काठमाडौंको बालाजुमा भएको सवारी दुर्घटनामा एकको मृत्यु
काठमाडौं, माघ १८ । काठमाडौंको बालाजुमा आज विहानै भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । घटनामा पाँच जना घाइते भएका छन् ।
मृत्यु हुने दोलखा घर भएका नेपाली सेनाका परिचर नारायण खत्री हुन् । काठमाडौंको गैरीधारामा रहेको माउन्ट ग्लोरी स्कूलको बा १ क ४३३९ नम्बरको बसले साईकल यात्री खत्रीलाई ठक्कर दिएको थियो । उनलाई उपचारको लागि जनमैत्री अस्पतालमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो । साईकल यात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित भएको बसले अन्य पाँच जना पैदल यात्रीलाई ठक्कर दिएको थियो । पाचैजनाको जनमैत्री अस्पताल बालाजुमा उपचार भइरहेको छ । प्रहरीले चालक र बसलाई नियन्त्रणमा लिएको छ ।स्रोत : ईमेज च्यानल
Posted by Butwalonline
on 8:14 AM. Filed under
National News,
News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response