|

धादिङमा मिनिट्रक पल्टिँदा चाललको घटनास्थलमै मृत्यु

धादिङ, माघ १९ - पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाविस-३ महादेवबेसी नजिकै दशकिलोमा आज बिहान सवा चार बजे मिनिट्रक पल्टिँदा चाललको घटनास्थलमै मृत्यु भएको छ।

मिनिट्रक चालक अन्दाजी वर्ष ३० का जितपुर बारा घर भएका रामकुमार चौधरीको घटनास्थलमै मृत्यु भएको हो।अर्का एक जना गम्भीर घाइतेको उपचारका निम्ति काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। लालबन्दीबाट काठमाडौंका लागि गोलभेंडा बोकेर आएको मिनिट्रक सडकबाट ६० फिट तल महेश खोलामा पल्टिएर दुर्घटना भएको हो।खोलाकिनारमा गोलभेंडा छरिएको अवस्थामा छ। ना ४ ख ८९३३ नम्बरको मिनिट्रक तिव्र गतिका कारण अनियन्त्रित भइ दुर्घटनामा परेको महादेवबेसी प्रहरी पोष्टका प्रमुख प्रहरी नायव निरीक्षक सुनिल थापाले बताए।स्रोत : नागरिक न्युज


Posted by Butwalonline on 9:05 AM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "धादिङमा मिनिट्रक पल्टिँदा चाललको घटनास्थलमै मृत्यु "

Leave a reply