|

आमा छोराको साइनोले साढे पाच लाख चट्

असोज १६ बुटवल । आमा छोरा बनि होटलमा बास बस्न आएका दुई युवाले चियामा वेहोस हुने औषधी खुवाई साढे पााच लाख रुपैयाा लुटेर फरार भएका छन् । यहि असाज १२ गते बुटवल ८ स्थित न्यू गण्डकी होटलमा दिउासो ३ बजे कोठा बुक गरी बाग्लुङ हुग्दीशिर ५ घर बताउने  विष्णु प्रसाद पौडेल का दाजु भाई, एक आमा, एक छिमेकी भनि होटलको आगन्तुक पुस्तीकामा इन्ट्री गरी बसेका दुई युवाले ति महिलाको उक्त रकम लुटेर फरार भएका हुन ।

होटलको कोठा बुकगरी बसेपछि   चार बजे चारै जनाले संगै चिया पिएका र सााझ साढे ७ बजे पुन: ति दुई युवाले आफै होटलको किचनमा गएर ३ कप चिया मगाएर कोठामा लगेको होटल मालिक खिमान्नद भट्टराईले बताउनुभयो । चिया लगेको करिव २० मिनेट पछि ति युवाहरु होटल बाहिर निस्की वेपत्ता भएका थिए ।
ति महिलाले सााझको खाना खाएनन् । विहान युवाहरु नभएपछि ति महिलाले आफुहरु लुटिएको होटल मालिक समक्ष बताए ।

होटलको आगन्तुक पुस्तकमा इन्ट्री गर्दा टिपाइएको मोवाइलमा फोन गर्दा फोन लाागेन । फोन नलागेपछि होटल मालिकले इलाका प्रहरी कार्यालय बुटवललाई खवर गरी घटनाको यर्थाथता बताएका थिए । औषधि उपचार गराउन भनि आएको भन्दै ति युवाले महिलाहरुलाई होटलमा राखेका थिए । घटना थाहा पाएपछि पुगेको प्रहरीले होटल मालिक र दुई महिलालाई इलाका प्रहरी कार्यालय लगेर अनुसन्धान सुरु गरेको थियो ।

होटलमा संगै आएका दुई युवाले आफुहरु पनि बाग्लुङकै भएको र हामीले हजुरलाई सहयोग गछौ भनि एउटै होटलमा बास बस्न कोठा लिएको तर, आमा छोराको नाता सम्बन्ध पनि नभएको त्यसभन्दा पहिले चिनजान पनि नभएको पिडित महिलाले प्रहरी समक्ष बताएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक दिपक थापाले बताउनुभयो ।

घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको र छिट्टै पक्राउ गरी सार्वजनिक गरीने प्र.ना.उ. थापाले बताउनुभयो ।

घटनालाई लिएर होटल मालिक भट्टराईले होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीमा लिखित जानकारी गराएका छन् । बुटवल क्षेत्रमा विगत केही समय देखि संगै बास बस्न आएकाहरुले चोरी तथा लुटपाट गर्ने कार्य दिन प्रतिदिन बढ्दै गएकोले होटल तथा रेष्टुरेन्ट व्यवसायी संघले विज्ञप्ती प्रकाशित गरी होटल व्यवसायीहरुले आगन्तुक पाहुनाहरुलाई बास दिदाा सजक हुन आवहन गरेको छ । संघका महासचिव समुन्द्र जि.सी. द्वारा जारी विज्ञप्तीमा आगन्तुक पाहुनाको इन्ट्रि गर्दा परिचय पत्र खुल्ने कागजजात हेर्न समेत अनुरोध गरिएको छ ।

Posted by Butwalonline on 6:24 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आमा छोराको साइनोले साढे पाच लाख चट्"

Leave a reply