|

दूधको मूल्यमा वृद्धि

काठमाडौ, माघ १७ - दुग्ध विकास संस्थानले बिक्री गर्दै आएको दूधको मूल्य मंगलबारदेखि लागू हुने गरी बढाएको छ । संस्थानको सञ्चालक समितिले कृषकलाई राहत दिन मूल्य बढाएको बताएको छ । संस्थानका महाप्रबन्धक सियारामप्रसाद सिहका अनुसार प्रतिप्याकेट स्ट्यान्र्ड दूध -निलो प्याकेट) मा २ रुपैयाँ, हरियो प्याकेटमा ३ रुपैयाँ बढाइएको छ । मंगलबारदेखि उपभोक्ताले नीलो दूध प्रतिपोका २४ र हरियो दूध प्रतिपोका २८ रुपैयाँमा किन्नुपर्ने छ । यो मूल्य १० महिनापछि बढाइएको हो । किसानको दूध उत्पादन लागत बढेका कारण मूल्य बढाइएको महाप्रबन्धक सिहले बताए । गाई, भंैसीको मूल्य, ब्याज, दानको भाउ बढ्नु र कामदार अभावका कारण दूध उत्पादनको लागत पनि बढेको उनले बताए । संस्थानले गरेको अनुमान अनुसार हाल देशभर करिब २ लाख लिटर दूध अभाव छ । संस्थानले मात्र काठमाडौंमा दैनिक १ लाख ४० हजार लिटर दूध पुर्‍याउँछ । यस्ले भारतको पटनाबाट दैनिक ३५ हजार लिटर दूध आयत गर्छ । राजधानीमा संस्थानबाहेक करिब ४५ निजी डेरीले पनि दूध बिक्री गर्छन् । निजी डेरीले मूल्य बढाएका छैनन् ।  
                                                                                                                                                     स्रोत :कान्तिपुर 

Posted by Butwalonline on 7:45 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दूधको मूल्यमा वृद्धि"

Leave a reply