|

सरकारको बहिर्गमन अपरिहार्य : विश्वकर्मा

बिनोद परियार,रुपन्देही,१९ असोज । नेकपा एमालेका पोलिटब्यूरो सदस्य छविलाल विश्वकर्माले बर्तमान सरकारको बहिगर्मन अपरिहार्य भएको बताएका छन् । एकिकृत नेकपा माओबादीले नियोजित रुपमा देशमा सवैधानिक संकट कायम गरेर अधिनायबाद लाद्न खोजेको आरोप लगाउदै बर्तमान सरकारले तत्तकाल राजीनामा दिनुपर्ने उनको भनाई छ । नेकपा एमालेका विभिन्न जनगर्गिय संगठनहरुको संयुक्त आयोजनामा शुक्रबार बुटवलमा भएको विरोध सभामा बोल्दै नेता विश्वकमार्ल अटेर गरे बाबुराम सरकारलाई सडकबाटै अपदस्त गर्ने चेतावनि दिए । बर्तमान सरकारबाटै हलो अड्काउने काम भएको उनको आरोप छ ।

राष्ट्रियताको चर्को कुरा गर्ने तर देशको विमानस्थल अर्को देशलाई दिने निर्णयले प्रधानमन्त्रि भट्टराई भिलेन भएको आरोप लगाए । जतिसुकै राष्ट्रियता र सुशाशनको कुरा गरेपनि त्यो ब्यहारमा राष्ट्रहित विपरित भएको भन्दै  नियोजित रुपमा देशमा तानाशाह लाद्न खोजेको उनको भनाई छ । उनले भने भने –‘कुरा राष्टियता र सुसानको गर्ने तर कुशासनको ढंगुरले जनतापनि दुर्गन्धित भए ।’ देशको राष्ट्रिय एकता,सदभाव र जनताको चाहनामा कुठाराघात भएकाले एमालेले सांकेतिक दवावमुलक आन्दालनमा उत्रिएको बताउदै कामचलाउ सरकारले सहमतिका लागि राजीनामा नगरे सडकबाट भट्टराईलाई सधैका लागि हुत्याउने बताए । एमाले लुम्बिनी अंचल प्रमुख समेत रहेका विश्वकर्माले कामलाउ सरकार खारेज गरेर मात्र राष्ट्रिय सहमित हुने बताउनै बताउदै अझै पनि माओबादी झुक्याउने काममा लागे जनताले नछाड्ने बताए ।

जनताको शक्ति निर्णयक हुन्छ उनले भने –‘देशलाई सवैधानिक शुन्यतामा राखेर अधिनायकबाद लाद्न खोजे प्रचण्ड र बाबुराम हालत न ज्ञोनन्द्रको जस्तै हुन्छ ।’ संवाद र वार्ताबाटै छलफल गर्न यो दवावमा उत्रिएको उनले बताए ।बर्तमान काम चलाउ सरकारकै कारण मुलुक अनिर्णयको बन्दी भएको आरोप लगाउदै सहमतिका सत्ता छाड्न उनले आग्रह गरे । विरोध सभामा नेकपा एमालेका लुम्बिनी अञ्चल सचिव खिमलाल भट्टराईले आन्दोलन रिहलसर मात्रै भएको बताउदै अटेर गरे सडकमा लाखौं जनता उतारेर सरकारलाई सत्ताच्यूत गर्ने चेतावनी दिए । बर्षाका कारण कामचलाउ भएर पनि प्रधानमन्त्रि कुर्चिमा बस्न पाएको बताउदै हिउद शुरु भएकाले अब धेरै दिन बस्ने नपाउने उनको भनाई छ । कार्यक्रममा बोल्दै केन्द्रिय सल्लाहाकार समिति सदस्य आदित्य नारायण कसौधन,एमाले रुपन्देही अध्यक्ष लिला गिरी,अनेरास्ववियूका केन्द्रिय सचिवालय सदस्य बाबुराम पन्थी,अखिल नेपाल महिला संघका विमला पन्थी,जनवर्गिय संगठनका जिल्ला संयोजक शिव सुवेदी लगायतले बोल्दै बर्तमान सरकारनै सहमतिको बाधक भएको भन्दै तत्तकाल सरकार नछाड्ने सडकबाट हटाउने चेतावनी दिएका थिए । कार्यक्रम अघि बुटवलको नयाँ बसपार्कबाट जनवर्गिय संगठनहरुले सरकारविरुद्ध नारावाजी गर्दै ट्राफीकचोकसम्म र्‍याली निकालेका थिए ।


Posted by Butwalonline on 3:18 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सरकारको बहिर्गमन अपरिहार्य : विश्वकर्मा "

Leave a reply