छोरो खोजेर ल्याउनेलाई एकलाख पुरस्कार
मुक्तिप्रसाद न्यौपाने,भदौ ३, पाल्पा- १४ दिनअघि अपहरणमा परेका १७ बर्षिय किशोर न्यौपानेलाई खोजेर ल्याउने व्यक्ति वा संघसंस्थालाई एक लाख पुरस्कार दिने परिवारले घोषणा गरेका छन्। बाबु रामप्रसाद न्यौपानले शनिवार उक्त पुरस्कार घोषणा गरेका हुन् ।
साउन २१ गतेदेखि अपहरणमा परेका किशोरलाई कसले कहाँ लग्यो भन्ने अज्ञात छ । तानसेन–३ बारुदखान बस्ने किशोरलाई खोजी गर्न बाबु रामप्रसादले पत्रकार, मानवअधिकारवादीलाई आग्रह गरेका छन् । अघिल्लो शुक्रवार सांझ ५ बजे अपहरणकारीसंग सम्पर्क भएपनि त्यसपछि अवस्था अज्ञात छ ।‘साउन २८ गतेबाट फिरौती माग्न छोड्नुका साथै सम्पर्क समेत छैन’बाबु न्यौपानेले भने, ‘सत्य तथ्य पत्ता लगाउन पत्रकार र मानवअधिकारवादीलाई आग्रह गर्दछु ।’ उनले संवेदनशील अवस्था वुझेर फिर्ता वा सुराकी पत्ता लगाउने
जोसुकैलाई १ लाख दिने घोषणा गरेको बताए । साना छोरा छोरीलाई समेत मारिदिने धम्की आएपछि उनीहरुले प्रहरी र पत्रकारलाई ११ दिनसम्म जानकारी गराएका थिएनन् ।
‘केही गर्न पनि मन छैन, खान पनि मन छैन’ आमा नुनाकुमारीले भनिन्,‘मेरो आंखाको आंशु बगेरै सकिने अवस्था आईसक्यो ।’ अपहरित किशोरकाआमा, बाबु, भाई, बहिनीको आंखाबाट आंसु बगेको छ । अपहरित किशोरले तानसेनकै जनता उच्च माविबाट कक्षा १२ को परीक्षा दिएर बसेका थिए । यसैवर्ष उनी सेन उच्च माविमा व्यवस्थापन विषयमा कक्षा ११ मा भर्ना भएका थिए । प्रहरीलेऔपचारिक उजुरी नआएपनि आफ्नै तरीकाले अनुसन्धान गरेको बताएको छ ।