|

'नेपाली फिल्म खेल्ने फुर्सद छैन' : विराज भट्ट

विगत एक बर्ष यता भोजपुरी सिनेमामा निकै ब्यस्त रहेका अभिनेता विराज भट्टको ब्यस्तता यसरी बढेछ कि उनलाई नेपाली फिल्म खेल्ने फुर्सद छैन रे ! तिहार मनाउनका लागि केही दिन अघि नेपाल आएका भट्टले आईतबार फिल्मीखबरसंगको बिषेश कुराकानीमा भने, 'एक बर्ष सम्म नेपाली फिल्म खेल्ने फुर्सद छैन ।'

उनले एक बर्षको अन्तरालमा ९ वटा भोजपुरी सिनेमामा अभिनय गरिसेका छन् जस मध्ये ६ वटा चलचित्र सफल प्रदर्शन भैसकेको उनले बताए । यस्तै विगतका बर्षहरुमा बुझेर वा नबुझि जस्तो सुकै टिमसंग काम गरेकाले पनि आफ्नो छवि सुधार्नको लागि बाकी रहेका नेपाली फिल्म रिलिज नभईन्जेल सम्म कुनै पनि चलचित्रमा तत्काल काम नगर्ने उनले बताएका छन् ।



विराजद्धारा अभिनित करिब एक दर्जन नेपाली चलचित्र रिलिजको लिष्टमा छ जस अर्न्तगत तुलसी घिमिरेको मेघा प्रोजेक्टको चलचित्र मृगतृष्णा उनको विशेष रोजाईको फिल्म हो रे ! बिराजले हाल भोजपुरी सिनेमा गरेवापत भारू १० लाख भन्दा बडी लिने गरेका छन् । भोजपुरी दर्शकले उनको अभिनयलाई मन पर्राईदिएपछी उनी त्यहाँका दर्शकको अगाडी नेपालको सुपरस्टारले परिचित छन् । जसकारण उनले एक पछी अर्को सिनेमामा र्साईन गरिरहेका छन् ।


'आउदो जेठ सम्मका लागि ३ वटा सिनेमाको र्साईन गरिसकेको छु त्यसैले जेठ भन्दा अगाडी चाहेर पनि म नेपाली फिल्म खेल्न पाउने छैन', बिराजले भने । उनलाई केही चलचित्रकर्मीले आफ्नो फिल्ममा खेलाउने प्रस्ताव गरेका थिए जुन उनले रिजेक्ट गरिदिएका छन् । तर बिराजले नेपालमा बाकी रहेका आफ्ना पूराना फिल्म रिलिज भईसके पछि मात्र बर्षको ३ वटा सम्म नेपाली खेल्ने मनसाय ब्यक्त गरेका छन् त्यो पनि स्क्रिप्ट पूर्ण अध्ययन गरेर मात्र ।

सुटिङका लागि सोमबार मुम्बई जाने कुरा छ । बिराजले ३ बर्ष अघि भोजपुरी फिल्ममा पाईला टेकेका थिए । जुन पाईला उनका लागि लक्की सावित भएको छ । उनले हाल सम्म १९ वटा भोजपुरी फिल्ममा अभिनय गरिसेका छन् ।
                                                                                                                      स्रोत : फ़िल्मी खबर डट कम 

Posted by Butwalonline on 10:23 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "'नेपाली फिल्म खेल्ने फुर्सद छैन' : विराज भट्ट"

Leave a reply