नाइजेरियामा भएको बम बिस्फोटमा २० जना मारिए
काठमाडौं, चैत्र ६ । नाइजेरियाको उत्तरी शहर कानोस्थित एक बस स्टेशनमा गराइएको बम बिफोटमा कम्तिमा २० जना मारिएका छन् । दक्षिणी नाइजेरियाका क्रिस्चियन समुदायको बसोबास रहेको स्याबोन गारी जिल्लामा गराइएको बिस्फोटमा थुप्रैं घाइते भएका छन् । बिस्फोटको जिम्मा हालसम्म कसैले नलिएपनि इस्लामी संगठन बोको हरामको हात रहेको आशंका गरिएको छ । यसअघि सन् २०१२ को जनवरीमा इस्लामी संगठन बोको हरामले उक्त शहरमा आक्रमण गर्दा १ सय ५० जना मारिएका थिए । बोको हराम नाइजेरिया सरकारलाई ढालेर इस्लामिक सरकार निर्माण गर्न चाहन्छ । स्रोत -ईमेज च्यानल
Posted by Butwalonline
on 7:09 AM. Filed under
World News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response