|

लावारिशको शुभमुहुर्त पाल्पामा

फोटो:मुक्तिप्रसाद न्यौपाने/बुटवल ओनलाइन




मुक्तिप्रसाद न्यौपाने,भाद्र ३, पाल्पा-चालिस लाख लागतको अनुमानमा आशुतोष फिल्मस् प्रा.लि.को प्रस्तुतिमा बन्न लागेको फिल्म लावारिशको आज पाल्पाको भगवति मन्दिरमा शुभमुहुर्त गरिएको छ ।
निर्माता अमश कौशलको दोस्रो प्रस्तुतीको चलचित्र लावारिशको निरज घिमिरेले निर्देशन गर्नेभएकाछन् । चलचित्रमा चलचित्रमा आयुष रिजाल, महेश खड्का, दिनेश शर्मा, किरण चित्रकार, युना उप्रेती, भूमिका सुनार, रचना पौडेल, आयुष्मा कार्की लगायतका कलाकारहरुको अभिनय रहने निर्देशक एवं निर्माता निरज घिमिरेले जानकारी दिएका थिए ।

दैनिक जीवनयापनको लागि माछा मारेर पारिवारीक गुजारा चलाउने व्यक्तिहरु र मालिकहरुको दासत्व बिचको द्धन्द्धको भूमिकामा निर्माण हुने चलचित्रको अधिकांश भाग पाल्पामा छायाङ्कन हुने निर्माण पक्षले जानकारी गरायो । अधिकांश चलचित्र काठमाण्डौं र अन्य चर्चित शहरहरुमा छायाङ्कन हुने भएपनि यो चलचित्र कालिनदीको बगर रिडीमा माझि र मालिक बस्तिका बिच हुने छ । अग्नि परीक्षाबाट शुरु भएको चलचित्रको निदशन यो १३ औं भएको निर्देशक घिमिरेले बताए ।

माघ महिनासम्ममा निर्माण पूरा गर्ने लक्ष्यमा रहेको लावारिशमा दिनेश शर्मा प्रहरी इनेस्पेक्टरको भूमिकामा र युना उप्रेती मालिकको छोरीको भूमिकामा रहनेछिन् । चलचित्रमा वसन्त सापकोटाको संगित र हिमाल केसीको द्धन्द्ध रहेको छ । लावारिशको मौनता श्रेष्ठको लेखनमा निर्माण हुन लागेको चलचित्र हो ।
       

Posted by Butwalonline on 2:00 PM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "लावारिशको शुभमुहुर्त पाल्पामा"

Leave a reply