प्रवासि थारु समाज युएईको अध्यक्षमा नेत्र नारायण थनेत
गिता मणि पाण्डे युएई डेस्क,जनवरी २५ - प्रवासि थारु समाज युएईले नयां वर्ष तथा माघे सक्रान्तिको अवसर पारेर पिकनीक आयोजनाको साथ अधिवेसन सम्पन्न गरेको छ ।
कामको सिलसिलामा भौंतारिदै युएईमा आएका थारु जातिहरुलाई समेटदै (सहकार्य ) गर्दै २०१२ मार्च ३ का दिन आपत विपतमा परेका नेपालीहरुलाई सहयोग गर्ने हेतुले नेत्र नारायण थनेत को संयोजकमा तदर्थ समिती गठन गरेको थियो । यहा रहेका थारुहरुलाई भेला गरि गत सुक्रवार जेविल पार्कमा आफनो खानाको स्वाद र परिकारका साथ वाख्राको मासु ,कुखुराको मासु ,तरकारि , चिजर , अचार , सेलरोटि खुवाउदै नाचगान गर्दै पिक्नीक सम्पन्न गरेको छ भने सोहि भेलाले सर्व सहमतिवाट नेत्रनारायण थनेत लाई अध्यक्षमा निर्वाचित गर्दै १७ सदस्यिय निर्वाचित भएका छन उपाध्यक्षमा किसोर चौधरि ,महासचिव घनश्याम चौधरि ,सचिव दिपेन्द्रराज थनेत , कोषाध्यक्ष वासु चौधरि ,सदस्यहरुमा रामप्रसाद महतो ,खेम नारायण महतो ,रुपेश चौधरि ,तुल्सि महतो ,शिव वहादुर थारु , राम भुवन चौधरि , प्रताव खवास ,वालकुमारि चौधरि , भिमवहादुर महतो ,जुगराम थारु ,अनिल चौधरि ,होमनारायण चौधरि सर्व सहमतले चयन भएका छन् ।
थारु कल्याणकारि समाज कतारका विध्यानन्द चौधरिले युएईमा पनि थारुहरुको सक्रियता रहेकोमा खुशि व्यक्त गर्दै सवैलाई एक वनाएर जानु पर्ने भन्दै थारुहरुको वारेमा प्रष्ट पार्दै नया कार्य समितीलाई शुभकामना दिएका थिए । प्रमुख अतिथी गिरमान थापा मगर लगायत अतिथी वाट मन्तव्य दिदै यस कार्यक्रमले विदेशमा मात्र नभएर नेपालमा पनि थारुहरुको वार्ेमा राम्रो सन्देश जाने भन्दै नया कार्य समिती , आयोजक , संयोजक हरु लाई धन्यवादका साथ शुभकामना दिएका थिए । कार्यक्रमको सभापत्वि नेत्रनारायण थनेत ले गरेका थिए भने प्रमुख अतिथी गिरमान थापा मगर विषेश अतिथी विध्यानन्द चौधरि अतिथी छत्र लामा , भुवन राई ,डि आर गुरुङ , उमेश राई ,शुरेस ढकाल , सिता भुर्तेल , शिव गुरुङ , टेक थापा मगर पत्रकार गिता मणि पाण्डे लगायत संघ संस्थाका प्रतिनिधीहरुको उल्लेख्य उपस्थित रहेको कार्यक्रमको सन्चालन घनश्याम चौधरि ले गरेका थिए ।