नायिका पुजनाको बेड सिन सेन्सरले काटेन
काठमाडौं : छायांकनको समयमा अश्लील दृश्यका फोटाहरू सार्वजनिक गरेर आलोचनात्मक समाचारको विषय बनेको चलचित्र ‘रक्षा’लाई सेन्सर बोर्डले पिजी सटिफिर्केट दिएको छ । चलचित्र युनिटको तीनदिनको कसरत पछि सेन्सरले सो सर्टिफिकेट दिएको हो । चलचित्रमा यौनका दृश्य रहेकाले अभिभावक नलिई हलसम्म आउने बालकलाई चलचित्र नदेखाउन अनुरोध गर्दे सेन्सरले उक्त सर्टिफिकेट दिएको हो ।चलचित्रमा भिन्न–भिन्न केही बेड सिन रहेका छन् । यी बेडसिनका दृश्य विषयवस्तुअनुसार जाहेज रहेको भन्दै सेन्सरले कुनै पनि नकाटेको निर्देशक गिरीले बताए । उनले भने ‘चलचित्रमा रहेका पुजनाका हट सिन सेन्सरले काट्छ भन्ने डर लागेको थियो तर कुनै पनि काटेन’ । सेन्सरले पुजना स्त्रीको उत्तेजक बेडसिनलाई केही छोटो बनाउन आग्रह गरेको गिरीले बताउँदै भने अर्की नायिका खुसी थापाको उत्तेजक बेडसिनका बारेमा केही बोलेन ।
छायांकनका समयमा अश्लील दृश्य प्रचार/प्रसार गरेर चर्चा बटुलेको यस चलचित्र निर्माण युनिटले अहिले चलचित्र प्रदर्शनको समयमा चलचित्र अश्लीलभन्दा पनि राष्ट्रभक्ती रहेको बताउँदै आएको छ । चलचित्र युनिटले जे भने पनि छायांकनको समयमा अश्लील दृश्य छायांकन दिएर चर्चा बटुलेकी नायिका पुजनाले आफूलाई जर्बजस्ती अश्लील दृश्य दिन लगाइएको भन्दै प्रचारमा साथ छोडकी छन् । ‘आफ्नो नग्न तस्बिर पोस्टरमा राखेको भन्दै पुजनाले हामीलाई चलचित्र प्रचारमा नसघाएकी निर्देशक गिरीले सुनाए ।
चलचित्रमा राजेश हमाल, पुजना स्त्री, अशोक फुयाल, सुशान्त कार्की, सारिका घिमिरेलगायतका कलाकारको अभिनय छ । पवन बस्नेतको निर्माणमा तयार भएको यस चलचित्रमा प्रकाश धितालको लेखन, अर्जुन पोखरेलको संगीत निर्देशन, रामेश्वर कार्कीको छायांकन छ । चलचित्र आगामी नौबाट देशभर प्रदर्शनमा आउने भएको छ । साभार : सौर्य दैनिक
Posted by Butwalonline
on 6:47 AM. Filed under
Entertainment
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response