्याफेमा युवतीको हातवाट कुटाई खाएर भाग्नु परेको घटनाले यी सुपरस्टारको करिअरमा धेरै नै घाटा लाग्ने देखिन्छ । हेरौं भुवनले यो घटनालाई कसरी सुल्झाउने जुक्ति अपनाउने हुन् ।

साभार : ओंनलाइन खबर

8:18 AM | Posted in , | Read More »

श्रीकृष्ण जन्मेकै दिन सञ्चिताले पनि जन्माइन् छोरा


फिल्मीखबर, काठमाण्डौ, २०६८ भाद्र ४, आईतवार


आज भगवान श्रीकृष्णको जन्म दिन । सबैले भगवान कृष्णको पुजा गरिरहँदा नायिका सञ्चिताले भने छोरालाई जन्म दिएकी छिन् । नायक निखिल उप्रेतीसँग दोस्रो बिबाह गरेकी सञ्चिताले आज राति करिब ११ बजे तिर छोरालाइ जन्म दिएकी हुन् ।पुरै पढ्नको लागि यहाँ जानुस >>>

9:33 PM | Posted in | Read More »

लावारिशको शुभमुहुर्त पाल्पामा

फोटो:मुक्तिप्रसाद न्यौपाने/बुटवल ओनलाइन




मुक्तिप्रसाद न्यौपाने,भाद्र ३, पाल्पा-चालिस लाख लागतको अनुमानमा आशुतोष फिल्मस् प्रा.लि.को प्रस्तुतिमा बन्न लागेको फिल्म लावारिशको आज पाल्पाको भगवति मन्दिरमा शुभमुहुर्त गरिएको छ ।
निर्माता अमश कौशलको दोस्रो प्रस्तुतीको चलचित्र लावारिशको निरज घिमिरेले निर्देशन गर्नेभएकाछन् । चलचित्रमा चलचित्रमा आयुष रिजाल, महेश खड्का, दिनेश शर्मा, किरण चित्रकार, युना उप्रेती, भूमिका सुनार, रचना पौडेल, आयुष्मा कार्की लगायतका कलाकारहरुको अभिनय रहने निर्देशक एवं निर्माता निरज घिमिरेले जानकारी दिएका थिए ।

दैनिक जीवनयापनको लागि माछा मारेर पारिवारीक गुजारा चलाउने व्यक्तिहरु र मालिकहरुको दासत्व बिचको द्धन्द्धको भूमिकामा निर्माण हुने चलचित्रको अधिकांश भाग पाल्पामा छायाङ्कन हुने निर्माण पक्षले जानकारी गरायो । अधिकांश चलचित्र काठमाण्डौं र अन्य चर्चित शहरहरुमा छायाङ्कन हुने भएपनि यो चलचित्र कालिनदीको बगर रिडीमा माझि र मालिक बस्तिका बिच हुने छ । अग्नि परीक्षाबाट शुरु भएको चलचित्रको निदशन यो १३ औं भएको निर्देशक घिमिरेले बताए ।

माघ महिनासम्ममा निर्माण पूरा गर्ने लक्ष्यमा रहेको लावारिशमा दिनेश शर्मा प्रहरी इनेस्पेक्टरको भूमिकामा र युना उप्रेती मालिकको छोरीको भूमिकामा रहनेछिन् । चलचित्रमा वसन्त सापकोटाको संगित र हिमाल केसीको द्धन्द्ध रहेको छ । लावारिशको मौनता श्रेष्ठको लेखनमा निर्माण हुन लागेको चलचित्र हो ।
       

2:00 PM | Posted in , , | Read More »

ओझेल पर्दै पुराना हिरोहरु




नायककै भरमा चलचित्र चल्छ भन्ने मान्यता बोकेका चलचित्रकर्मीहरुले नायकका लागी लगानी गर्न हिचकिचाउँदैनन् । त्यसो त धेरै मपाईं भएर पो होकि अधिकाँश नायकहरुले आफुलाई समय अनुसार परिवर्तन गर्न सकेको पाइदैन । त्यसैले पनि अहिले बिस्तारै पुराना नायकहरु हराउँदै छन् भने नयाँ अनुहार स्थापित हुँदैछन् ।

केही समय अघि सम्म नेपाली चलचित्रमा नायकको पगरी गुथेकाहरुको त अहिले यो क्षेत्रमा नाम सुन्न पनि मुस्किल छ । त्यस बेलाका बिश्व बस्नेत जसको आगमन नेपाली चलचित्रमा फेसन र स्टाइलका हिसाबले पनि विशेष रह्यो । शिव श्रेष्ठ, भुवन केसी, सरोज खनाल, उत्तम प्रधान, रमेश उप्रेती, धिरेन शाक्य, रमित ढुङ्गाना, दिलिप रायमाझि, श्रीकृष्ठ श्रेष्ठ, निखिल उप्रेती, बिराज भट्टको हातमा पनि अहिले कमै चलचित्र छन् त कतिलाई निर्माता निर्देशकले पत्याउन छोडी सेकेका छन् भने कति बिदेश पलायन भएका छन् ।

लामो समय सम्म एकछत्र राज गरिरहेका नायक राजेश हमाल बाहेक सुनिल दत्त पाण्डेले आफुलाई समयमै खलनायक बनाउन जानेकाले उनि पनि टिकिरहेका छन् । हुन त चलचित्र क्षेत्रमा ग्ल्यामर र बैंश चाहिन्छ । बैंश छउन्जेल एकाएक ब्यस्त बनेका कलाकारहरु बिस्तारै उमेर ढल्दै जाँदा कि भूमिका बदल्नु पर्ने कि त चलचित्रबाट नै पलायन हुनु पर्ने बाहेक अर्को बिकल्प देखिएन ।आफूलाई समय अनुसार ढाल्न नसकेपछि पुराना पुस्ताका नायकहरूको विकल्प खोज्न पनि थालिएको हो ।

पाकिस्तानी चलचित्रमा समेत शिवा नामले चर्चित भएका नायक शिब श्रेष्ठ पछिल्लो केही समय चलचित्र बिहिन बने पनि अहिले पुरानो हुदैन माया नामको चलचित्रमा अभिनय गरीरहेका छन् । त्यसो त नायक भुवन केसीले आँफैले चलचित्र निर्माण गरेर अभिनय गरीरहेका छन्  । अरुका चलचित्र कम पाए पछि वा पाउन छोडे पछि आफैले चलचित्र निर्माण गरेर भए पनि हिरो बनेका अर्का नायक हुन् श्रीकृष्ण श्रेष्ठ । लामो समय सम्म अमेरीका बसेका सरोज खनालले पनि केही समय अगाडी नेपाल आउँदा चलचित्र मानबमा अभिनय गरे तर उनको चर्चा जति हुनु पर्ने हो त्यति हुन सकेन ।

नायक धिरेन शाक्य चलचित्र पाउन छोडे पछि दोहोरी गीतको म्यूजीक भिडियो खेल्नमा ब्यस्त छन् । तर छिट फुट चलचित्रमा चरित्र भुमिका भने निभाएकै छन् । नायक रमित ढुङ्गाना त अहिले चलचित्र नपाए पनि अमेरीका हानिएका छन् । भने नायक दिलीप रायमाझी आफैले चलचित्र निर्माण गरेका छन् । हुनत उनले छिटफुट चलचित्रमा अभिनय भने गरेकै छन् । पछिल्लो केही वर्ष चलचित्रमा राज गरेका दुई नायक बिराज भट्ट र निखिल उप्रेतीको चाला पनि यस्तै छ । कुनै समय बिराज र निखिलकै भरमा चलचित्र चल्छ भन्ने मान्यता राख्ने चलचित्रकर्मीहरुले अहिले उनिहरुलाई लिन छोडीसकेका छन् । कान्छी श्रीमती च्यापेर मुम्बई गएपछि हराएका निखिल अनि नेपाली छोडेर भोजपुरीमा अभिनय गर्न गएका बिराज दुबै अहिले चलचित्र बिहिन भएका छन् ।

आम दर्शकको रोजाईमा परेका अधिकांश हिरोहरु आफ्नै कारणले चलचित्रबाट पलायन भएको पाइन्छ । कोहीले आफुलाई समय अनुसार परिवर्तन गर्न सकेनन त कोही ले आफ्नो घमण्ड देखाएरै चलचित्रबाट बिदा लिए । यस्ता उदाहरणका अगाडी अहिले आएका नब नायकहरुको भविश्य कस्तो हुन्छ त्यो भने हेर्न बाकि नै छ । श्रोत : फिल्मीखबर डटकम

5:45 PM | Posted in | Read More »

जनजाती चलचित्रलाई सेन्सर गर्न आग्रह

बिष्णु सुबेदी, काठमाण्डौ, २०६८ श्रावण २१, शनिवार


आदिवासी जनजाती तथा क्षेत्रिय स्तरमा निर्माण हुने गरेका चलचित्रहरु सेन्सरको दायरामा आउन सेकेका छैनन् । स्थानिय स्तरमा बन्ने गरेका यस्ता चलचित्रहरुको सेन्सर बिना नै बिभिन्न हलहरुमा च्यारिटी भईरहेको पाईन्छ ।


सानो बजेटमा बन्ने गरेका यस्ता चलचित्रहरु स्थानिय स्तरमा मात्र सिमित हुने हुँदा दर्ता गर्ने र सेन्सर गर्ने झण्झटबाट चलचित्रकर्मीहरु टाढै बसेको पाइएको छ । जनजातीका चलचित्रहरु सेन्सर हुन नआउनुमा भाषाको समस्या रहेको चलचित्रकर्मीहरु बताउछन् । एक जनजाती चलचित्रकर्मी भन्छन्, 'हाम्रो हरेक भाषा बुझ्ने मान्छे को छ सेन्सर बोर्डमा ? अनि हाम्रो मौलिक कथा र परिवेश जानेको को छ ? यसैले हामीलाई सेन्सर गर्न असहज भै रहेको छ ।' त्यसो त सेन्सर बोर्डले मुलधारका चलचित्रलाई जस्तै एउटै टोकरीमा राखेर सेन्सर गर्ने हुँदा पनि सेन्सरमा असहज भै रहेको जनजाती चलचित्रकर्मीहरुको भनाई छ ।

जनजाती चलचित्रकर्मीहरुले आफ्ना चलचित्रलाई सेन्सर गरेर मात्र चलाउन चाहेको भए पनि सेन्सर बोर्डले उपयुक्त वातावरण मिलाउन नसकेका कारण सेन्सर हुन नसकेको बरिष्ठ जनजाती चलचित्रकर्मी माओत्से गुरुले जनाएका छन् । पटक पटक अनुरोध गर्दा पनि आवश्यक वातावरण मिलाउन सेन्सर बोर्ड अर्समर्थ रहेका कारण यस्ता चलचित्रहरु सेन्सरको दायरामा आउन सेकका छैनन् । सानो बजेटमा बन्ने यस्ता चलचित्रको सेन्सर शुल्क पनि अरु सरह नबनाउने आग्रह गर्दै आफ्ना चलचित्रहरूको पनि सेन्सर गरिनुपर्ने माग जनजाती चलचित्रकर्मीको भनाई छ ।

यता सेन्सर बोर्डका सदस्य चेतन सापकोटाले सेन्सर नगरी कुनै पनि चलचित्र र्सार्वजनीक प्रदर्शन गर्न नपाइने बताएका छन् । उनिहरुले उठाएझै जनजातीका भाषा जानेको चलचित्रकर्मीलाई बोलाएर भए पनि चलचित्रको सेन्सर गरीने बताउदै सापकोटाले यसको लागी पहल थाल्ने बताएका छन् । उनले मौलिक कथाबस्तुमा बन्ने यस्ता चलचित्रको सेन्सर गर्दा लाग्ने सम्पूर्ण राजश्व छुट गर्न सरकारसँग माग गरेका छन् । आफुले यो बारे पहिलो पटक सुनेको बताउदै सापकोटाले अब जनजातीका चलचित्रलाई सेन्सर गर्न सजिलो होस भनेर त्यसतर्फ पहल थालने बताए ।

चलचित्र बिकाश बोर्डले मौलिक चलचित्रलाई प्रोत्साहन गर्ने निति लिएको लिएको बताउदै सेन्सर बोर्डका सदस्य सापकोटाले यसबारे बोर्ड मार्फत पहल थाल्ने बताएका छन् । उनले मौलिक कथा बोकेका तथा जनजातीका कला संस्कृति संरक्षण गर्ने यस्ता चलचित्र निर्माण प्रोत्साहन गर्नु पर्ने समेत जनाए । आदिवासी जनजाती चलचित्रकर्मीहरुलाई चलचित्रको सेन्सर गरेर मात्र प्रदर्शन गर्न आग्रह गर्दै सापकोटाले उनीहरुका माग बारे आफु सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।
साभार : फ़िल्मीखबर डटकम

8:33 AM | Posted in | Read More »

बुद्धको जीवनी एनिमेसन फिल्ममा

सन्तोष रिमाल, काठमाडौं, साउन १३- 'म हिन्दुस्तानी हुँ। तर, भारतले बुद्ध आफ्नो देशमा जन्मेको हल्ला फैलाउँदा साह्रै झोक चल्छ,' बुद्धको जीवनकथा झल्काउने एनिमेटेड फिल्म 'गौतम बुद्ध' बनाउन व्यस्त निर्देशक तुलसी घिमिरे यसलाई बुद्धबारे धेरै भ्रम चिर्ने फिल्म दाबी गरे। 'हामीलाई धार्मिक र दार्शनिक पक्षसँग त्यति धेरै सरोकार छैन। तर, अकाट्य कुरा के हो भने गौतम बुद्ध कपिलवस्तुको लुम्बिनीमा जन्मिएका हुन्। जुन नेपालमा पर्छ,' भारतीय फिल्मकर्मीले समेत बेलाबखत बुद्धको जन्मस्थलको विषयमा भ्रामक प्रचार गरिरहेको चर्चा गर्दै त्यसलाई चिर्ने अठोट गरेका छन् उनले। बुद्धको जीवनकथाका थुप्रै रोचक तथ्य फिल्मले उजागर गर्ने जिकिर समेत छ उनको।


कपिलवस्तुका राजकुमार सिद्धार्थ गौतमले गृहत्यागको बाटो रोजेको कथा उनको फिल्मले भन्नेछ। 'विभिन्न श्रोतव्यक्तिको भनाइ र अनुसन्धानका आधारमा केही नयाँ र अभिरुचिपूर्ण तथ्य देखाउन खोजेका छौं र त्यसलाई तर्कसंगत ढंगले पुष्टि गर्ने प्रयास पनि,' थरिथरिका मिथकको जालोबाट बुद्धको स्पष्ट जीवनी देखाउने काम उनलाई निकै चुनौतीपूर्ण लागेको छ।

तीन वर्षअघि इन्जिनियर छत्रहरि कार्कीले राखेको प्रस्ताव स्विकार्दै घिमिरेले 'गौतम बुद्ध'को निर्देशकीय जिम्मेवारी सम्हालेका हुन्। नेपालमा बनेको पहिलो एनिमेटेड फिल्मको निर्देशक बन्ने 'ग्ल्यामर'ले उनलाई केही हदसम्म लोभ्याएको पनि थियो। कलाकारलाई भावनामा बगाउन र त्यसमा दर्शकलाई डुबाउन माहिर निर्देशकले यो फिल्म थालेको तीन वर्ष पूरा भएको छ। अझै दुई वर्ष काम सकिने छनक उनले पाएका छैनन्।

बुद्धको विषय र टुडी एनिमेसन प्रविधि दुवैमा दख्खल नभए पनि फिल्म बनाउन तम्सिनुको पछाडि घिमिरेको तर्क छ, 'कसै न कसैले नयाँ कामको सुरुवात गर्नु पर्थ्यो। हामीले जमर्को गर्‍यौं र त्यसलाई पार लगाउन कम्मर कसेर लागेका छौं।'

'कलाकार राखेर फिल्म बनाइएको भए के हुन्थ्यो?' नागरिकको प्रश्नमा उनले भने, 'बुद्धको रोलमा कसलाई खेलाउने? ३२ लक्षणले युक्त उनको जस्तो व्यक्तित्व झल्कने कलाकार खोज्नु ठूलो चुनौती थियो।'

फिल्मका निर्माता कार्कीले व्यापारिक कारण देखाए, 'हामीले यसलाई विभिन्न भाषामा डबिङ गरी विदेशी बजारमा समेत पठाउने लक्ष्य राखेका छौं। नेपाली कलाकारले जापानी भाषा बोलेको फिल्म हेर्दा स्वभाविक लाग्दैन भनेर एनिमेसन फिल्म बनाएका हौं।' फिल्मलाई शैक्षिक र व्यापारिक प्रयोजनले तयार गर्न खोजेको उनले बताए



पहिला नसोचेको सुक्ष्म कुराले अहिले अल्झाएको छ,' उनले बिस्तार लगाए, 'हरेक फ्रेमको चित्र कोर्नु पर्ने। मुभमेन्ट, लाइटिङ, भेषभूषा, पृष्ठभूमि, गहना आदिमा एकदमै हेक्का पुर्‍याउनु पर्दा फिल्मको लगानी र समय दुवै बढेको छ।'

गीत रचनामा 'गौतम बुद्ध' युनिटले कविवर माधवप्रसाद घिमिरेलाई रोजेका छन्। सिद्धार्थ गौतम हुर्कदै गएको अवस्था बताउने गीतले साह्रै प्रभाव पारेको प्रतिक्रिया दिए निर्देशक घिमिरेले। गीतलाई उचाइ दिन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति अम्बर गुरुङलाई संगीत निर्देशन आग्रह गरेको उनले बताए। 'त्यसबेलाका मानिसले कस्तो गीत गाउँथे हामीलाई थाहा थिएन। उहाँको विज्ञताले न्याय गर्नेछ,' घिमिरेले भने।

बुद्धको विषयमा उठिरहेको विवाद साम्य पार्न पनि नेपालबाट यस्तो फिल्म बन्न जरुरी देख्छन् उनी। घिमिरेले फिल्मको अपरिहार्यता औँल्याए, 'विश्वमै शान्ति मुख्य आवश्यकता हो। शान्तिका अग्रदूत बुद्धका कुरा नेपालीले देखाउँदा विश्वसनीयता पनि बढ्छ।'

थाइल्यान्ड र श्रीलंकाले बनाएको बुद्धको फिल्म वास्तविकताभन्दा धेरै टाढा लागेको छ निर्माता कार्कीलाई। 'बुद्धको अनुहार पनि फरकफरक छ। कुनै फिल्ममा उनको दरबार हिमालमा पो देखाइएको छ,' फिल्मलाई वास्तविकतासँग नजिक बनाउने प्रयत्न गरिएको उनले बताए। सुरुमा क्यानाडाका प्रवधिकको सहयोगमा काम थालेको जानकारी दिँदै अहिले नेपालीलाई प्रशिक्षण दिएर एनिमेसनको काममा लगाएको बताए।
साभार :नागरिक न्यूज






9:25 PM | Posted in | Read More »

सुवास थापा तेस्रो लिङ्गी नायक


फिल्मीखबर, काठमाण्डौ, २०६८ श्रावण ४, बुधवार

कलाकार भैसकेपछि जस्तो पनि अभिनय गन सक्नु पर्दछ । कथा अनुसार आफुलाई बगाउन सक्ने खुबी कलाकारमा चाहिन्छ । अझ भनौ कलाकार कथा र अवस्थामा डुबेर अभिनय गर्न सक्नु पर्दछ । अवस्था अनुसार आफुलाई वास्तविक पात्रको रुपमा उभ्याउन सक्ने हो भने त्यो पात्र भित्र दर्शकहरुले आफुलाई पाउने गर्दछन्  ।

प्रसङ्ग नायक सुबास थापा र उनको पछिल्लो चलचित्र 'ब्रेक फेल' को हो । उनले आफुलाई यो चलचित्रको कथामा डुबाएर काम गरेका छन् वा हल्का रुपमा त्यो त चलचित्र रिलिज पछि थाहा हुनेछ । चलचित्र कोही मेरोबाट डेब्यू गरेका थापाले सो चलचित्रमा लभर ब्याईको भुमिका निभाएका थिए र जस पनि राम्रै पाएका थिए । चलचित्र कोही मेरोमा लभर ब्याईको भुमिका निभाएका थापा चलचित्र 'ब्रेक फेल' मा भने पत्रकारको भुमिकामा प्रस्तुत भएका छन्  ।

एउटा पत्रकार भैसकेपछि समाचार संकलनका लागी बिभिन्न स्थानहरुमा पुग्ने गर्दछ । त्यति बेला पत्रकारितालाई बिर्सने हो भने उसले मानबिय आंकाक्षहरु पुरा गर्न युवा भए युवती र युवती भए युवक तिर आर्कषित हुन सक्छ । तर सुवास यस्तो पत्रकार भएर देखिएका छन् जो पुरुष भएर पनि पुरुषसंग नै आर्कषित हुन्छन् । अर्थात उनि चलचित्रमा तेस्रो लिङ्गी भएर प्रस्तुत भएका छन् ।
 
कुनै पनि पत्रकार सम्मेलनमा होस् वा समाचार संकलन गर्न जादा होस् हृयाण्डसम केटा देख्न हुदैन रे उनलाई । उनि त जिस्कने, टाँसिने, अंगालिने गरिहाल्छन् रे । तेस्रो लिङ्गीको भुमिका निभाएका सुवासले चलचित्रमा केही सामान्य पुरुषले भन्दा फरक दृष्यहरु दिएर आफुलाई लेस्रो लिङ्गीको भुमिकामा ससक्त बनाउने प्रयास गरेको बुझिएको छ ।

भाद्र १६ गतेबाट रिलिज हुन लागेको चलचित्र ब्रेक फेल कमेडी धारको चलचित्र भएको बताइएको छ । नायिका ऋचा घिमिरेको प्रस्तुती रहेको सो चलचित्रलाई शंकर घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रमा ऋचा र सुवासका अलावा, राजेश हमाल, बिमलेश अधिकारी, निरज बराल, चिरन लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । वर्ल्डवाईड मुभि मेकर्सको व्यानरमा निर्माण गरिएको चलचित्र 'ब्रेक फेल' लाई मनोज कुमार घिमिरे, शिबहरी कार्की र प्रदिप सिंहले निर्माण गरेका हुन् ।

Source:Filmikhabar

7:36 AM | Posted in | Read More »

कमजोर भाग्य


काठमाडौ, अषाढ ३० - सुरुमै फाइट । त्यसपछि नाचगान, फेरि फाइट । गीत र फाइट । संवाद गीत र फाइट जोड्नकै लागि राखिए जस्तो मात्र । उपत्यकामा प्रदर्शन भइरहेको 'नसिब आफ्नो' लाई मसलेदार बनाउने प्रयासमा कथालाई महत्त्व दिइएको छैन ।
झन्डै एक घन्टासम्म पनि फिल्मले उठान गरेको द्वन्द्व खुल्दैन । पारिवारिक कथावस्तुजस्तो लाग्ने फिल्ममा हिमाल (विराज) र राहुल (जीवन) दाजुभाइ हुन् । लामो जुल्फी पालेको दाइ हिमाल देख्नमा पुलिसजस्तो नभए पनि बिनाबर्दीमा पनि डयुटी गर्न पाउने इमान्दार र स्वाभिमानी डीएसपी हो ।
उता राहुल पूरा फिल्ममा छाएको छ । कुनै चेलीको उद्धार गर्ने क्रममा वा समस्यामा परेकालाई सहयोग गर्ने क्रममा ऊ सधैं मारपिटमा हुन्छ र त्यसबापत जेलमा पुगिरहन्छ । बिरामी बाबुको खासै वास्ता नगर्ने राहुल कुनै दिन गुन्डाहरूको पन्जाबाट जोगाउने क्रममै आरजु (रेखा) सँग ऊ मोहित भएको छ । विधवा विवाहका लागि आरजुलाई तयार पारेको राहुलले नै पछि खुट्टो तान्छ ।
अस्पतालकै डाक्टरले राहुललाई ब्रेन टयुमरले गाँजिसकेकाले तीन महिनाको आयु मात्रै बाँकी रहेको सुनाइदिएको हुन्छ । आफू मर्ने थाहा पाएपछि भने उसले आरजुलाई पुनः विधवा बनाउन चाहँदैन । ऊबाट तर्किन
खोज्छ । तर फिल्मले अन्त्यमा सिल्ली तर्क दिँदै कथालाई संयोगान्त बनाइएको छ ।
विकास आचार्यको लेखन तथा निर्देशन रहेको 'नसिब आफ्नो' मानवीय स्वभावमा खेल्न खोजिएको रुखो फिल्म हो । कुनै पात्रलाई ब्रेन टयुमर भएको देखाएर सबै पात्रलाई रुवाउने अनि अन्तिममा सबै नाटक हो भनेर खुसी ल्याएझैं गराउनु लेखकीय कमजोरी हो । बिग्रेको भाइलाई सुधार्न भनेर कुनै पनि दाइले डाक्टरसँग मिलेर ज्यानै जान्छ भन्नेसम्मको ठट्टा गर्न सक्दैन । मान्छेको सबैभन्दा ठूलो चोट नै मृत्युभन्दा निश्चित मृत्युको पर्खाइ हो भन्ने लेखकले बुझिदिएको भए यस किसिमको फिल्मी हर्कत गर्दैनथे होलान् । वाहियात क्लाइमेक्सले नेपाली फिल्मको हित चाहनेहरूको त्यसप्रति तत्काल मोहभंग गराउनेछ ।
वास्तवमा 'नसिब आफ्नो'ले आफ्नै भाग्य (नसिब) राम्रोसँग कोर्न सकेको छैन । जबरजस्ती बुनिएको पटकथामा केही थान नाचगान र द्वन्द्वलाई घुसाएर तयार पारिएको फिल्म बन्न पुगेको छ, 'नसिब आफ्नो' । तर द्वन्द्व देख्दा लामा भए पनि हेर्दा दमदार भने छैनन् । वसन्त सापकोटा र महेश खड्काको संगीत ठिकै छ । फिल्ममा कुनै पनि दृश्यले कथा प्रस्तुत गर्दैन । क्यामेराको फ्रेममा परेका हरेक पात्रको संवाद नै कथा विकासको माध्यम बनेको छ ।
दिलकुमार प्यासी निर्मित 'नसिब आफ्नो' विकास आचार्यको पहिलो निर्देशन हो । त्यसैले पनि फिल्ममा उनको निर्देशकीय परिपक्वता खास देखिँदैन । उसो त उनले यही फिल्मबाटै जीवन लुइँटेललाई डेब्यु गराएका हुन् । जीवन कमेडी चरित्रमा सुहाए पनि भावुक दृश्यहरूमा केटौले देखिएका छन् । संवादहरू नाटकीय लाग्छन् । यस्तोमा, दर्शकहरूले यो फिल्मको बलियो भाग्य कोरिदिने सम्भावना क्षीण छ ।
 Source:kantipurnews

8:07 AM | Posted in , | Read More »

पहिलो एक करोड बिजेता बने अमिर


बलिउडमा ‘पर्फेक्सनिस्ट’ उपनाम पाएका अमिर खानलाई कुशल अभिनेताको रुपमा धेरैले चिनेका छन् । संख्यात्मकरुपमा थोरै फिल्म खेल्ने अमिरका अधिकांश फिल्म ब्लकबस्टर छन् । उनको अभिनय शैलीमा त कुनै प्रश्न उठाउने ठाउँ नै छैन । अमिरले आफूलाई एक कुशल कलाकार मात्र नभएर बौद्विक ब्यक्तिको रुपमा समेत दर्शकहरुमाझ चिनाउन सफल भएका छन् । बहुचर्चित कार्यक्रम ‘कन बनेगा करोडपति’ मा सबै प्रश्नहरुको सहि जवाफ दिई पहिलो पटक एक करोड जितेर अमिरले आफ्नो बौद्विकता प्रर्दशन गरेका छन् ।

सौरभ गांगुली होस्ट रहेको उक्त क्विज कार्यक्रममा अमिर आफ्नी श्रीमती किरण रावको साथमा उपस्थित थिए । उपलब्ध सबै लाइभ लाइन र श्रीमतीको सहयोग लिई अमिरले भारु एक करोड जित्न सफल भएका थिए । केबीसी बंगाली भर्सनको यस शोमा यसअघि प्रतियोगीले सबैभन्दा बढी २५ लाखभन्दा बढी जितेका थिएनन् । पुरै रकम जित्ने पहिलो भएकोमा अमिर र किरण दुबैले आश्चर्य प्रकट गरे ।
‘उहाँ सधै यस्तै हुनुहुन्थ्यो । आफ्नो बिचारमा स्पष्ट हुनुुहुन्छ,’ एक करोड जितेपछि अमिरबारे प्रतिक्रिया दिदैं किरणले भनिन्, ‘उहाँको इतिहास र भूगोलमा विशेष रुची छ ।’ अमिरले उक्त रकम बालबालिकाहरुको कल्याण र हितका लागि च्यारिटीमा सरस्वती मन्दिर ट्रस्टलाई प्रदान गरेका छन् ।
Source:onlinekhabar


5:55 PM | Posted in | Read More »

डेल्ली बेली फुकुवा

काठमाडौं , अषाढ २२ - सेन्सर बोर्डले प्रदर्शन अयोग्य ठहर्‍याएका केही संवादलाई अवज्ञा गर्दै चलाएको आरोपमा आइतबार रात्रि सोदेखि प्रतिबन्धमा परेको फिल्म 'डेल्ली बेली' को कारबाही फुकुवा भएको छ । 'आइन्दा गल्ती नगर्ने' सर्तमा वितरकले सम्पादित फिल्म देखाउन राजी भएपछि 'पहिलोपटक' का लागि माफी दिँदै बुधबारदेखि विधिवत् चल्न दिइने भएको छ ।
'आइन्दा सम्पादित फिल्मलाई नै चलाउने वितरकको प्रतिबद्धतापछि प्रतिबन्ध फुकुवा गरिएको हो,' सेन्सर बोर्ड सदस्य चेतन सापकोटाले भने, 'मोटो रकम लगानी परेकाले पनि मर्कामा नपार्न चाहेका हौं ।' सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतको श्रव्यदृश्य तथा प्रसारण शाखाले जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई 'डेल्ली बेली' लाई सार्वजनिक प्रदर्शनीको अनुमति दिएको जानकारीसहितको पत्र मंगलबार पठाएको छ ।
शाखा अधिकृत गोकुल खड्काद्वारा हस्ताक्षरित पत्रमा फिल्म वितरक टि्रपल एन मुभिज एन्ड सप्लायर्स सेन्सर बोर्डले हटाउन भनेका शब्द हटाई चलाउन प्रतिबद्ध भएकाले प्रदर्शन अनुमति दिइएको उल्लेख छ । 'पुनः गल्ती गरेको पाइएमा कानुन बमोजिमको सजाय भोग्न वितरक तयार भएकोले अहिले पाँच हजार रुपैयाँ जरिवानासहित फिल्म चल्न दिने भएका हौं,' चेतनले भने ।
यसअघि सूचना तथा सञ्चारकै सिफारिसमा काठमाडौं जिल्ला प्रशासनले फिल्मको सार्वजनिक प्रदर्शनमा प्रतिबन्ध लगाइदिएको थियो । गत शुक्रबारदेखि विश्वव्यापी प्रदर्शनमा आएको उक्त फिल्म अश्लीलताकै कारण छिमेकी मुस्लिम देशसहित २२ मुलुकमा प्रतिबन्धित छ । यो होम प्रोडक्सनको रिलिज अगावै आमिर खानले आफ्नो गुडविललाई 'डेल्ली बेली' ले क्षणभरमै खत्तम पारिदिने टिप्पणी सहितको विज्ञापन बजाएका थिए ।
भारतीय सेन्सर बोर्डलाई 'एडल्ट' सर्टिफिकेट दिलाउन आग्रह गरेका आमिरले नेपालमा गरिएको प्रतिबन्धलाई सम्बन्धित देशको सेन्सर बोर्डको अधिकार भएको टिप्पणी गरेका थिए । उनले छिट्टै नेपाली वयस्क दर्शकलाई सेन्सर बोर्डले फिल्म हेर्न दिने आशा व्यक्त गरेका थिए । त्यसको एक दिनपछि नै नेपालको बोर्डले पनि वयस्कका लागि भनेर व्यक्तिगत बोलीचालीमा बढी प्रयोग गरिने तर अश्लील शब्द 'डिप' गरी चलाउन अनुमति दिएको हो । अब १६ वर्षमुनिका दर्शकले भने 'डेल्ली बेली' हेर्न पाउने छैनन् ।

Source:kantipurnews

7:44 AM | Posted in | Read More »

प्रहरी कारबाहीमा सशस्त्र समूहका एक मारिए

१९ असार, वीरगञ्ज । पर्साको लिपनीवर्तामा प्रहरी कारबाहीमा गएराति सशस्त्र समूहका एक कार्यकर्ता मारिएका छन् ।
यो समाचार तयार पार्दासम्म मृतकको सनाखत हुन सकेका छैन । गस्तीमा रहेको प्रहरी टोलीमाथि आक्रमण प्रयास गर्ने युवकको प्रहरीको प्रतिकारमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पर्सा प्रहरीका उपरीक्षक रमेश खरेलले गस्ती टोलीमाथि राति साढे १२ बजेतिर सशस्त्र समुहले अचानक फायरिङ गरेपछि जवाफी कारबाहीमा ती व्यक्तिको घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो ।
खरेलका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोली लिपनीविर्ता गाविस-६ स्थित सिर्सियापुल नजिक पुग्दा पााच/सात जनाको संख्यमा रहेका हतियारधारी समूहले एक्कासि गोली चलाएका थिए ।
प्रहरीले घटना स्थलबाट एक थान नलकुटवा पेस्तोल र त्यसको दुई राउण्ड गोलीसमेत बरामद गरेको छ । मृतकको शव पोष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ ।

Source:Onlinekhabar

8:12 AM | Posted in | Read More »