न्युयोर्क, गांउबाट शहरमा आएको युवतीको भुमीकामा पवनकली शो नामक
टेलिभिजन कार्यक्रम सन्चालन गरेर चर्चामा आएकी माम्पी घोष यतिबेला
न्युयोर्कको फेशन शोमा ब्यस्त हुन थालेकी छन् । टेलिभिजन कार्यक्रम पवनकली
शोमा गांउले युवतीको भुमिकामा देखिएकी पवनकली न्युयोर्कमा रहेको साउथ एशिएन
कम्युनिटीमा फेशन शोमा ब्यस्त रहेकी हुन् । अध्यनका लागि बिगत केहि महिना
देखि न्युयोर्कमा रहेकी माम्पीले फेशन सम्बन्धी कार्यक्रममा भाग लिनुका
साथै अमेरिकामा रहेका साउथ एशिएन सन्चार माध्यमा आफ्नो करियर अगाडि बढाउने
योजना रहेको सुनाईन् ।
कानुन क्षेत्रमा अध्ययन गर्दै गरेकी
माम्पीले अप्रील महिनामा मात्र दुईवटा फेशन शोमा क्याटवाक गरेकी छन् ।
न्युयोर्कको फेशन शोको बारेमा आफ्नो अनुभब सुनाउंदै माम्पीले भनिन् “
नेपालमा रंहदा होस् या बिदेशमा जंहा रहेर पनि आफ्नो लक्ष्य पुरा गर्ने
यात्रामा लाग्ने छु ।”
हेरौ केही फोटो क्लिपहरु:
काठमाडौं : नेपाली चलचित्र क्षेत्र व्यावसायका हिसाबले यस वर्षमाथि आउन सकेन । चलचित्रमा जति लगानी भयो ती सबै बालुवामा पानी हालेसरह बिलाएर गयो । चलचित्रको व्यवसाय ओरालो लागे पनि यस क्षेत्रका कलाकार भने विभिन्न स्क्यान्डलका कारण चर्चामा रहिरहे ।
नायक राजेश हमाल यस वर्ष प्रैमिकाकै कारण चर्चामा रहे । व्यावसायिक चलचित्र अभिनयका हिसाबले कुनै पनि सञ्चारमाध्यममा छाउन नसकेका हमाल प्रेमीका मधु भट्टराईसँगको प्रसंगले सबै मिडियामा छाउन सफल भए । वर्षभरि नै विवाह र प्रेमिकाका कारण हमाल चर्चामा रहिरहे । पछिल्लो समय चलचित्रमा अभिनयका हिसाबले त्यति महत्त्व पाउन छोडेका हमालले आफैँ पनी राजनीतिमा आउने संकेत देखाएर समाचार बन्न सफल भए । अभिनेत्री प्रियंका कार्की पनि चलचित्रको व्यावसायभन्दा डिभोर्सका खबरले समाचार बन्न सफल भइन् । ‘थ्री–लर्भस’ र ‘कलिउड’ दुई चलचित्र अभिनय गरेकी प्रियंकाले श्रीमान् रोचक मैनालीसँग आफ्नो एक वर्ष अगाडि डिबोस् भएको हल्ला फैलाउँदै समाचारमा अटाउन सकिन् । नायिका जिया केसीलाई यस वर्ष चलचित्र एटिएम र भुवन केसीसँगको सम्बन्धले चर्चा दिलायो । उत्तेजक चलचित्र अभिनय गर्ने नायिकाका रूपमा समेत जिया चिनिन सफल भइन् । उनले अभिनय गरेका दुई चलचित्र बर्बाद र एटिएम अश्लील भयो भन्दै सेन्सरले रोक्यो । नायक भुवनसँग समेत नाम जोडेर चर्चामा आएकी जिया भुवनसँग बिहे गर्न लागेको अफवाह फैल्याउँदै चर्चामा रहिरहिन् ।
नायिका ऋचा शर्मा पनि नायक विनय श्रेष्ठसँगको प्रेम सम्बन्धका कारण समाचरको विषय बनिन् । यी दुवैको प्रेममा आएको फाटोले राम्रै चर्चा कमायो । यस वर्ष चलचित्र भिजा गर्ल अभिनय गरेकी ऋचा कलाकारिताका कारणले कुनै समाचार बन्न सकिनन् ।आइटम गीतमा यस वर्ष सबैको छानोटमा पर्न सफल अभिनेत्री सुष्मा कार्की यस्तै अनेकौँ कारणले चर्चामा रहिरहिन् । चलचित्र अभिनयभन्दा पनि दर्जन माथिका चलचित्रमा आइटमा नृत्य गरेकी सुष्मा प्रेमीका कारण पनि बेलाबेलामा समाचार छाइन् । ‘वार’ चलचित्रको छायांकनमा प्रेमीका साथ सुदूर पश्चिम पुगेको प्रसंग होस् या नोटबुकै आइटम गीतमा प्रेमीको हस्तक्षेप किन नहोस् । यी सबै प्रसंगका समाचारमा उनी नै छाइरहिन् । अझ बिन्दासमा उनले प्रस्तुत गरेको स्तन ग्ल्यामरले उनको चर्चा मात्र होइन, चलचित्रले समेत व्यवसाय गर्न सफल भयो ।अभिनेता अर्जुन कार्की र निसा अधिकारी यस वर्ष सगरमाथा आरोहणका कारण चर्चामा रहे । पछिल्लो समय अभिनयका लागि कुनै पनि चलचित्र हात नपरेका अर्जुन र थुप्रै चलचित्र अभिनय गरे पनि अभिनयका हिसाबले कुनै प्रभाव छोड्न नसकेकी निसा सगरमाथा आरोहणमा जाने घोषणापछि समाचारका विषय बने ।
अभिनेत्री पुजना स्त्री यस वर्ष ‘रक्षा’ नामक चलचित्र अभिनयका कारण चर्चामा आइन् । ‘रक्षा’मा रहेका उनका अनेक बेडसिन चर्चाका विषय बने । जयसंगत्का नाममा आर्दश वाक्य छाट्दै हिँड्ने पुजनाका बेडसिनले केही समय चलचित्र बजार हल्लाउन सफलसमेत भयो भने व्यवसायमा समेत टेवा मिल्यो ।
नायिका शशी खड्का यस वर्ष ‘चन्द्रावती’ चलचित्रका कारण समाचारका विषय बनिन् । चलचित्रका निर्देशक राजु गिरीले जर्बजस्ती ग्ल्यामर सिन खिच्न लगाएको उनको आरोप थियो । सो आरोपपछि त्यतिकै सेलाएर गए पनि उनलाई भने यसले धेरै चर्चा दिलायो ।अभिनेत्री जेसिका खड्का आत्महत्याका कारण यस वर्ष समाचारको विषय बनिन् । जेठ ३० गते आत्महत्या गरेकी जेसिकाको आत्महत्याको कारण रहस्यमै रह्यो । ‘ब्ल्यु भिडियो काण्ड’को समेत सामना गरेकी जेसिकाको अत्महत्या प्रकरणमा कलाकार बालदीप राईसमेत चर्चामा आए । बालदीप जेसिकाको प्रेमीका रूपमा चर्चामा रहे ।वैशाख १८ गते जनकपुरमा भएको बमकाण्डमा निधन भएकी अभिनेत्री रञ्जु झा उक्त घटनाले चर्चामा रहिन् । रञ्जुलाई सरकारले सहिदसमेत घोषणा गर्यो ।
यस वर्ष चलचित्र विकास बोर्डको अध्यक्ष धर्मेन्द्र मरवैता पप्पु पनि चर्चामा रहे । कलाकर्मीका आन्दोलन र विरोधका बाबजुद पनि अध्यक्ष बनेका पप्पु शिवरात्रिमा एक नायिकासँगको गाजा सेवनदेखि स्टुडियो बनाउने नाममा सुर्खेतको भ्रमण्ँसम्म का विषयमा चर्चाका पात्र बने ।अभिनेत्री सुमिना पनि यस वर्ष समाचारको विषय बनिन् । अभिनयका हिसाबले कुनै छाप छोड्न सक्ने चलचित्र वर्षमा एउटासमेत दिन नसकेकी उनी वर्षको अन्त्यमा एक पत्रकारलाई टेलिफोनबाट ज्यान मार्ने धम्की दिएका कारण चर्चामा रहिन् ।
नायक जीवन लुइँटेल ‘मालतीको भट्टी’, ‘रिदम’ र वर्षको अत्यमा प्रदर्शनमा आएको चलचित्र ‘नोटबुक’का कारण चर्चामा रहे । नोटबुकमा रहेको गाला रातै गीतले उनलाई वर्षकै चर्चित कलाकार बनायो । नोटबुककै गाला रातै गीतबाट अभिनेत्री नीता ढुंगाना पनि चर्चामा रहिन् । चलचित्र ‘हाइवे टु धम्पुस’ को छायांकनका लागि अमेरिका गएका राजवल्लभ कोइराला यसै कारणले समाचारका विषय बने । स्रोत : सौर्य दैनिक
काठमाडौं : छायांकनको समयमा अश्लील दृश्यका फोटाहरू सार्वजनिक गरेर आलोचनात्मक समाचारको विषय बनेको चलचित्र ‘रक्षा’लाई सेन्सर बोर्डले पिजी सटिफिर्केट दिएको छ । चलचित्र युनिटको तीनदिनको कसरत पछि सेन्सरले सो सर्टिफिकेट दिएको हो । चलचित्रमा यौनका दृश्य रहेकाले अभिभावक नलिई हलसम्म आउने बालकलाई चलचित्र नदेखाउन अनुरोध गर्दे सेन्सरले उक्त सर्टिफिकेट दिएको हो ।
चलचित्रमा भिन्न–भिन्न केही बेड सिन रहेका छन् । यी बेडसिनका दृश्य विषयवस्तुअनुसार जाहेज रहेको भन्दै सेन्सरले कुनै पनि नकाटेको निर्देशक गिरीले बताए । उनले भने ‘चलचित्रमा रहेका पुजनाका हट सिन सेन्सरले काट्छ भन्ने डर लागेको थियो तर कुनै पनि काटेन’ । सेन्सरले पुजना स्त्रीको उत्तेजक बेडसिनलाई केही छोटो बनाउन आग्रह गरेको गिरीले बताउँदै भने अर्की नायिका खुसी थापाको उत्तेजक बेडसिनका बारेमा केही बोलेन । छायांकनका समयमा अश्लील दृश्य प्रचार/प्रसार गरेर चर्चा बटुलेको यस चलचित्र निर्माण युनिटले अहिले चलचित्र प्रदर्शनको समयमा चलचित्र अश्लीलभन्दा पनि राष्ट्रभक्ती रहेको बताउँदै आएको छ । चलचित्र युनिटले जे भने पनि छायांकनको समयमा अश्लील दृश्य छायांकन दिएर चर्चा बटुलेकी नायिका पुजनाले आफूलाई जर्बजस्ती अश्लील दृश्य दिन लगाइएको भन्दै प्रचारमा साथ छोडकी छन् । ‘आफ्नो नग्न तस्बिर पोस्टरमा राखेको भन्दै पुजनाले हामीलाई चलचित्र प्रचारमा नसघाएकी निर्देशक गिरीले सुनाए ।
चलचित्रमा राजेश हमाल, पुजना स्त्री, अशोक फुयाल, सुशान्त कार्की, सारिका घिमिरेलगायतका कलाकारको अभिनय छ । पवन बस्नेतको निर्माणमा तयार भएको यस चलचित्रमा प्रकाश धितालको लेखन, अर्जुन पोखरेलको संगीत निर्देशन, रामेश्वर कार्कीको छायांकन छ । चलचित्र आगामी नौबाट देशभर प्रदर्शनमा आउने भएको छ । साभार : सौर्य दैनिक
मुम्बई : बलिउड अभिनेत्री कैट्रिना कैफको रोमान्स अब अभिनेता रणवीर कपुरसँग चल्ने भएको छ । कैट्रिनाको वास्तविक जीवनमै रणवीरसँग रोमान्स चल्न लागेको भने होइन । यी दुवैको रोमान्स चलचित्रको पर्दामा चल्ने भएको हो । ‘राजनीति’ र ‘अजब प्रेमकी गजब कहानी’ चलचित्रमा प्रेमीप्रेमिकाका रूपमा देखिएका यी जोडीका प्रेमप्रसंग समेटिएका यी दुवै चलचित्र व्यावसायिक हिसाबले सफल पनि मानिएको छ । लगातार दुई व्यावसायिक चलचित्र दिए पनि त्यसपछिका समय भने यो जोडी कुनै चलचित्रमा एकसाथ अभिनयमा देखिएन ।
पछिल्लो समय अलगअलग चलचित्रमा अभिनय गर्दै आएका यी दुवैलाई जोडीका रूपमा फेरि एकपटक रोमान्स गराउने आँट निर्माता इम्तियानले गर्न लागेका हुन् । उनले आफैँले निर्माण गर्न लागेको आगामी चलचित्रमा यी दुवैलाई अभिनय गराउने भएका छन् । इम्तिहानको चलचित्रमा पनि यो जोडी प्रेमीप्रेमिकाका रूपमा देखापर्दै छ । चलचित्रमा जोडीका रूपमा अभिनय गर्न सहमति पनि जनाइसकेका छन् । पछिल्लो समय पर्दा बाहिर पनि यी दुवैको प्रेमप्रसंगले चर्चा पाइरहेको छ तर दुवैले प्रेमप्रंसगलाई अफबाहको संज्ञा दिँदै आएका छन् । (एजेन्सी)स्रोत : सौर्य दैनिक
काठमाडौं, ३० फागुन । राजेश हमालकी ‘भूमिगत’ प्रेमिकाको तस्बिर एकाएक इन्टरनेटमा छ्याप्छ्याप्ती भएको छ । करिब ७ वर्षदेखि कलिउडका ‘महानायक’सित डेट गरिरहेकी मधु भट्टराई अहिलेसम्म मिडियाबाट छलिँदै आएकी थिइन् ।
नायक हमालको प्रेम प्रसंग लामो समयसम्म सञ्चारमाध्यमको गसिप बन्दै आएको थियो, तर उनकी प्रेमिकाको कुनै पत्तोअत्तो थिएन । आफ्नो प्रेमसम्बन्धको बखान गर्दै आए पनि हमालले प्रेमिकाको पहिचान लुकाएका थिए । विराटनगरकी स्थायी बासिन्दा मधु विगतमा मोडलिङमा सक्रिय रहेको खुलेको छ । यद्यपि, उनी अहिले स्नातक सकेर कामविहीन बसिरहेकी छिन् । उनले हालै एक साप्ताहिकलाई दिएको अन्तर्वार्तामा आफू ग्ल्यामर क्षेत्रमा नभएको बताएकी थिइन् ।
मधुले यसअघि विभिन्न सौन्दर्य प्रतियोगितामा भाग लिएको पाइएको छ । उनले सन् २००२ मा आयोजित मेघा मोडेल कन्टेस्ट र २००४ मा आयोजित लक्स ब्युटी स्टारमा प्रतिस्पर्धा गरेकीथिइन् । उनले मेघा मोडेल कन्टेस्टमा उनले फस्र्ट रनर अप र पब्लिक च्वाइस अबार्ड जितेकी थिइन् । लक्स ब्युटी स्टारको अन्तिम राउन्डमा राजेश हमाल निर्णायक बनेर पुगेका थिए । त्यहीँ उनीहरूको पहिलो भेट र परिचय भएको हो । प्रतियोगिताको टप ५ मा परेकी मधुको व्यक्तित्वबाट हमाल प्रभावित बने ।
कार्यक्रमपछि हमालको भिजिटिङ कार्ड लिएकी मधुले फोन तथा इमेलबाट सम्पर्क गर्न थालिन् । पहिलेदेखि नै हमालकी फ्यान रहेकी उनले अन्तत: प्रेमप्रस्ताव नै राखिन् । प्रस्ताव राखेको केही महिनापछि मात्र राजेशले ग्रिन सिग्नल दिएको बताइन्छ ।
हमालको उमेर मधुको भन्दा झन्डै दोब्बर छ । लक्स ब्युटी स्टार हुँदा मधुले भरेको आवेदन फारममा उमेर १८ वर्ष र शिक्षा प्लस टु उल्लेख छ । त्यस हिसाबले उनी अहिले २७ वर्षकी भइन् । यता, नेपाली विकिपेडियामा राखिएको सूचनाअनुसार हमालको उमेर ४९ वर्ष हो । (विकिपेडियाअनुसार हमालको जन्म मिति २७ जेठ २०२१ मंगलबार हो भने न्वारनको नाम बमबहादुर हो ।) यद्यपि, वास्तविक उमेर योभन्दा बढी भएको अनुमान गरिन्छ ।
मधु अन्तरजातीय बाबुआमाकी छोरी हुन् । त्यसैले थर भट्टराई भए पनि उनको अनुहार मंगोलियन छ मधुका बाबुको भने स्वर्गारोहण भइसकेको छ । उनको राशि धनु हो भने उचाइ पाँच फिट ६ इन्च । आफ्नो व्यक्तित्वको मुख्य आकर्षण आँखा भएको उनले आवेदन फर्ममा लेखेकी थिइन् । यस्तै, सपिङ आफ्नो सोख भएको उल्लेख गरेकी छिन् । आफूलाई कुनै सेलिब्रिटीसित साट्न पाए कोसित साट्नुहुन्छ भन्ने प्रश्नमा उनले जवाफ दिएकी छिन्, ‘जेनिफर लोपेज । किनकि उनी हट, सेक्सी र फेमस छिन् ।’
मधुले मोडलिङलाई एउटा अवसरका साथै मिडियासित अन्तरक्रिया गर्ने माध्यमका रूपमा व्याख्या गरेकी छिन् । आफूले चाहेको तर आफूसित नभएको चिजका रूपमा उनले ‘खुसी र गोपनीयताले भरिएको जिन्दगी’ बताएकी छिन् । आफ्नो आत्मविश्वासलाई नै उनले सेक्स अपिलका रूपमा प्रस्तुत गरेकी छिन् । छालाको स्याहारका लागि प्रशस्त पानी पिउने र कपालको स्याहारका लागि जैतुनको तेल प्रयोग गर्ने उनको भनाइ छ । आफूलाई मित्रवत्, मायालु र खुला हृदय भएको व्यक्तिका रूपमा अरूले चिन्ने मधुले बताएकी छिन् । मोडलिङ करिअरका क्रममा उनले साइबर संसार डट कमका लागि थुप्रै फोटो सुट गरेको पनि भेटिएको छ । साभार : सौर्य दैनिक
चर्चामा छाउन फिल्मकर्मीले ग्ल्यामरलाई भजाउने गरेका छन् । अभिनय तिखार्नुको सट्टा अंग प्रदर्शन गरेर वा अश्लील दृश्य दिएर चर्चा बटुल्न चाहनेको संख्या बढ्दो छ । खासगरी हलिउड र बलिउडमा देखिने यस्तो ‘ट्रेन्ड’ पछिल्लो समय कलिउडमा भित्रिएको छ । फिल्मी क्षेत्रमा आफ्नो राप र ताप सेलाउन नदिन ग्ल्यामरका नाममा अश्लीलताको सहारा लिने र सेक्स तथा बेड सिनमा रमाउने नायिकाले चौतर्फी चर्चा बटुल्न थालेको अवस्था अहिले विद्यमान छ ।
फिल्म रक्षामा उदारतापूर्वक अंग प्रदर्शन गरेकाले नायिका पुजना प्रधान अहिले चर्चामा छिन् । कथाले मागेभन्दा बढी दिनेसम्मकी उदार उनले फिल्ममा कपडा फुकालेकी छन् । नायक अशोक फुयालसँग उनको एउटा ‘हट बेड सिन’ छ । यसलाई नेपाली फिल्म क्षेत्रको अहिलेसम्मकै ‘हट सिन’ भनेर प्रचार गरिएको छ । फिल्म हिरोबाट अभिनयक्षेत्रमा प्रवेश गरेकी पुजनाले तिर्खा, पापी मान्छे, श्रीमान्लगायत आधादर्जन चलचित्रमा अभिनय गरिसकेकी छन् । अभिनयबाट ग्ल्यामर क्षेत्रमा छाप छोड्न नसकेपछि उनले अश्लीलताको साहारा लिइन् । पुजनाको अश्लीलताको सुरुआत भने यसअघि नै भइसकेको थियो । केही वर्षअघि तिर्खा चलचित्रमा उनले अश्लील दृश्य दिएकी थिइन् । तर, विविध कारणले गर्दा यसले पर्याप्त चर्चा बटुल्न सकेन । एभरेस्ट क्यासिनोमा नाच्दानाच्दै साइबर संसारबाट टुपिस फोटो सार्वजनिक गरेर पाएको चर्चाले उनलाई चलचित्र क्षेत्रमा प्रवेश गराएको थियो । तर, उनी भने आफूले अश्लीलता प्रदर्शन नगरेको र कथाले मागेजति ग्ल्यामर पस्किएको दाबी गर्छिन् । त्यसो त लुटमा आइटम डान्स गरेर चर्चामा छाएकी नायिका सुष्मा कार्की पनि अश्लीलताको उपयोग गर्न खप्पिस छिन् । चलचित्र बिन्दासमा उनले उत्तेजक दृश्य दिएकी छन् । चलचित्र प्रचारका क्रममा उनको सो दृश्यको भरपुर उपयोग गरियो र यही सिनले दर्शकलाई हलसम्म लतार्यो पनि । बिन्दासका अश्लील दृश्यको चर्चा सेलाउन नपाउँदै उनले हालै छायांकन सकिएको नोटबुकको आइटम गीतमा अश्लील नृत्य प्रस्तुत गरेकी छन् । नृत्य यतिसम्म अश्लील थियो कि सुष्माका प्रेमीले छायंकनमै अवरोध पुर्याउन खोजेका थिए । अहिले उनीसामु एक पछि अर्काे चलचित्र प्रस्तावको ओइरो लाग्न थालेको छ । दुलही मार्फत अभिनयमा प्रवेश गरेकी नायिका सुमिनाले दर्जनको हाराहारीमा चलचित्र अभिनय गरिसकेकी छन् । तर, कुनै चलचित्रमा पनि उनले अभिनयमार्फत कमाल देखाउन सकेकी छैनन् । पछिल्लोसमय उनी चलचित्र स्टारको ‘चोली भित्र के छ’ गीतमा भड्किलो रूपमा प्रस्तुत भएकी छन् । अश्लील दृश्य भरमार भएको सुमिनाको यो एक मात्र चलचित्र होइन । यसअघि उनले तिम्रो लागिमा दिव्येश्वर गौतमसँग बेडसिन दिएकी थिइन् ।
अश्लीलतालाई सहारा बनाउने नायिकामा जिया केसी, सविना कार्की र विनिता बराल पनि पर्छन् । निर्देशक दीपक श्रेष्ठको कृपाले जिया चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । निर्देशक श्रेष्ठसँग जोडिएको उनको नाम अहिले भुवन केसीसँग जोडिएको छ । निर्देशकको साथ पनि छुट्नु र अभिनय गरेको चलचित्रले सफलता पनि हात नपार्नु जियाका लागि ठूलो विडम्बना बनेको छ । त्यसैले उनी एटिएममा अश्लील ढंगले प्रस्तुत भइन् । चलचित्रले उनलाई चर्चा त दिलायो, साथै ‘ब्लू फिल्म’मा अभिनय गरेको भन्ने अतिरञ्जित आरोप पनि उनीमाथि लाग्यो । निर्देशक शोभित बस्नेतको चलचित्र दुलही रानीबाट अभिनयमा प्रवेश गरेकी सविनाले यसबाट खासै चर्चा पनि कमाउन सकिनन् । त्यसैले उनको दाउ कसरी चर्चा कमाउने भन्ने थियो । त्यसैले नजिकका पत्रकारमार्फत सिफारिस गराएर उनले एटिएम हात पारिन् र अश्लीलतामा उत्रिइन् । एटिएमले उनलाई सोचेभन्दा बढी चर्चा दिलायो । नायक दिनेश थापालाई फिल्मी सिनमा आफ्नो छाती मस्तसँग चलाउन उनले विनाहिचकिचाहट छोडिदिइन्, जुन सिनमाथि सेन्सर बोर्डले कैँची लगायो ।
विनिता बरालको चपली हाइट पनि अश्लील सिनमा कम थिएन । चलचित्र उनको अश्लील सिनका कारण सफल पनि भयो । अश्लील सिनबाट चर्चा बटुल्न सफल भएपछि उनको हातमा अर्काे चलचित्र पर्यो– फुलस्टप । तर, यसमा उनले न अभिनय क्षमता देखाउन सकिन् न त ग्ल्यामर नै । फुलस्टपपछि उनले कुनै चलचित्र हात पारिनन्, फुलस्टपले उनको अभिनयमा फुलस्टप नै लगायो । अहिले उनी चपली हाइटमा भन्दा पनि बढी अश्लील दृश्य दिएर चर्चामा आउने दाउमा छिन् ।
सोनिया केसी, शशि खड्का, सुजाता सिटौला, अरुणीमा लामा आदिलाई पनि यसै कोटीका अभिनेत्री मान्न सकिन्छ । ‘हट किस सिन’ दिएर सोनिया सिलसिलामार्फत फिल्मी क्षेत्रमा प्रवेश गरेकी हुन् । त्यही सिनका कारण चलचित्र सफल पनि भयो । त्यसपछि उनले अन्य फिल्ममा पनि हट सिन दिइन्, तर कुनैले पनि गतिलो छाप छोड्न सकेनन् । नायिका सुजाताले चलचित्र पलपलमामा अश्लील छवि देखाइन्, जसकारण चलचित्र सफल पनि भयो । चलचित्र निर्माण युनिटसँग विवाद बढेपछि उनको भागमा अर्को चलचित्र आएन । पलपलमै अश्लील दृश्य दिएर चर्चामा आएकी अर्की नायिका हुन्, शशि खड्का । सानै उमेरमा हदैसम्मको अश्लील सिन दिएको भन्दै उनले चर्चा बटुलिन् । त्यसपछि उनले चन्द्रावतीमा अभिनय गरिन् । चन्द्रावती पनि अश्लील दृश्यकै कारण चर्चामा छ । पहिलो चलचित्रमै अश्लीलतामा उत्रिएकी अर्की नायिका हुन्, सोनिया शर्मा । उनले पनि एटिएममा एक से एक अश्लील दृश्य दिएकी छन् । पहिलो चलचित्र भएकाले पनि हुनसक्छ, अंग प्रदर्शनको सवालमा उनी अन्य दुई नायिकाभन्दा ‘फरवार्ड’ देखिएकी छन् ।
नायिकाहरूको यस्तो प्रवृत्तिबारे निर्माता संघका अध्यक्ष राजकुमार राई भन्छन्, ‘कथाले मागोस्/ नमागोस्, ग्ल्यामरका नाममा अश्लीलता प्रदर्शन गर्दै चर्चा बटुल्ने ट्रेन्ड बढेको छ । फिल्मी क्षेत्रमा टिक्न र बिक्न यसले उनीहरूलाई मद्दत गरेको छ ।’ निर्देशक मदन घिमिरेका अनुसार अश्लील दृश्यले जम्न नसकेका नायिकालाई रातारात चर्चामा पुर्याएर एकपछि अर्को चलचित्र दिलाउन मद्दत पुर्याएको छ । सामग्री साभार : सौर्य दैनिक
प्रत्येक व्यक्तिको लागि सम्भोग गोपनीय र निजी कुरा हो । प्रत्येकको सम्भोगमा आ–आफ्नै अनुभव र तरिका पनि हुन्छन् । तर पनि सामान्यतया सम्भोग चरम सुख प्राप्त गर्न केही ध्यान पु¥याउनु पर्छ । सम्भोग क्रिया थाल्नु भन्दा पहिले वातावरणमा विशेष ध्यान दिनुपर्छ । मधुरो उज्यालो, मधुर संगीत, सफा र चहकिलो कोठाले वातावरणलाई रमणीय तुल्याउन मद्दत पु¥याउँछ । सम्भोगक्रिया थाल्नुअघि नहाउने, दाँत माझ्ने एवम् उपयुक्त लुगा लगाउनु राम्रो मानिन्छ । सम्भोग क्रियामा स्पर्शको भाषा बढी प्रभावकारी हुन्छ । आफ्नो यौन साथीलाई कामोत्तेजित पार्न हातका औंला र जिब्रोको स्पर्शको सहारा लिनु बढी प्रभावकारी हुन्छ । औंलाले अनुहारमा, गर्दनमा र कानको पछाडि बिस्तारै स्पर्श गरेमा कामोत्तेजना बढ्छ । साथै बिस्तारै जिब्रोले मुखमा चुम्बन गर्दै गर्दनको पछाडि एवम् कानको लोतीमा स्पर्श गर्दै अगाडि बढ्नु पर्छ । यसले पनि कामोत्तेजना बढ्छ ।
सम्भोगक्रिया थाल्नुभन्दा पहिला बीचबीचमा स्नेहगर्दै यौन साथीलाई मीठो बोलीले तारिफ गर्नुपर्छ । सुस्तसुस्त जुन अङ्गमा स्पर्श गर्दा कामोत्तेजना हुन्छ, त्यही अंगमा बढी स्पर्शगरी सम्भोगक्रियालाई अगाडि बढाउँदै लैजानु पर्छ । सम्भोगरत हुँदा दुवै जना उत्तिकै उत्साहित हुनुपर्छ । दुई मध्ये एक जनाले चासो नलिएमा सम्भोग क्रिया शिथिल एवम् निर्जीव हुन्छ ।
आफ्नो यौन साथीको बिचार बुझेर त्यसलाई सम्मानगरी सकेसम्म प्राथमिकता दिने भावनाले सम्भोगक्रिया अगाडि बढाउन सकेमा सदैव सुखद हुन्छ, आनन्दित हुन्छ । यस्तो सम्भोगबाट चरम आनन्द पनि प्राप्त हुन्छ । यस्तो स्थितिमा दुई शरीर एक हुने मात्र होइन कि दुई आत्माको मिलन पनि हुन्छ । सम्भोग शुरुगर्नु अघि सदैव यसका सीमा, मर्यादा र नैतिक मान्यताहरुमा ध्यान दिनुपर्छ । किनकी सामाजिक र नैतिक मान्यताविरुद्ध हुन गएको सम्भोगबाट आनन्द प्राप्त गर्नुको सट्टा जिन्दगीभरी कलंकित भएर परिवार र समाजमा तिरस्कृत हुनुको साथै कानूनी दृष्टिले अपराधी समेत ठहरिन्छ ।
प्रशिक्षण : नृत्य र अभिनय लक्ष्य : चर्चित मोडल बन्ने रुचि : साथीभाइसँग घुम्ने, पत्रपत्रिका पढ्ने मन पर्ने पहिरन : सारी, कुर्ता–सुरुवाल, हाफपाइन्ट सुहाउने पहिरन : साडी, वान पिस मोबाइल सेट : नोकिया मन पर्ने ठाउँ : मनाङ, पोखरा र चितवन मन पर्ने खाना : चाइनिज खाना, थकाली खाना ल्यापटप : डेल धारणा : आकर्षक देखाउनु नै ग्ल्यामर सेक्स : जिन्दगीको रमाइलो अनुभव ड्रिमब्वाई : आफूलाई बुझ्ने, माया गर्ने, हयान्डसम नायक–नायिका : राजबल्लभ कोइराला र करिस्मा मानन्धर गायक–गायिका : अनिल सिंह र नलिना चित्रकार
मुम्बई, माघ १७ (एजेन्सी) - नेपाली भाषामा 'कोलाभेरी डी' गाउँदै युट्युबमा रिलिज गर्ने भारतीय नायिका उदिता गोस्वामीले निर्देशक मोहित सुरीसँग बिहे गरेकी छिन्। मंगलबार भएको परम्परागत पञ्जाबी विवाह समारोह नजिकका साथी र फिल्म क्षेत्रमा व्यक्तिहरु उपस्थित थिए।
बलिउड सेलिब्रिटी दिया मिर्जा, कंगना रनौट, महेश भट्ट, अनुराग बासु, ज्याक्वेलिन फर्नान्डिज, विक्रम भट्ट, श्रद्धा कपूर समारोहमा उपस्थित थिए।
जोडीले बिहेको रिसेप्सन जनवरी ३१ मा दिँदैछन्।उदिताकी आमा भारतको मेघालयको सिलोङ्की हुन्। सन् २००३ मा पाप फिल्मबाट उनले बलिउडमा फिल्म यात्रा सुरु गरेकी हुन्। फिल्ममा जोन अब्राहमसँगको बोल्ड सिनले निकै चर्चा पाएको थियो। जहर र अक्सर उनका चर्चित फिल्महरु हुन्।
स्रोत : नागरिक न्युज
एजेन्सी, माघ १७ । भारतीय किंगफिशर मोडल पाण्डे चर्चामा रहन अनेक हरकत अपनाउँदै आएकी छिन् । विभिन्न बाहानामा कपडा उतारेर पूनमले यसअघि नै आफ्नो मादक जवानी देखाउन कुनै कसर बाँकी राखेकी छैन ।
पछिल्लो समयमा पूनम आफ्नो पहिलो बलिउड फिल्म ‘नशा’का कुराहरु निरन्तर आफ्ना सामाजिक सञ्जालमा राख्दै आएकी छिन् । त्यस्तै नशासँग सम्बन्धित तस्वीरहरु पनि पूनमले सार्वजनिक गर्दै आएकी छिन् ।
नशा निकै ‘बोल्ड’ भएको बताउँदै आएकी पूनमले आफ्नो पहिलो फिल्मलाई व्यापक प्रचार–प्रसार गर्न दत्तचित्त भएर लागेकी देखिन्छ, उनको पछिल्ला हरकतहरुले ।
हालैमा पूनमले आफ्नो ट्वीटरमा केही फोटो पोस्ट गरेकी छिन्, जसमा उनलाई केही सोचिरहेको जस्तो देखिन्छ । तथापी फोटो खिचेर चर्चा बटुल्ने उनको यो नयाँ काइदा भएझैं लाग्छ, फोटो हेर्दा ।
पूनमको फिल्म नशाको मिति अहिलेसम्म खुलिसकेको छैन । पूनमले भने निरन्तर आफ्नो फिल्मको अघोषित प्रचार–प्रसार भने जारी राखेकी छिन् । पूनमले आफ्नो फिल्म ‘बोल्ड’ भएपनि ‘पोर्न’ भने नभएको बताएकी भारतीय सञ्चारमाध्यमले जनाएको छ । यसका साथै पूनमले आफ्नो फिल्मका लागि ६ किलो तौल बढाएकी समेत उल्लेख गरिएको छ । स्रोत : ईमेज च्यानल
त्रिलोचन कोइराला /युएई - ताकी ताका तानी ........ताकी ताका तानी इकु ...इकु भन्दै जंगली मान्छे बन्ने नेपाली चलचित्रका चर्चित कलाकार शंखर सुलेकमान एतिबेला युएईको बिभिन्न शहरमा प्रवासि नेपालीहरूलाई सांगितिक कार्याक्रमका साथ इकु-२ प्रदर्शन गर्दै मनोरन्जनात्मक कोसेली दिइरहेका छन ।
दुइ महिना देखी युएइको विभिन्न शहरहरुमा आफ्नु चलचित्र इकु भाग-२ प्रवासि नेपालीहरुलाई आफ्नु कलाकारिताको धमाका देखाइरहेका सुलेकमानले रोयस , शाहारजा, अल्लियान ,दुबाई लगाएतको स्थानमा सफल प्रदर्शन पछी अबुधावीको केरला सोसाइटीमा आगामी फेब्रुवरी १ तारिक गरीने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको उनका सहयोगीहरुले बताएका छन ।
युएइका चर्चित कलाकारहरु आशिष पुरुष ,तृष्ण लामा , रेखा घिमिरे ,रबिन ,कुशल लगाएतको बिशेष प्रस्तुती रहने मनोरञ्जनात्मका कार्यक्रममा शंखरले इकुजंगली मान्छेको भूमिकामा लाइफ प्रदर्शन बिशेष आर्कषण रहने आयोजकले बताएका छन ।
अपरान्ह तिन बजे देखि साझ सात बजेसम्म संचालन हुने कार्याक्रम पहिलो चरणमा सांगितिक कार्यक्रम तथा दोस्रो चरणमा इकु २ मञ्चन गरीने भएको छ । कार्यक्रममा सहभागी हुन तथा नेपाली कला सस्कृतिलाईमाया गर्ने सम्पूर्ण प्रवासि नेपालीहरुलाई उपस्थिति भईदिन कलाकार सुलेकमान संखरले आग्रह गरेका छन ।
लालबहादुर ढेंगा, दुबई, युएई-दुबई । नेपाल टेलिभिजनमा प्रशारण हुने मेरी बास्सैमा आउने लोकप्रिय फिल्म “ईकु” को भाग २ विविध सांस्कृतिक कार्यक्रमका साथ प्रदर्शन गरेका छन् । सो सांस्कृतिक कार्यक्रम तथा फिल्मको प्रदर्शन गत २५ जनवरी शुक्रबारका दिन दुबईको एभरेष्ट होटलमा गरेको हो ।
अतिथि कलाकार सुलेमान शंकरको प्रमुख आतिथ्यता, विभिन्न संघ संस्थाका प्रतिनिधि र पत्रकारहरु अतिथि रहेको सांस्कृतिक कार्यक्रम तथा फिल्मको प्रदर्शनलाई दुई चरणमा विभाजित गरिएको थियो । जसमा पहिलो चरणको सांस्कृतिक कार्यक्रमलाई स्थानीय चर्चित मोडल आशिष पुरुषले संचालन गरेको थियो ।
पहिलो चरणको सांस्कृतिक कार्यक्रम अन्तर्गत “जाग लम्क चम्क हे नेपाली” भन्ने राष्ट्रिय गीतमा कुशल र रविनको नृत्य निकै सान्धर्भिक लाग्दथ्यो भने “सिम्पल सिम्पल कान्छीको डिम्पल जस्तो गाला” गीतमा रविन र त्रृश्न लामाको युगल जोडीको नृत्यले दर्शकहरुलाई भरपूर मनोरञ्जन दिएको थियो । त्यस्तैगरी “यहां पिउने र पिलाउनेको क्या बडनामी भो” खेमराज घिमिरेद्धारा गाएको गीतमा सबै जना झुमेको जस्तै देखिन्थ्यो । अतिथि कलाकार सुलेमान शंकरको हांस्य व्यङ्गका प्रस्तुतिहरु पनि रमाइलो भएको थियो ।
सुलेमान शंकरद्धारा निर्मित “ईकु” मा आफै निर्माता सुलेमान शंकरले एउटा जंगली जीवन शैलीमा बिताएका मनुष्यको भूमिका निर्वाह गरेका छन् । जंगलको बिचौबीचमा आफ्नो बस्ती बनाएर बसेका राउतेहरुको जीवन शैलीहरुमा आधारित फिल्मले एक्काइसौ शताप्दीमा परिवर्तन भएको सहरी जीवन र जंगलको जीवनी शैलीको भिन्ततालाई दर्शाएको पाइन्छ ।
आगामी १ फेब्रुअरी शुक्रबारका दिन युएईको राजधानी अबुधावीको केरला सोसियल सेन्टरमा पनि यस्तैगरी विविध सांस्कृतिक कार्यक्रमका साथ “ईकु” भाग २ प्रदर्शन हुने भएको छ । सो अवसरमा पनि युएईमा रहेका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई यसै समाचारको आधारमा उपस्थित हुनको लागि आग्रह समेत गरेको छ ।
नेपाल मा रहेका अनाथ , असहाय बाल बालिकाको सहयोगार्थ दोहा सिनेमा हल कतारमा नेपाली कथानक चलचित्र "माइ ब्रदर" (मेरो भाई ) प्रदर्शनमा आउने भएकोछ । नेपालको विभिन्न ठाउदेखि दोहा कतारमा काम गर्दै आएका एक युवा
समुहले बिदेशी भूमिमा पसिना बगाएर पनि नेपाल र नेपालीहरुको हीतको लागि सामाजिक कार्य गर्दै आएकाछन ।
सो युवा समुहलेनै अनाथ बाल बालिकाको सहयोगार्थ फेब्रेवारी १५ मा नेपाली पारिवारिक चलचित्र " माइ ब्रदर "परदर्शन गर्न थालेकाहुन, बाल मनोविज्ञानमा आधारित चलचित्रले अनाथ बाल बालिकाको बिसयलाई मर्म स्पर्शी तरिकाले प्रस्तुत गरेकोछ । फेब्रुअरी १५ मा दोहामा शो गर्न थालिएको चलचित्रको अहिले दोहा कतारमा युवाहरु तिब्र प्रचारप्रसारमा जुटेकाछन । मोफसलको रिलिज पछि दर्शक को राम्रो साथ् पाएको "माइ ब्रदर" ले राजधानीमा रहेको कुमारी हल मा चरिटी शो गरेको थियो उक्त शो मा पनि चलचित्रले दर्शकको अत्यन्तै राम्रो प्रतिक्रिया पाएको थियो सुमिना घिमिरे, लक्की दीपक, रमेश बुढाथोकी , जीवल लुइँटेल, बिमल गिरि , अन्जु थापा, र बाल कलाकारको शसक्त भूमिका रहेको चलचित्रको लेखन निर्देशन बिष्णु भट्टराई ले गरेका हुन्, मैना भण्डारी, सरु भट्टराई को निर्माण रहेको चलचित्रमा गोपाल भण्डारी कार्यकारी निर्माता हुन् भने सह निर्माता
रामचन्द्र भट्टराई रहेकाछन । अस्ट महर्जन को द्वन्द , बिरेन्द्र भट्ट को छायांकन रहेकोछ , विदेशको विभिन्न देशमा पर्दर्शन गर्न थालिएको चलचित्रलाई कतारमा भने - ज्ञान राज शाही, इन्द्र गुरुङ, सन्तोष गुरुङ,दीपेन्द्र लामिछाने र गोपाल रोक को प्रयासमा प्रदर्शन गर्न थालिएको हो।
काठमाडौँ को कुमारी हलमा चलचित्र " माइ ब्रदर" हेरी सकेपछि दर्शकको प्रतिक्रिया ,,,,,
जापान,लामो समयदेखि जापान बस्दै आनुभयको लोकगायक तथा फिल्म निर्माता महेन्द्र प्रसाद साप्कोटाले झट्टै एउटा नयाँ लोकगिती एल्बम ‘‘दिलचो¥यो कालिले ”बजारमा ल्यउन आँट्नु भयको छ । शब्द सङ्कलन चन्द्रमणि कडेल र लय रबि सप्कोटाको रहेको उक्त एल्बमा स्वर महेन्द्र प्रसाद सप्कोटा र शर्मीला गुरुङ्गको रहेका छ । उक्त एल्वमको एउटा म्युजिक भिडियो जापानम सुटिङ्ग हुँदैछ । तथा बि साईडको सुटिङ्ग नेपालमानै हुनेछ । जसमा महेन्द्र प्रसाद साप्कोटा र सरु ल्मिछानेले अभिनय गर्नेछन ।
‘‘भन कता जाउँ, चिठि, आउँदैन,” जस्ता एकदर्जनभन्दा बढि गितहरु पस्किसक्नुभयको साप्कोटाले हाल जापनमा बस्दै आयका नेपालिहरुको कथा ब्याथामा आधारित ‘‘नेपालि मन” नामक फिल्म पनि बनाउँदै हुनुहुन्छ । जापनमा बसेका नेपालिहरुलाई समेटेर गोर्खालि आवाज नामक कार्यक्रम टेलिभिजनमा छिट्टै ल्याउने तयारि पनि गरिरहेको बताउनुभयको छ ।
कलाकारिता सँगै ब्यपार पनि गर्दै आउनुभयको साप्कोटले साहुनी र यिबोग जस्ता टेलिफिल्महरु निर्माण गरिसक्नुभयको छ । जापानको टेकियोमा नेपालि जमघट बजार सञ्चालन गर्दै आउनुभयको सप्कोटा झण्डै दुई बर्स पछाडि सङ्गित बजारमा आउन लाग्नुभयको हो ।
मिस मंगोल २०११ को उपाधि मेरो पोल्टामा परेपछि केही चर्चासँगै मैले फ्यानहरूको साथ पनि राम्रै पाएकी छु । कार्यक्रमहरूमा खासै सहभागी नभए पनि मैले फेसबुकबाट भने फ्यानहरूसँग मिल्ने अवसर निरन्तर पाइरहेकी छु ।
मैले अहिलेसम्म पाएका फ्यान विशेष गरेर सकारात्मक सोच भएका मात्र पाएकी छु भन्दा हुन्छ । मेरो जन्मदिनको अवसरमा मेरा फ्यानहरूले फेसबुक वाल र फ्यान पेजमा धेरै म्यासेज पठाइरहेका हुन्छन् । मलाई कत्ति फ्यानहरूले त भेटेरै ‘विस’ गर्न खोजिरहका हुन्छन् । तर, त्यस्ता मलाई प्रत्यक्ष भेट्न खोज्ने धेरैजना फ्यानहरूको प्रस्तावमा चाहिँ म सहमति जनाउँदिन ।
भ्यालेन्टाइन डे को दिन फ्यानहरूका लागि निकै विशेष रहेको मैले अनुभूत गरेकी छु । फ्यानहरूमध्ये मलाई दश प्रतिशत जतिले त प्रेम प्रस्ताव नै राखेका छन् । धेरै केटा फ्यानहरू फेसबुकमा म्यासेज लेख्दै मैले कसैलाई प्रपोज गरेको थिएँ र सफल पनि भयो भनेर म्यासेज पठाइरहेका हुन्छन् । मलाई प्रेम प्रस्ताव राख्ने फ्यानहरू पनि नराम्रोचाहिँ होइनन् । मेरो करियर र मेरो ट्यालेन्टको खुबै प्रशंसा गर्छन् । फ्यानहरू मेरा सकारात्मक र नकारात्मक दुवै पक्षबारे कमेन्ट गर्छन् । मेरा केही कमी–कमजोरीलाई फेसबुकमा कहिलेकाहीँ एक–दुईजना फ्यानले औँल्याई दिएका पनि छन् । मलाई अझ बढी मेरा फ्यानहरूले मेरो भलाइका लागि यसरी नै मेरा कमी–कमजोरीहरू औँलाईदिए हुन्थ्यो भन्ने लागिरहन्छ ।
रमाइलो प्रसंग पनि छ । म ‘मिस मंगोल’ भएपछि मेरो ट्यालेन्टको प्रशंसा गर्नेहरू निकै पाएकी थिए । उनिहरू अहिलेसम्म पनि मलाई जुनसुकै कार्य गर्दा सल्लाह दिन्छन् । ‘मिस मंगोल २०१२’ का प्रतियोगीहरूलाई काठमाडांैमै ओरियन्टेसन क्लास दिन गएको बेला मेरो प्रतियोगिताका सहभागी फ्यानहरूसँग मिल्ने मौका पाएकी थिएँ । उनीहरू मलाई देख्ने बित्तिकै एकदम एक्साइटेड पनि भएका थिए । मैले सो स्टेजमै पहिलोचोटि फ्यानको क्रेज देखेकी र अनुभूत पनि गरेकी थिएँ ।
प्रतियोगितामा आउने सम्पूर्ण प्रतियोगीले मेरो खुबी र प्रतिभाले प्रभावित भएकैले मिस मंगोल प्रतियोगितामा पनि सहभागी भएको बताएका थिए । मेरा बारेमा प्राय: सबै कन्टेन्स्टेन्टहरू जानकार रहेछन् । उनीहरूले मलाई नजिकबाट नियालिरहेका रहेछन् । मैले यतिका फ्यानहरू पाउँछु भन्ने सोचेको थिइनँ । मिस मंगोलको उपाधि जितिसकेपछि सीमित वृत्तमा मात्र परिचित मलाई फ्यानहरूको माया र सद्भावले यस क्षेत्रमा सक्रिय बनाइरहेको छ ।
मैले अहिलेसम्म पाएका फ्यानहरू सबै आपैँmमा सक्षम र सवल भएकाले महत्त्वपूर्ण छन् । तैपनि, एकजनाको नाम लिन पर्दाचाहिँ मिस मंगोल २०१२ की फस्ट रनरअप नुमा काङ्दाङ्वाको नाम लिन चाहन्छु । उनले मेरो प्रस्तुति देखेपछि फ्यान बनेर मिस मंगोलमा पार्टिसिपेन्ट हुन पाएकी रहिछिन् । उनी आपैँmमा पनि ट्यालेन्टेड छिन्, मैले उनलाई एकजना महत्त्वपूर्ण फ्यानको रूपमा लिएकी हँु ।
आफूले अहिलेसम्म पाएका फ्यानहरूका लागि एक शब्दमा भन्नु पर्दा उनीहरू मेरा लागि ‘ब्लेसिङ’ हुन् भन्न चाहान्छु ।
प्रस्तुति : विशाल राई
साभार : सौर्य दैनिक
मुम्बई । चर्चामा कसरी जान सकिन्छ भन्ने कुरा भारतीय चलचित्रकी नायिका शर्लिन चोपडासँग सिक्नुपर्ने बलिउडमा खबै चर्चा हुन थालेको छ । उनले चर्चा पाउन आफूद्वारा अभिनित चलचित्रको नाङगो सिनसहितको भिडियो सार्वजनिक गरेकी छन् ।
यसै क्रममा हालै उनीद्वारा अभिनित भारतीय चलचित्र ‘कामसूत्र’ थ्री डी नामक चलचित्रका लागि नाङगा तस्विर खिचाएकी छन् । तस्विर खिचाउने क्रममा लिईएको सम्पादन नगरिएको भिडियो पनि हालै इंटरनेटमा राखिएको छ ।
यस चलचित्रलाई लिएर भारतीय समाचार माध्यमहरुमा विभिन्न समाचार प्रकाशित भएका छन् । भारतीय चलचित्र क्षेत्रमा नायिकाले यति हद सम्म बोल्डसिनमा फोटो खिचाएको यो नै पहिलो रहेको भारतीय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् ।
शर्लिनको सो भिडियो इंटरनेटमा राखिएको चौबीस घण्टा भित्रै लाखौंले हेरेका छन् । ‘कामसूत्र’ थ्री डी रूपेश पाँलको छिट्टै रिलीजको तयारीमा रहेको अन्तराष्ट्रिय स्तरको फिल्म हो । यसलाई भारत र अमेरिकनहरुले निर्माण गरेका हुन् । –शर्लिन चोपडाका भिडियो हेर्न तल राखिएका लिंकलाई क्लीक गर्नुस्
जन्म स्थान : भारतको राँची, हाल तुलसीपुर दाङ प्रशिक्षण : नृत्य, अभिनय, अभिनीत चलचित्र : डर्टी लभ, प्लेगर्ल लक्ष्य : चर्चित नायिका बन्ने रुचि : साथीभाइसँग घुम्ने, पत्रपत्रिका पढ्ने, टिभी हेर्ने मनपर्ने पहिरन : सारी, कुर्तासुरुवाल सुहाउने पहिरन : साडी, वान पिस मोबाइल सेट : नोकिया मनपर्ने ठाउँ : पोखरा, जोमसोङ, लुम्बिनी मनपर्ने खाना : नेपाली खाना, म:म: र रोटीतरकारी ल्याबटप : सामसुङ ग्ल्यामर : आकर्षक देखाउनु नै ग्ल्यामर हो सेक्स : प्रकृतिले दिएको उपहार, जिन्दगीको रमाइलो अनुभव ड्रिम ब्वाय : आफूलाई बुझ्ने, माया गर्ने, ह्यान्डसम नायक—नायिका : आर्यन सिग्देल र करिस्मा मानन्धर गायक—गायिका : स्वरूपराज आचार्य र तारादेवी जिन्दगी : एउटा रमाइलो भोगाइ अर्थात् सुखदु:खको संगम
साभार : सौर्य दैनिक
एजेन्सी, माघ ३ । मानिसहरु चर्चा बटुल्न के–के मात्रै गर्न पछि पर्दैनन् । भारतमा केही दिनअघि मात्रै यसपटकको विजेता चुनिएको रियालिटी टिभी शो विगवोसको मूल कार्यक्रम ‘बिग ब्रदर’मा एक सहभागीले चर्चाका लागि एक गज्जबको तरिका अपनाएकी छिन् ।
बेलायती रियालिटी शो बिग ब्रदरकी सहभागी मोडल ल्यान्सी ब्यान्हार्डलाई कार्यक्रमका दौरान न्यूड देखियो, त्यो पनि टेलिभिजनमा कार्यक्रम प्रत्यक्ष प्रशारण भईरहेका समयमा ।
२१ वर्षीया मोडल ल्यान्सी बाथरुमबाट नुहाएर बाहिर आईरहेकी थिइन् । जुन दृष्य टेलिभिजनमा प्रत्यक्ष प्रशारण भईरहेको थियो । तर, ल्यान्सीको शरीरमा कुनै कपडा थिएन, उनी बिल्कुल नांगो थिइन् ।
ल्यान्सीले आफूले तौलिया ओढ्न विर्से जस्तो गरेपनि केहीले भने यो जानिबुझी गरिएको आरोप लगाएका छन् । आरोप लगाउनेहरुले आफ्ना प्रशंसकसँग बढि भन्दा बढि भोट पाउन र शोमा टिकीरहन ल्यान्सीले त्यस्तो हतकण्ठा अपनाएको बताएको जनाइएको छ ।स्रोत :ईमेज च्यानल
नायिका प्रियंका चोपडा र नायक साहरुख खानको सम्वन्धको समाचारले सन् २०१२ निक्कै तात्यो । साहरुख र प्रियंका बिच प्रेमसम्वन्धका खबरहरु पनि आए । अर्कोतिर प्रियंकाले साहरुखलाई छोडेर सलमान खानसँग मित्रता गाँस्न खोजेको समाचारले पनि बजार तात्यो ।
साहरुख र प्रियंकाको सम्वन्धमा खटपट भएको खवरले बजार तातिरहेको समयमा यि दुईबिचको रोमान्सको समाचारले पुनः बलिउड गर्माएको छ । शनिबार बेलुकी सम्पन्न स्त्रिmन अवार्डसमा साहरुख र प्रियंकाले गोप्य रुपमा भेट गरेका छन् । भारतिय संचारमाध्यमका अनुसार साहरुखको निजी भ्यान भित्र प्रियंकाले १ घन्टा बिताएकी थिईन् । पत्नि गौरी खानसँगै अवार्डमा आएका साहरुखलाई सुरुवातमा गौरीका कारण प्रियंकालाई भेट्न अप्ठ्यारो परेको थियो । तर कार्यक्रमको बिचमा गौरी कार्यक्रम स्थलबाट हिडेपछि साहरुख र प्रियंकाको मस्ती चलेको हो । अवार्ड कार्यक्रम सकिन केही समय बाँकी रहदाको समयमा साहरुखको भ्यान भित्र प्रियंका छिरेकी हुन् ।
साहरुख र प्रियंकासँगै भ्यानभित्र नायिका दिपिका पादुकोण, नायक रणबिर सिंह पनि रहेको भारतिय संचारमाध्यमले जनाएका छन् । यि चार जना १ घन्टा उक्त भ्यान भित्र बसेका थिए ।
स्त्रिmन अवार्डमा नायिका प्रियंका चोपडा र नायक साहरुख खानले सँगै विभिन्न प्रस्तुती पनि राखेका थिए । उक्त समयमा नायिका चोपडाले साहरुखलाई चुम्बन समेत गरेकी थिईन् । साहरुख र प्रियंकाको सम्वन्ध गौरी खानका कारण टुटेको समाचार बाहिर आइरहेको समयमा यो घटनाले उनीहरु अझै एकअर्काको निकट रहेको पुष्टि गर्दछ ।ऑनलाइन खबर बाट