|

होटलमा महिला कामदारलाई अनिबार्य पोशाक र परिचय पत्र


असोज १६ बुटवल । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देही द्वारा गठित अनुगमन समितिको प्रतिवेदनका आधारमा पााच वटा होटल व्यवसायीलाई आचारसंहिता लागु गर्न चेतावनी दिइएको छ ।

यस क्षेत्रका होटल तथा रेष्टुरेन्टहरुको अनुगमन गर्न गठित समितिले व्यवसायीक आचारसंहिता पालनाा भए नभएको अनुगमन गरेको थियो । अनुगमनका क्रममा केही होटल तथा रेष्टुरेन्टहरुले आचारसंहिता पालना नगरेकाले निजहरुलाई कार्यालयमा उपस्थित गराई आचारसंहिता पालना गर्न निर्देशन दिदै आगमी दिनमा पालना नगरेमा कारबाही गरिने चेतावनी समेत दिइएको थियो ।

अनुगमनका क्रममा होटल तथा रेष्टुरेन्ट हरुमा मुल्य सुचि  नटागिएका आगन्तुकहरुको इन्ट्री पुस्तीका नराखिएका, महिला कामदारलाई अनिबार्य परिचय पत्र र पोशाकको व्यवस्था नभएकाहरुमा तत्काल कार्यान्वयन गर्न र क्याविनका पर्दाहरु हटाउन समितिले निर्देशन गरेको अनुगमन समितिका सदस्य तथा संघका महा सचिव समुन्दै जि.सी.ले बताउनुभयो ।

यस क्षेत्रका होटल तथा रेष्टुरेन्टहरुमा विकृति हुन नदिन र आचारसंहिता पुर्ण रुपमा पालना गराउनका लागि संघका उपाध्यक्ष केशव राज ज्ञवालीको संयोजकत्वमा समुन्द्र जि.सी., राम प्रसाद गौतम र लेखनाथ भण्डारी सदस्य रहेको अनुगमन समिति गठन गरिएको थियो ।

Posted by Butwalonline on 6:30 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "होटलमा महिला कामदारलाई अनिबार्य पोशाक र परिचय पत्र"

Leave a reply