पूनमको ‘नशा’–पोर्न नभएर , बोल्ड मात्रै !
एजेन्सी, माघ १७ । भारतीय किंगफिशर मोडल पाण्डे चर्चामा रहन अनेक हरकत अपनाउँदै आएकी छिन् । विभिन्न बाहानामा कपडा उतारेर पूनमले यसअघि नै आफ्नो मादक जवानी देखाउन कुनै कसर बाँकी राखेकी छैन ।पछिल्लो समयमा पूनम आफ्नो पहिलो बलिउड फिल्म ‘नशा’का कुराहरु निरन्तर आफ्ना सामाजिक सञ्जालमा राख्दै आएकी छिन् । त्यस्तै नशासँग सम्बन्धित तस्वीरहरु पनि पूनमले सार्वजनिक गर्दै आएकी छिन् ।
नशा निकै ‘बोल्ड’ भएको बताउँदै आएकी पूनमले आफ्नो पहिलो फिल्मलाई व्यापक प्रचार–प्रसार गर्न दत्तचित्त भएर लागेकी देखिन्छ, उनको पछिल्ला हरकतहरुले ।
हालैमा पूनमले आफ्नो ट्वीटरमा केही फोटो पोस्ट गरेकी छिन्, जसमा उनलाई केही सोचिरहेको जस्तो देखिन्छ । तथापी फोटो खिचेर चर्चा बटुल्ने उनको यो नयाँ काइदा भएझैं लाग्छ, फोटो हेर्दा ।
पूनमको फिल्म नशाको मिति अहिलेसम्म खुलिसकेको छैन । पूनमले भने निरन्तर आफ्नो फिल्मको अघोषित प्रचार–प्रसार भने जारी राखेकी छिन् । पूनमले आफ्नो फिल्म ‘बोल्ड’ भएपनि ‘पोर्न’ भने नभएको बताएकी भारतीय सञ्चारमाध्यमले जनाएको छ । यसका साथै पूनमले आफ्नो फिल्मका लागि ६ किलो तौल बढाएकी समेत उल्लेख गरिएको छ । स्रोत : ईमेज च्यानल
