बि बि फुयालको फेसबुकमा द लास्ट किस

काठमाण्डौ,चैत्र २४-जेठको १२ गते रिलिज हुन लागेको चलचित्र 'द लास्ट किस' को प्रमोशन गर्न यति बेला निर्देशक बि.बि फुयाललाइ आफ्नो फेसबुकको भित्तै भरि 'द लास्ट किस'को समाचारहरु सेयर गर्न भ्याई नभ्याई छ ।पछिल्लो समयमा चपली हाइटले चौतर्फी चर्चा पाए पछि यौन मनोविज्ञानमा आधारित चलचित्र हरु निर्माण हुन थालेका छन्।
यो सिनेमाको पोस्टर र प्रोमो हेर्दा 'पोर्न' फिल्मको संज्ञा पाइसकेको छ तसर्थ प्रदर्शन अगावै विवादमा तानिसकेको छ।तर यसलाई बि.बि फुयालले खण्डन गर्दै सिनेमा नहेरी त्यस्तो हल्ला गर्नु मुर्खता हो भनेका छन् ।चलचित्र दर्शकले हेरिसके पछि सन्तुष्ट हुने दाबी छ फुयालको ।
काठमाडौँ र धरान का रमणीय स्थलमा खिचिएको सिनेमा अहिलेको युवा पुस्तलाइ लक्षित गरि बनाइएको चलचित्र हो ,जसमा प्रेम र यौन मनोविज्ञानलाइ जस्ताको त्यस्तै उतारिएको छ।पुस्करजंग थापा ,शोभीता सिम्खडा र सुरेश चौधरीको मुख्य अभिनय रहेको चलचित्रलाइ युबराज खत्रीले निर्माण गरेका हुन्,निर्देशन स्वयम बि.बि फुयालले गरेका छन्।
स्रोत :फिल्मी खबर