|

सुत्केरी हुन नसकेर एक महिलाको मृत्यु


जाजरकोट,वैशाख १६- जाजरकोटमा सुत्केरी हुन नसकेर एक महिलाको मृत्यु भएको छ । जाजरकोटको थालारैकर-३ डाँडापाडाकी २४ वषिर्या विनी नेपालीको सुत्केरी हुन नसक्दा मृत्यु भएको हो ।
दुई दिन अगाडीबाट सुत्केरी व्यथा लागेको नेपालीलाई अस्पताल लैजाने घरमा कोही पनि नभएकाले ज्यान गएको स्थानीयबासीले जनाएका छन् । उनका श्रीमान् मजदुरी गर्न भारतको कालापहाड गएका छन् । थालारैकरबाट अस्पताल जान दुई दिनको पैदल हिड्नु पर्ने भएकाले र सहयोग गर्ने कोही नहुदा उनको अकालमै मृत्यु भएको हो ।
समाचार ओनलाइन खबर बाट

Posted by Butwalonline on 6:51 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सुत्केरी हुन नसकेर एक महिलाको मृत्यु"

Leave a reply