|

क्याराभान होटलमा नाटकिय चोरी

असोज १६ बुटवल । बुटवलको  नेपालगञ्ज रोडमा रहेको होटल क्याराभानमा बास बस्न आएका चार जना युवाले ल्याएको मोटरसाईकल होटल बाटै हराएको नाटक ति युवाहरुले गरेको रहस्य सार्वजनिक भएको छ ।

हालै चार जना युवा उक्त होटलमा दुई मोटरसाइकल सहित बास बसेका थिए । होटल धनीले ति मोटरसाइकल राती भित्र राखेको र विहान बाहिर निकालेकोमा ना.२० प १०१० नं को मोटरसाइलको चाापी होटल मालिक संगै रहेको तर मोटरसाइकल हराएपछि ति युवाहरुले होटलमालिकलाई मोटरसाइकलको क्षतिपुर्ति स्वरुप दुई लाख रुपैयाा तिर्ने सर्तमा काजग गराएका थिए । उक्त मोटरसाइकल यातायात कार्यालयमा बुझ्दा नक्कली भएको र बास बस्न आएकै युवाका साथीले होटलबाट लगेको रहस्य खुलेको छ ।

उक्त घटना प्रहरीमा जानकारी गराएपछि प्रहरीले ति युवालाई पक्राउ गर्नका लागि खोजी गरिरहेको छ । ति युवालाई पक्राउ गरी चोरी र ठगीमा मुद्धा चलाइने इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक दिपक थापाले जानकारी दिनुभयो ।


Posted by Butwalonline on 6:28 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "क्याराभान होटलमा नाटकिय चोरी"

Leave a reply