बिदेशी भूमिमा पसिना बगाएर सामाजिक कार्य गर्दै
नेपाल मा रहेका अनाथ , असहाय बाल बालिकाको सहयोगार्थ दोहा सिनेमा हल कतारमा नेपाली कथानक चलचित्र "माइ ब्रदर" (मेरो भाई ) प्रदर्शनमा आउने भएकोछ । नेपालको विभिन्न ठाउदेखि दोहा कतारमा काम गर्दै आएका एक युवासमुहले बिदेशी भूमिमा पसिना बगाएर पनि नेपाल र नेपालीहरुको हीतको लागि सामाजिक कार्य गर्दै आएकाछन ।
सो युवा समुहलेनै अनाथ बाल बालिकाको सहयोगार्थ फेब्रेवारी १५ मा नेपाली पारिवारिक चलचित्र " माइ ब्रदर "परदर्शन गर्न थालेकाहुन, बाल मनोविज्ञानमा आधारित चलचित्रले अनाथ बाल बालिकाको बिसयलाई मर्म स्पर्शी तरिकाले प्रस्तुत गरेकोछ । फेब्रुअरी १५ मा दोहामा शो गर्न थालिएको चलचित्रको अहिले दोहा कतारमा युवाहरु तिब्र प्रचारप्रसारमा जुटेकाछन । मोफसलको रिलिज पछि दर्शक को राम्रो साथ् पाएको "माइ ब्रदर" ले राजधानीमा रहेको कुमारी हल मा चरिटी शो गरेको थियो उक्त शो मा पनि चलचित्रले दर्शकको अत्यन्तै राम्रो प्रतिक्रिया पाएको थियो सुमिना घिमिरे, लक्की दीपक, रमेश बुढाथोकी , जीवल लुइँटेल, बिमल गिरि , अन्जु थापा, र बाल कलाकारको शसक्त भूमिका रहेको चलचित्रको लेखन निर्देशन बिष्णु भट्टराई ले गरेका हुन्, मैना भण्डारी, सरु भट्टराई को निर्माण रहेको चलचित्रमा गोपाल भण्डारी कार्यकारी निर्माता हुन् भने सह निर्माता
रामचन्द्र भट्टराई रहेकाछन । अस्ट महर्जन को द्वन्द , बिरेन्द्र भट्ट को छायांकन रहेकोछ , विदेशको विभिन्न देशमा पर्दर्शन गर्न थालिएको चलचित्रलाई कतारमा भने - ज्ञान राज शाही, इन्द्र गुरुङ, सन्तोष गुरुङ,दीपेन्द्र लामिछाने र गोपाल रोक को प्रयासमा प्रदर्शन गर्न थालिएको हो।
काठमाडौँ को कुमारी हलमा चलचित्र " माइ ब्रदर" हेरी सकेपछि दर्शकको प्रतिक्रिया ,,,,,

