बाबुको यौनसम्पर्कको प्रस्ताव नमान्दा छोरी घर निकाला
सप्तरी माघ १८ -आफ्नै जन्मदाता बाबुले राखेको यौनसम्पर्कको प्रस्ताव नमान्दा घरबाट निकालिएकी सप्तरीकी एक युवती न्यायको खोजीमा छिन् ।
सप्तरी टिकुलिया २ कि २० बर्षकी युवती घरबाट निकालिएकी हुन् । रक्सीको लतमा लागेका ५० बर्षका बाबु शिवशंकर शाहले पटक पटक शारीरिक सम्बन्ध कायम गर्न दिएको दवाव प्रतिकार गर्दा कुटपिट गर्दै घरबाट निकालेको उनको गुनासो छ । उनी मंगलबार न्याय खोज्दै सदरमुकाम राजविराज पुगेको खबर अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
उनका अनुसार आमा ईश्वरीवती माइत गएको मौकाछोपी बाबु रक्सीले मातेर आउने तथा कोठामा पसेर सहवास गर्न दवाव दिने गरेका थिए । ‘अस्वीकार गर्दा अप्राकृतिक यौन सम्बन्ध भए पनि गर्नुपर्ने दवाव दिन्थे, त्यो पनि नमानेपछि कुटपिट गर्थे,’ उनले भनिन्, ‘एक दिन त आमा माइत गएको मौकाछोपी बुबा दिउँसो घर आएर लुगा च्यात्दै शारीरिक सम्बन्ध कायम गर्न खोजे । म चिच्याउन थालेपछि तीनचार झापड हिर्काएर अर्को कोठामा सुत्न गए ।’ यसबारे आमालाई जानकारी दिएपछि बुबा र आमाबीच निकै झगडा परेको उनले सुनाईन् । ‘बुबाले तँ बुँढी यो झमेलामा नपर भन्दै आमालाई मरणासन्न हुनेगरी कुटे, त्यसपछि आमाले पनि डरले केही भन्नुभएन, चुपचाप सहेर बस्नुभयो ।’
लोकलाज र डरका कारण अत्याचार सहँदै आएकी ती युवती ठूलाबा रामलखनको सहयोग पाएपछि साहस गरेर न्याय खोज्न सदरमुकाम आइपुगेकी हुन् । उनले भनिन् ‘लगातारको प्रयास असफल भएपछि बुबाले कुटेर घरबाट निकालिदिए, ६ महिनादेखि ठूला बुबाको घरमा बसेकी छु ।’ उनले सञ्चारकर्मीसँग आग्रह गरिन् ‘मलाई त्यो घरमा र्फकनु छैन्, आमा र मलाई शान्तिपूर्ण रुपमा बस्ने वातावरण बनाईदिनुस् ।’स्रोत : ओनलाइन खबर