कैट्रिनाको रोमान्स रणवीर कपुरसँग
मुम्बई : बलिउड अभिनेत्री कैट्रिना कैफको रोमान्स अब अभिनेता रणवीर कपुरसँग चल्ने भएको छ । कैट्रिनाको वास्तविक जीवनमै रणवीरसँग रोमान्स चल्न लागेको भने होइन । यी दुवैको रोमान्स चलचित्रको पर्दामा चल्ने भएको हो । ‘राजनीति’ र ‘अजब प्रेमकी गजब कहानी’ चलचित्रमा प्रेमीप्रेमिकाका रूपमा देखिएका यी जोडीका प्रेमप्रसंग समेटिएका यी दुवै चलचित्र व्यावसायिक हिसाबले सफल पनि मानिएको छ । लगातार दुई व्यावसायिक चलचित्र दिए पनि त्यसपछिका समय भने यो जोडी कुनै चलचित्रमा एकसाथ अभिनयमा देखिएन ।पछिल्लो समय अलगअलग चलचित्रमा अभिनय गर्दै आएका यी दुवैलाई जोडीका रूपमा फेरि एकपटक रोमान्स गराउने आँट निर्माता इम्तियानले गर्न लागेका हुन् । उनले आफैँले निर्माण गर्न लागेको आगामी चलचित्रमा यी दुवैलाई अभिनय गराउने भएका छन् । इम्तिहानको चलचित्रमा पनि यो जोडी प्रेमीप्रेमिकाका रूपमा देखापर्दै छ । चलचित्रमा जोडीका रूपमा अभिनय गर्न सहमति पनि जनाइसकेका छन् । पछिल्लो समय पर्दा बाहिर पनि यी दुवैको प्रेमप्रसंगले चर्चा पाइरहेको छ तर दुवैले प्रेमप्रंसगलाई अफबाहको संज्ञा दिँदै आएका छन् । (एजेन्सी)स्रोत : सौर्य दैनिक
