नेपाली कथानक चलचित्र कालापानी कतारमा प्रदर्शन हुने
कतारको दोहामा नेपाली कथानक चलचित्र कालापानी प्रदर्शन हुने भएको छ । आरम्भ नाट्य डबली दोहा कतारको आयोजनामा दोहास्थित दोहा सिनेमा हलमा आउदो मे ४ तारिखमा नेपाली कथानक चलचित्र कालापानी प्रदर्शन गर्ने भएको हो । चलचित्र कालापानीमा सुशिला रायमाझी, निखिल उप्रेती, दिलीप रायमाझी, गणेश उप्रेती, संचिता लुईंटेल, ऋचा घिमिरे तथा मुकुन्द थापा लागायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको लेखन तथा निर्देशन उद्धव अभिजितले गरेका छन् ।
आरम्भ नाट्य डबली मुख्य आयोजक रहेको सो चलचित्रको आयोजक सदस्यहरुमा सन्तोष थापा, लाल भट्ट र कविराज सुवेदी रहेका छन् भने नेपालमा संयोजन श्रमिक गेष्ट हाउसका सञ्चालक गणेश ढकाल र सरोज पाण्डे गरेका छन् । चलचित्र दोहाको दोहा सिनेमाहलमा दिउँसो १ बजे प्रदर्शन गर्न लागिएको आयोजकले जनाएको छ । चलचित्र हेर्नका लागि २०, २५ र ५० कतारी रियाल तोकिएको छ ।

