|

सञ्जय दत्तको पार्टीमा शाहरुखकको मुक्का

मुम्बई, माघ १७ - अग्निपथ फिल्मको सफलताको खुशीमा सञ्जय दत्तले आयोजना गरेको पार्टी शाहरुखका मुक्काका कारण चर्चित बन्यो। बिहान ४:३० बजे तीन बडिगार्डसहित पार्टीमा आएका शाहरुख त्यसदिन अस्वभाविक देखिएका थिए। पार्टीमा आएको केही समयमै उनी फिल्म निर्माता तथा निर्देशक फराह खानका पति शिरिष कुन्दरतिर हानिए र उनीमाथि आक्रमण गर्न थाले। 'के भयो भन्नेमा सबैजना अन्यौल थियो। शाहरुखले शिरिषको कपाल समातेर भूइमा लडाए,' एक प्रत्यक्षदर्शीले भने, 'हामी चकित भयौं। शाहरुखको यस्तो व्यवहार हामीले कहिल्यै पनि देखेका थिएनौं।'

तत्कालै बाबा दिवान त्यहाँ पुगे र थप आक्रमण रोक्ने प्रयास गरे। शाहरुखले दिवानलाई त्यहाँबाट बाहिरिन निर्देशन दिए। देवानले घटनालाई रोक्न आवश्यक थियो किनकी यो सबै उनकै स्थानमा भइरहेको थियो। त्यत्तिकैमा आएका सञ्जय दत्तले शाहरुखलाई रोके र झगडा लम्बिन दिएनन्। आक्रमणबाट चकित बनेका शिरिष तत्कालै त्यहाँबाट बाहिरिए। उनी शाहरुखको आक्रमणलाई बाहिर्‍याउने उद्देश्यका साथ निस्किएका थिए।

कुन्दरका नजिकको स्रोतका अनुसार फिल्म रा वन माथि उनले बारम्बार नकारात्मक टिप्पणी गरेपछि शाहरुख रिसाएका थिए। त्यतिमात्र होइन कुन्दरले फिल्मबाहेक शाहरुख र प्रियंका चोपडाबीच सम्वन्ध रहेको टिप्पणी गरेपछि शाहरुख निक्कै आक्रोशित भएका थिए। तर, यो पार्टीमा प्रियंकमाथि कुनै कुरा भएको थिएन।

कुन्दरकी श्रीमती फराह खान शाहरुखको नजिकको साथी हुन्।फरहा खानले आफ्ना पतिमाथि अभिनेता शाहरुख खानले अभद्र व्यवहार गरेको आरोप लगाइन्। शाहरुख अभिनित 'मै हुँ ना' र 'ओम शान्ति ओम'का निर्देशक फरहाले पति शिरीष कुन्दरमाथि हातपात भएको बताइन्। 'शाहरुखले सधैं मलाई भन्दै आएका थिए कि भौतिक दुर्व्यवहार सबैभन्दा खराब तरिका हुनेछ,' फरहाको वक्तव्यमा उल्लेख छ, 'अहिले उनले त्यही भनाइलाई व्यवहारमा उतारेकामा म दुःखी छु।'
                                                                                                                                               स्रोत :नागरिक 

Posted by Butwalonline on 4:00 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सञ्जय दत्तको पार्टीमा शाहरुखकको मुक्का"

Leave a reply