नेपालीमा कोलाभेरी गाउनेले झ्याइँ पारिन्
मुम्बई, माघ १७ (एजेन्सी) - नेपाली भाषामा 'कोलाभेरी डी' गाउँदै युट्युबमा रिलिज गर्ने भारतीय नायिका उदिता गोस्वामीले निर्देशक मोहित सुरीसँग बिहे गरेकी छिन्। मंगलबार भएको परम्परागत पञ्जाबी विवाह समारोह नजिकका साथी र फिल्म क्षेत्रमा व्यक्तिहरु उपस्थित थिए।बलिउड सेलिब्रिटी दिया मिर्जा, कंगना रनौट, महेश भट्ट, अनुराग बासु, ज्याक्वेलिन फर्नान्डिज, विक्रम भट्ट, श्रद्धा कपूर समारोहमा उपस्थित थिए।
जोडीले बिहेको रिसेप्सन जनवरी ३१ मा दिँदैछन्।उदिताकी आमा भारतको मेघालयको सिलोङ्की हुन्। सन् २००३ मा पाप फिल्मबाट उनले बलिउडमा फिल्म यात्रा सुरु गरेकी हुन्। फिल्ममा जोन अब्राहमसँगको बोल्ड सिनले निकै चर्चा पाएको थियो। जहर र अक्सर उनका चर्चित फिल्महरु हुन्।
स्रोत : नागरिक न्युज
