साउदी अरबमा १ बर्ष देखि पिडितले देखेका र झेलेका ब्यथा

धन बहादुर वली,साउदी अरेबिया ( रियाद )-साउदी अरब मा काम गरेको ४ बर्ष बितेछ | यो अवधिमा मेरो भाग्य अथवा अवसर जे भएपनि मैले नेपालीहरु माझ रहन पाए कम्तिमा १०० पटक भन्दा बढी साउदी अरब स्थित नेपाली दुताबास मा पुग्ने मौका पाए ।

केहि आफ्ना समस्या अनि केहि अरुका समस्या हेर्दा मलाई लाग्छ हामी नेपाली हरुमा बैदेशिक रोजगारीको फोहर भनेको दलाली रहेको छ ।  दलाल हरु कहाँ कहाँ सम्म छन् अनि कहाँ कहाँ सम्म पुग्न सक्छन भनेर भनिरहनुपर्छ जस्तो मलाई लाग्दैन । 

दलाली भनेको एउटा खराब नियत हो जुन हरेक मान्छे मा हुन्छ । त्यसका रुप र हद को मात्रै कुरा फरक होला नत्र स्वार्थको लागि गरिने यस्ता कामहरु सबैले प्राय गरिरहेकै हुन्छन । समस्या उनीहरुको पहुच र पावर को हो उनीहरु नै शक्तिशाली भएकोले गरिब र लेबर सरहको कामगर्ने सोझा सिधा मान्छे हरुले न्याय पाउदैनन ।  यसको निकासका निमित्त सरकारले नै जिम्मेवारी पुर्बक उनीहरुलाई नियन्त्रण मा राख्नुपर्ने हुन्छ अन्यथा इजराइल मा जस्तै अरबी देशहरुले पनि आफ्नो कामदार आपूर्ति समन्धी नीति परिबर्तन गर्न नसक्लान भन्न सकिन्न ।  हुनत यसको दोषी रोजगारीका निम्ति जाने कामदार पनि कहिँ न कहिँ अवस्य होलान तर कामदारलाई दोषी देखाएर सरकार चुप लाग्छ ।  भने त्यस्तो सरकारले जनताको चिन्ता भन्दा आफ्नो कुर्ची मोह बढी भएको भनेर जनता सामु प्रस्ट गरिरहेको हुन्छ । अर्थतन्त्रको आधार को रुपमा लिईएको बैदेशिक रोजगार लाई दलाल हरुको जिम्मा लगाउने अनि कामदार हरुलाई नै गलत ठहर्यौदा त्यसको परिणाम पक्कै पनि दलाल हरुको मनोबल उच्च हुने अनि अन्ततः बैदेशिक रोजगारीमा दलाल हरुकै हाबी बढ्न गइ बैदेशिक रोजगारी तहसनहस हुनसक्ने खतरा मैले देखिरहेको छु |

मेनपावर कम्पनि लाई भनेर साउदी बाट फ्री मा पाइने भिजा र टिकट समेत को पैसा असुलेका दलाल हरुले फेरी नेपाल बाट आउने कामदार हरु बाट पनि सक्ने पैसा असुलिरहेको आफ्नै आखाले देखेको छु ।   नेपाल सरकारले नै तोकेको अधिकतम रकम भन्दा दोब्बर रकम उठाइरहेका हुन्छन | यसरि दिन प्रतिदिन दलाल हाबी हुदै जाने र नेपाली हरुले बिदेशमा कामदारको रुपमा काम गर्ने कम्पनि हरुमा दुख पाउदै जाने स्थिति रहने हो भने एकदिन बैदेशिक रोजगारी (अर्थतन्त्र को खम्बा) समाप्त हुने निश्चित प्राय छ ।  मैले आफै पनि साउदी बसाईको ४ बर्षको अनुभव ले के कुरा बुझेको छु भने धेरै जसो कम्पानी हरु नाफाको निम्ति कामदार आयात गर्ने गरेका हुन्छन भने त्यो देशको सरकार आफ्ना नागरिक लाई रोजगारीमा लगाउन चाहन्छन वा त्यस्तो नीति लागु गर्दै जाने पक्षमा हुन्छन । 

ब्यालेन्स मिलाउन खोज्ने सरकार र कम्पनि हरुकै बिचमा उभिएका आप्रबासी कामदार हरुलाई विभिन्न बहानामा सरकारले निकालिरहेको हुन्छ | त्यसको मारमा सबैभन्दा धेरै नेपाली नागरिक हरु परेको मेरो भोगाई पनि हो ।  त्यसको कारण हो हाम्रो देशको राजनैतिक खिचातानी र त्यसकै आडमा मौलाएको  दलाली प्रवृति साउदी अरबमा रहेका कामदार हरु मध्य झन्डै आधा जस्तै देखिने गरि कामदार हरु भगौडा कामदार को रुपमा काम गरिरहेका छन् । जसको कारण एउटा मात्रै भन्नुहुन्छ भने त्यो हो “दलाली” नेपालबाट आउने अनि रोजगारदाता कम्पनिले भने बमोजिमको तलब लगाएत सेवा सुबिधा नदिने हुन्छ | कोहि अबैधानिक रुपमा काम गरेर राम्रै आम्दानी गरिरहेका हुन्छन भने कोहि न्यायको खोजि का निम्ति भौतारिन्छन तर न्याय पाउदैनन किनभने हाम्रो सरकार को उपस्थिति यहाँ निकै कम्जोर छ | मलाई यहाँ अर्को एउटा कुरा जोड्न मन लागेको छ  । अरबिक मेनेजर रहेको मेरो कम्पनि बाट म नेपाली दुताबास रियाद पुगेर कम्पनि फर्केपछि मलाई अफिसमा बोलायो म गए उसले सोध्यो मलाई इन्ता अलियोम व्हेन ? मैले जवाफमा केहि भन्न सकिन किनकि डर सबैलाई हुन्छ म दुताबास मा आफ्नो समस्या राख्न गएको थिए उसले त्यहि बिसयमा केरकार गर्दै थियो | उसले फेरी सोध्यो इन्ता अलियोम रो सफारा ? मैले जवाफमा आइवा रो भने मलाई राम्रो अरबिक आउदैना फेरी पनि मैले यहि बुझे तँ  दुताबास गएको हो ? मैले जबाफमा उह गए भनेर भने ।  उसले मलाई फेरी भन्यो तिम्रो दुताबास लाई एउटा पेप्सी मा हाम्रो पक्षमा बोल्ने बनाउन सक्छौ | मैले नेपाली समाचार हरुमा श्रमसहचारी नियुक्त हुने र सहचारी मार्फत सामान्य समस्या सुल्झाउने छ भन्ने बुझेको थिए त्यसैले मलाई मेरो देश र हाम्रो सरकार प्रति गर्व थियो | र मलाई रिस उठ्यो मैले जवाफमा भने उनीहरु संग के सम्झौता गरेको छ | पालना गर्न तिर लाग हैन भने हामी लेबर कोर्ट सम्म गएर कम्पनि नै बर्बाद पारिदिन्छौ | उसले त सिधै भन्यो मलाई कि तिमि जहाँ जान मन छ जान सक्छौ | चाहे कोर्ट जाउ चाहे दुताबास कहिँ गएर केहि गर्न सक्दैनौ मतलब “कोर्ट हाम्रो नाटक हो अनि तिम्रो दुताबास हाम्रो मुठीभित्र छ”| हुनपनि त्यस्तै भयो १ बर्ष भयो न एक सुक्का पैसा छ | न नेपाल फर्किन पाइएको अब त्यस बिचमा के के गरे वा कहाँ कहाँ मेरो बेथा सुनाए भन्ने कुरा गरौ कम्तिमा १०० पटक भन्दा बढी मा नेपाली दुताबास साउदी अरब मा पुगेको छु , दुताबास को सहयोग मै लेबर्कोर्ट मा समस्या सुल्झाई दिन निबेदन गरे २ महिना लामो कसरत गर्दा पनि नेपाल फर्किने मात्रै बाताबरण पनि तयार गर्न सकेन लेबर्कोट ले पनि नेपाल सरकारले चलाउने कार्यक्रम जनतासंग प्रधानमन्त्री रेडियो नेपाल बाट प्रशारण हुन्छ त्यहाँ दुताबासलाई भनेर हामीलाई नेपाल फर्काईदिन पहल गरिदिनुस भनेर इमेल गरे जुन प्रसारण पनि भएको थियो र प्र म ले आफुले सहयोग गर्ने आस्वासन पनि दिनुभएको थियो ।

एन आर एन साउदी लाई पनि लामो इमेल गरेर उद्दार गर्दिन अनुरोध गरे उह कहिँ कतै बाट ठोस उपलब्धि हुन सकेन अन्ततः खाने चारो खोज्दै हिडेको छु | भनाइको अर्थ मा पनि अबैधानिक कामदार बन्ने तरखर मा छु  । अब बुझ्न सकिन्छ किन साउदी मा यति धेरै कामदार बिचल्लीमा परेका छन् किन कम्पनि छोडेर भगौडा कामदार भएर बसे ? म संचार संग यति नजिक छु कि आफुले चाहेको बेला जुनसुकै ठाउमा उजुरी गर्न सक्छु तर पनि १ बर्ष लामो अवधिमा त न्याय र उद्दार हुन सकेन भने हजारौ सोझा नेपालीहरुको हालत के होला ? भोक भोकै भएपनि कम्पनि छोडेर भाग्न उनीहरुलाई रहर त पक्कै थिएन होला ? बैधानिक कामदार ठगेको आफ्नै आखाले देखेका हरुलाई अबैधानिक भएपछी झन् धेरै ठगि हुन्छ भन्ने सोच्दैनन् होला त ? मलाई यति धेरै लामो ब्याख्या लेखिरहन मन पनि थिएन | साउदी अरब मा रहेका भिजाको कारोबार गर्ने बिमल गौतम भन्ने एकजना पुर्ब एन आर एन का सचिव महोदय ले आफ्नो मेनपावर नेपाल गेटवे ओभर्सिज बाट ल्याएका कामदार हरुले सुनाएको दुख ले प्रेरणा जाग्यो र लेखन मन लाग्यो अन्यथा मलाई मेरो उद्दार को निम्ति भनेर मैले यहाँ लेखेको होइन किन भने म थाकिसकेको छु | उद्दार भनेको सहि समयमा गरिनुपर्छ | बाढी आएर पानी सुकिसके पछी हेलिकोप्टर घुमाएर केहि फाइदा हुदैन कि उनीहरु मरिसक्छ्न नमर्ने हरु सुरक्षित भैसक्छ्न | मैले पनि बाढीको पिडा थाहा पाइसकेको छु अब उद्दार गर्ने समय होइन भन्ने मलाई लाग्छ |


भगौडा भइसकेपछि उद्दार गर्देउ भन्ने पनि कसरि भन्नु अब हैन र ? सकिन्छ भने यिनीहरुको कुरा सुन्दिनुस यस्तो लेख्दिन अनुरोध गरेका थिए उनीहरुले मलाई  रौतहट जिल्ला कमल पोख्रेल  ,सिन्धुपाल्चोक फुर्पा तामांग  र  उदयपुर सुमन राई  हाल साउदी अरेबिया बस्दै आएका साथीहरु जसलाई बैदेशिक रोजगारीका निम्ति साउदी रोजगारका लागि प्रतिव्यक्ति १११००० ने रु लिई बिमल गौतम नेपाल गेटवे ओभर्सिज को अर्को एकजना नाम नखुलेको दलाल हरु मार्फत किनेको भिजामा ३ जना साउदी पुगे । आएको 20 महिनापछि मात्रै १० महिनाको तलब दिएपछि थाहा भयो हामी फसिसकेको कुरा उनीहरुले भने त्यसपछि सुरु भएको हार  गुहार सम्बन्धित मेनपावर कै सरसल्लाह बमोजिम उल्लेखित दलाल हरु कै आदेश अनुसार साउदी लेबर कोर्ट सम्म पुग्यौ | लेबर कोर्ट मा छलफल को क्रम मा थाहा भयो हामीले १११००० तिरेर पनि निज दलाल हरुले १००० रियाल प्रति व्यक्ति  रियाल लिएर लेबर पुर्याउने सम्झौता गरेका रहेछन |

यस्तो सम्झौता कै कारणले गर्दा केश उपर सुनुवाई नै हुनसकेन | त्यसपछि नेपाली दुताबास साउदी अरेबियामा लिखित रुपमा न्यायको माग गर्दै निबेदन दिइयो | उनीहरुले बिलौना गर्दै भने अब हामी सडक मा भोक भोकै सुत्नुपर्ने अवस्थामा आइपुगेका छौ | कानुनी हैसियतले साउदी बस्न नपाउने भैसकेका उनीहरु भौतारिएर घुमिरहेका छन् | अकमा को म्याद सिद्धिएको हुनाले पनि झन् समस्या छ | यसका लागि जिम्मेवार सम्बन्धित मेनपावर र दलाल लाई कारबाही कसले गर्ने ?  न त दुताबासले छानबिन गर्न सक्छ न त अरु कुनै माध्याम ले न्याय पाउने अवस्था छ | यस बिषय मा नेपाल सरकार संग हाम्रो न्याय र उद्दार को पहल गरिदिन अनुरोध गर्दछौ | ल हेर्नुस उदाहरण यहि छ यसरि दिनानुदिन नेपालीहरु बिदेशमा ठगिनु अनि नेपाल सरकार तथा सरोकारवाला निकाएले जिम्मेवारी पूर्ण रुपमा काम नगर्दिनुले पनि झन् अर्को समस्या आएको छ | के सच्चाई देखेर पनि अनदेखा गर्नेहरु सरकारमा बसेका हुन् त ? किन कारबाही हुदैन दलाल तथा मेनपावर हरुलाई ? राजनैतिक अवस्था जस्तो भएपनि यी र यस्ता बिसयमा त ध्यान दिन सकिन्थ्यो होला नि ? पिज्जा इन भन्ने कम्पनिमा पनि उनी बिमल गौतमले आफ्नै मेनपावर मार्फत आएको भनेर स्वीकारेका थिए ।

 खोए छानबिन भएको ? अझै यस्ता रहस्य कति होलान कति होलान लुकेर रहेका रहस्य हरु ... | म आफु आएको मेनपावर कम्पनि लक्की ओभरसिज जुन २ वटा भएको छ  । उनीहरुको मेनपावर बाटै आउने साउदी फ्युल र गल्फ हेल्थ का सबै जसो घर फर्किने हरु रुदै फर्केको अवस्था हो | अझै म र म जस्ता धेरै बाकी नै छौ | साउदी मै अलपत्र अवस्था मा खोए न्याय पाएको हामीले ? खोई उद्दार गरेको हाम्रो ? के हामीले न्याय पाउन पहुच भएको हुनै पर्छ ? त्यस्तै अर्को एउटा कम्पनीका साथीहरुले मलाई भने हामीहरु नौ जना छौ हामी अलपत्र बसेको १८ महिना बितिसक्यो नेपाल बाट पैसा माग्ने अनि खानको जुहो गरेर बसेको भनेर भन्नु भयो | उहाहरुलाई त नेपाली दुताबासको भनाइ अनुसार नेपाल नै पुगिसक्नु भयो रे तर बास्तबिकता अर्कै पो रहेछ | उहाहरु ९ जना शंकर बि क ( दांग) राहुल राई ( सोलुखुम्बु ) मिथुने राई ( सोलुखुम्बु ) अमर कार्की ( भोजपुर) सेर ब नेपाली (तनहुँ ) सितु सादा( धनुषा) प्रमोद कुमार महरा ( सिराहा) नागेन्द्र मगर ( मोरंग )  अल सोइया भन्ने कम्पनि बाट हुनुहुदो रहेछ |

ब्लु स्काई, ओक्स फ्रोड बाट आउनुभएका उहाहरु जस्तै अरु ७५ जना नेपाली रुदै नेपाल फर्केका छन् के तिनी हरुलाई फसाएका मेनपावर माथि कारबाही गरियो ? किन यस्तो ज्याजति सहनु परिरहेको छ नेपालीहरुले ? नेपाल सरकार को जिम्मेवार निकाए जो निर्विकल्प छ साउदी अरब मा के त्यो पेप्सी मा बिक्ने कुरा साचो हो त ? यदि हैन भने के कति कारणले उनीहरु नेपाल फर्किन समेत पाउदैनन ? गम्भीर भएर सोच्न जरुरि छ | नेपाल सरकारको  यस बिषय प्रति ध्यानआकर्षण होस् |

                                              धन बहादुर वली

                                                  साउदी अरेबिया ( रियाद )

8:13 PM | Posted in , | Read More »

चुनावमा गगन थापालाई सिन्धुपाल्चोकमा निम्तो

सरल सहयात्री -युवा नेता गगन थापाज्यू,एकजना राजनैतिक सहकर्मीका रुपमा म तपाईलाई देशको राजनीतिमा एउटा उर्जाशील भविष्य बोकेको युवा नेताका रुपमा चिन्दछु । देशले तपाईमा जागृत उर्जाको सदुपयोग लामो समय गर्न पाउनुपर्छ । तपाईप्रति अपेक्षा राख्ने एउटा तप्काको चाहना हो यो । साथसाथै तपाईले बिर्सन नहुने अर्को सत्य के हो भने, धेरै जुझारु राजनैतिक युवा नेताहरुलाई नेपालको राजनैतिक कालो बादलले छोपेर राखेको छ । तपाई ती ‘भाग्यमानी’ युवाभित्र पर्नुहुन्छ, जो त्यो बादलभन्दा बाहिर देखिन सक्नुभएको छ । त्यसको मूख्य भुमिकामा तपाईको योगदानको साथसाथ संञ्चार जगतको ठूलो भूमिका रहेको कुरामा सायद तपाईभित्र पनि विवाद नहोला ।

जे होस, मेरो विषय तपाइको प्रसंसा गर्नु होइन । वरु तपाईको पछिल्लो अभिव्यक्तिप्रति सुझाव गर्नु हो । केही समय अगाडि तपाईले कुनै कार्यक्रममा बोल्नुभएको थियो ‘म प्रचण्ड लडेको कुनै पनि क्षेत्रवाट लडेर जित्ने छु’ । मलाइ लागेको थियो – कहिलेकाहिं युवाहरुमा संवेगको उत्कर्षको रुपमा यस्ता अभिव्यक्ति हुन्छन् नै, जुन मेरो समेत अनुभव हो । तर रेग्मी नेतृत्वको चुनावी सरकार बन्नासाथ अनलाइनखबरमार्फत तपाईले सो अभिव्यक्ति दोहोर्‍याएर मलाई प्रतिक्रिया लेख्न बाध्य बनाउनुभएको छ ।

तपाईले चुनाब जित्नुहोला, वा हार्नुहोला त्यो भविष्यको कुरा हो । तर, अघिल्लो चुनावको तीतो सत्य के छ भने एमालेका जिम्वेवार नेताहरुले काठमाण्डौंभित्र तत्कालीन माओवादीसंगको सहकार्यलाई खिल्ली उडाउदै ‘१६ औं क्षेत्रमा मात्रै सहकार्य गर्नुपर्ला भन्ने अभिव्यक्ति दिएका थिए । परिणामतः माधव नेपाल नै हारेर काठमाण्डौमा एमालेको नील भयो । भलै यस्ता उदाहरण र तथ्यांकहरु राजनीतिका लागि सान्दर्भिक मानिँदैनन् । तर, फलेको फल नुहिएको हुन्छ भन्ने नेपाली उखान चाहिँ सार्वभौम छ । तपाईले देखाएको घमण्डले युवाहरुको उर्जालाई मुडाग्रहमा रुपान्तरण गर्ने जवरजस्त कोशिस गरेको छ ।

थापाजी, हामीले आजको परिवेशमा राजनीतिको केही प्रवर्गबारे अलि गहिरो बहस गर्न आवश्यक भएको छ । दक्षता र राजनीतिवीच के फरक छ ? यसले समाजमा के असर पारिरहेको छ ? यसले राजनीतिमा र पार्टिभित्र कस्तो प्रकारको असर पारिरहेको छ ? यो अध्ययनमात्र होइन, हरेक पार्टीभित्रको कार्यान्वययनको विषय बनाउने गरी बहसको आवश्यकता छ । आजको हाम्रो समाजमा बुद्धिजीवी र राजनीतिज्ञवीचको मूख्य भिन्नता भनेकै वुद्धिजीवीहरु दक्ष तर मनोगत हुने, तथा राजनीतिक व्यक्तिले दक्षतामा ध्यान नदिने र व्यावहारवादी हुने भएको छ । वुद्धिजीवीहरु आफ्ना मनोगत अध्ययनलाई समाजका अन्तरविरोधसंग मेलै नखाने गरी हुबहु प्रयोग गरियोस् भन्ने ठान्छन् । आफुलाई देशको सबभन्दा उत्तरदायित्व भएको अब्बल व्यक्ति ठान्छन् । यता राजनैतिक व्यक्तिहरु यथार्थसंग खेल्दै अगाडि बढेका हुन्छन् । भलै दक्षता पूर्ति गर्ने कुरासँग मेल नखाँदा उनीहरुको विरोध हुने गरेको छ । जस्तोसुकै भएता पनि कोठामा बसेर हजारौं किताव अध्ययन गर्नेभन्दा समाजमा गएर हजारौं अन्तरविरोधसंग खेल्ने व्यक्तिले परिस्थितिको ठीक ठीक मूल्यांकन गर्न सकेका हुन्छन् र तिनैले देशलाई ठीक तरिकाले अगाडि लैजान सक्छन् ।

अहिलेको परिवेशमा कुशलता र दक्षताले कुशल राजनीतिज्ञलाई सघाउने र कुशल राजनीतिज्ञले दक्षहरुको सहयोग लिने सौहार्दता हुनपर्नेमा यी दुबै प्राणीहरु आफ्नो दुनो सोझ्याउनमा मस्त छन् । तर, वुद्धिजीवी र राजनीतिज्ञमध्ये वुद्धिजीवीको मनोगत हठ नै सबैभन्दा खराब हो । उनीहरु समाजको अन्तरविरोधहरुलाई सही तरिकाले मूल्यांकन गर्न चुकेका हुन्छन् र आफ्नो वौद्धिक मूर्खताबाट पछारिँदासमेत चेत खाँदैनन् । तपाई आफैं भन्नुस् यी दुई प्राणीमध्ये तपाई कुनचाहिँमा पर्नुहुन्छ ? अर्थात यी दुबैको संयोजनमा बनेको एक शालीन, उर्जाशील र अपेक्षाकृत युवा बन्ने अभियानमा हनुहुन्छ ? यो छनौटको चुनौति हामी आम युवाकै हो, जसमा तपाई अलग हुनुहुन्न ।

गगनजी, विषयलाई केहीबेर फरक प्रसंगमा मोडेर चर्चा गरौं । वास्तवमा तपाई र मेरो वीचमा के-के भिन्नता होलान् ? सामान्यतया भन्न सकिएला । जस्तैः तपाई नेपालको सबभन्दा पुरानो पार्टी नेपाली कांग्रेसको नयाँ उर्जाशील कार्यकर्ता हुनुहुन्छ र म अहिलेको नेपालको ठूलो र नयाँ पार्टी एनेकपा माओवादीको उर्जाशील कार्यकर्ता हुँ । तपाईले आफ्नो पार्टीको दर्शनअनुसार सडक संघर्षबाट आफ्नो जीवनको उर्जाशील समय राजनीतिमा खर्च गर्नुभएको छ र मैले मेरो पार्टीको दर्शनअनुसार त्यो समय जनयुद्धको मोर्चामा खर्चिएको छु । तपाई लोकतान्त्रिक गणतन्त्रका लागि लडें भन्नुहुन्छ र म जनवादी गणतन्त्रको लागि लडें भन्छु । तपाई शान्तिपूर्ण संघर्षको कुरा गर्नुहुन्थ्यो र म सशस्त्र युद्धमा विश्वास राख्थें । तपाई समानुपातिकबाट सभासद हुनुभयो र म क्यान्टोनमेन्टभित्र बसिदिँदा देशमा केही हुन्छ की भन्ने ठानेर बसें । आज राजनीतिको चासो राख्ने सबैले सजिलै तपाइलाई चिन्न सक्छन् तर मलाई शायद एकाध कसैले मात्र चिन्ला ।

तपाई र ममा के समानता छ ? यो पनि हेर्ने कोशिस गरौं । सामान्यतया तपाईले विद्यार्थी राजनीतिवाट राजनीतिको शुरुवात गर्नुभयो र मैले पनि त्यहींबाट । तपाई राजतन्त्रको विरुद्धमा सडकमा खडा हुनुभयो, म पनि राजतन्त्रको विरुद्ध युद्धमोर्चामा खडा भएँ । तपाईले पार्टीभित्रको कु-परम्पराको विरुद्धमा निरन्तर आवाज उठाउनु भएको छ र म पनि आफ्नो पार्टीभित्र लडिरहेको छु । अबको राजनीतिमा युवाहरुको भूमिका पार्टी तथा सरकारमा अगाडि हुनुपर्छ भन्ने मान्यता तपाई राख्नुहुन्छ र म पनि त्यही मान्यता राख्छु । अबको राजनीति दक्ष र रोजगारसहितका युवाले गर्नुपर्छ भन्ने तपाई ठान्नुहुन्छ र म पनि त्यही भन्दै आइहेको छु ।

हरेक क्षेत्रमा युवाहरुको सक्रिय भूमिकाले मात्र यो देशको परिवर्तन संभव छ भन्ने मान्यता सायद हामी दुवैजना राख्छौं । सायद धेरै भिन्नता र समानतामध्य माथिका केही मुख्य कुरा हुन सक्लान् π तर, माथि उल्लेखित समानता वा असमानताका आधारमा मूल्यांकन गर्ने हो भने तपाई र मेरो वीचखासै फरक हुनु नपर्ने हो । हामीवीचको फरकमध्ये महत्वपूर्ण फरक अर्को पनि छ । गगन थापा राजनैतिक मिडियाको हिरो हो । त्यसमा कसैको दुईमत छैन । यसमा युवाहरुले गर्व गर्नुपर्छ । मेरो कुनै अपसोच छैन । तर, मेरो थप कुरा यतिमात्र हो, तपाईमात्र त्यस्तो युवा सुपरम्यान होइन, जो यो देशको राजनीतिक कायपलट एक्लैले गर्न सक्नुहुन्छ । तपाइलाई यो जानकारी हुन जरुरी छ कि तपाई बराबरका युवाहरु देशको राजनीतिमा धेरै छन् । फरक यति हो, उनीहरुका साथमा तपाइका साथमा जस्तो मिडिया छैन । अर्थात सबैले चिन्नु र सबैलाई जित्नुमा धेरै फरक छ भन्ने कुरा तपाइजस्तो वौद्धिक राजनीतिक युवा नेताले बुझ्नै पर्छ । साथसाथै देशमा विकाश भइरहेको मिडिया र आर्थिक सामाजिक रुपले पछाडि रहेको समाजको अन्तरविरोध वीचमा फरक छुट्याउनै पर्छ । अन्यथा निकै ठूला वादशाह पनि आज जंगलको बास बसेर मन्दिरको भ्रमण गर्दै समय व्यतीत गर्छन् भन्ने कुरालाई नजर अन्दाज गर्नुहँुदैन । व्यक्तिलाई चिन्नु र व्यक्तिलाई छान्नुका वीचमा आकाश र जमीनको फरक छ ।

सबभन्दा धेरै व्यक्तिलाई देखेको र सुनेको आधारमा चुनावमा जितिने हो भने आजभन्दा २० वर्ष अगाडि नै राजेश हमाल नेपालका राष्ट्रपति भइसक्ने थिए होलान । त्यो अर्कै कुरा हो । नायक फिलिम हेरेर देशलाई परिवर्तन गर्छु भन्ने सपना प्रचण्डले पनि नदेखेका होइनन् । तर, सिष्टमलाई परिवर्तन गर्न व्यक्ति महत्वपूर्ण भएता पनि आम रुपमा जनतालाई परिवर्तनको एजेण्डा जानकारी हुन अत्यावश्यक छ । कोही युवा हँुदैमा, देश बन्ने पनि होइन र कोही बुढा हुनेवित्तिकै देश बर्वाद हुने पनि होइन । मूल रुपमा आवद्ध भएको पार्टीको संस्थागत मान्यता के हो, त्यो नै देशका लागि काम लाग्ने चिज हो ।

अन्तमा, यावत कुरा गर्नुको मेरा लक्ष तपाईलाई प्रचण्ड उठ्ने चुनावक्षेत्रबाट भड्काएर प्रचण्डलाई सुरक्षित गर्नु होइन । यथार्थको धरातलमा तपाई हुनुहुन्छ भने र देशमा केही गरौं भन्ने लागेको छ भने तपाई अरुलाई पछार्ने अभियानमा नलाग्नुस् र आफु कहाँबाट जित्न सक्नुहुन्छ, त्यहीँबाट जितेर केही गर्ने सोच राख्नुस् । होइन भने तपाई आजको युवा नेता होइन, पूर्वाग्रहले ग्रसित परम्परागत सोच भएको र उमेरले मात्र युवा नेता कहलिनु हुनेछ । होइन, तपाईलाई चुनौतीमै खेलेर, दुनियाँलाई देखाएर अर्थात मिडियामा हिरो कहलिएर नै आजको युवाहरुको भुमिका राजनीतिमा पर्याप्त छ भन्ने लाग्छ भने धेरै ठूला कुरा नगरिकन मेरो जिल्ला सिन्धुपाल्चोकमा आउनुस् र कम्तिमा कांग्रेसलाई सिन्धुपाल्चोकमा जिताएर देखाउनुस् । तपाईलाई सायद धेरै मान्छेले मान्न सक्छन् । तर, तपाई कतै जाँदैमा वा आउँदैमा तपाईका पछि दगुर्ने गणेशमानजीका पालाका ‘भेडाहरु’ आज कहाँ छन् र देशमा ?

(लेखक एमाओवादीका पूर्व लडाकू कमान्डर एवं सगरमाथाका सफल आरोही हुन्)

6:36 AM | Posted in | Read More »

महिला आन्दोलन र ८ मार्च

कल्पना पौडेल,आज भन्दा १०३ बर्ष अगाडि नुर्योर्कमा समाजवादी विचारका केही साहसि महिलाहरुले आफुले काम गर्ने कारखाना सुधारको माग राखी गरेको हड्तालले बिजारोपण गरेको महिला दिवस अहिले विश्व भरिनै झाङिदै गएको छ । नारीवादी आन्दोलनका छालहरु बिभिन्न बेग र उचाई लिएर समय सापेक्ष आवाजका साथ उठिरहेका छन् । यो क्रम अहिले पनि जारिनै छ । विश्वभरिमा कुनै पनि त्यस्तो मुलुक वा क्षेत्र नहोला जहाँ महिलाको उपस्थिती नरहेको होस् । बर्सेनी मनाउँदै आइरहेको “नारी दिवस” नारी आन्दोलन तथा महिला विकास सम्बन्धी अन्य अनगन्ती कदमहरुले समाजमा आमुल परिवर्तन ल्याएको छ । भ्यान्टिना टेरेस्कोभाले झन्डै पचास वर्ष अघि भेटेको अन्तरिक्ष होस या अमेलिया अर्नहार्टले एकल परिक्रमा गरेको आधा महासागरको आकाश, फ्लोरेन्स नाईटिन्गेलले मलम लगाउन आरम्भ गरेका चोटहरु हुन् या दुई दुई वटा नोवेल पुरस्कार विजेता मेरी क्युरीले मिश्रण गरेका बैज्ञानिक प्रयोगशालाहरु हुन्, विगत सय वर्षमा महिलाका यी काम र योगदानलाई सबैले मनन गर्न थालेका छन् ।

समाजका हरेक क्षेत्रमा नारीको सहभागीता र उचाई हेर्ने हो भने अझै पनि महिला मुक्ति आन्दोलनको आवश्यकता नपर्ला जस्तो ठानिंदैन तर पनि महिला दिवस या नारीवादी आन्दोलन या महिलावर्गको हक र हितका लागि खोलिएका लाखौं सामाजिक संघ संस्थाहरुको औचित्य सकिएको छैन किनकी हाम्रो देशमा अझै पनि महिला हिंसाका घटना रोकिएका छैनन् ।

१ दाईजो नल्याएको निहुमा श्रीमान तथा परिवारका अन्य सदस्यद्वारा नारीकै हत्या ।
२ सामुहिक बलत्कारको बड्दो विकृती ।
३ छोरी जन्म्याएको कारण घरबाट निकालेर छोरा जन्माउनको लागि अर्को बिहे गर्नु
४ अल्ट्रासाउन्ड गरी हेर्दा गर्भमा छोरी रहेको थाहा पाउन साथ गर्भ पतन गराइदा छोरीको संख्या कमी हुनु ।
५ छोरीको जात हुँदा घरमा स–साना भाई बैनी हेर्नु पर्ने र काममा सघाउनु पर्ने हुँदा स्कुलमा छात्राको संख्या न्यून हुनु ।
कुनै पनि देश होस् या ठाउँ त्यहाँको परिभेस सांस्कृती या परिपाटिका अनुसार फरक परेता पनि सबै समाचारका पीडित पक्ष महिला नै रहेको पाइन्छ । विकासको हरेक क्षेत्रमा अगुवाई मानिएको आधुनिकताले बुलन्द छुन सफल अमेरिका जस्तो देशमा पनि यस्तै घटनाहरु हुने गरेको पाइन्छ । पतिद्वारा वेपत्ता सुजन पाओल या त्यसैगरी वेपत्ता पारिएकी लेसी पिटर्सन हुन् या सम्पत्तिको लोभमा परेर जघन्य हत्याको शिकार भएकी हाम्रै देशकी गीता ढकाल हुन् या कंगो या सुडानजस्ता मुलुकबाट अपहरित निरीह बालिकाहरु हुन् जसले महिलाको दुरावस्थालाई झल्काउँछन् । भारतको कलकत्ता, बम्बई, वेलायत, बैंकक, सोभियतसंघ, पोल्यान्ड लगायतका शहरमा बाध्यताबस शारिरीक व्यापारमा संलग्न युवतीहरुको व्यथाले महिला शोषणका आकार, अनुहार र परिस्थिती फरक भएपनि सबैले महिला हुनुको कुनै न कुनै तरिकाले मुल्य चुकाएकै देखिन्छ । त्यति हुँदाहुँदै त्यो समाजको आथिर्क, शैक्षिक, धामिर्क, न्यायिक, आदि तत्वहरुले पनि प्रभाव पारेको हुन्छ ।
हाम्रो हिन्दू ग्रन्थका अनुसार महिलालाई भगवानको (देवी काली लक्ष्मी दुर्गा सरस्वती आदी) दर्जा दिन्छन ममताकी खानि मानिने नारी माथि सोषण अन्याय अत्याचार हिंसा बलत्कार बोक्सीको आरोप जस्ता अमानवीय व्यबहारहरु बारम्बार भैरहने कारण अकालमा ज्यान गुमाउनु परेको हुन्छ भने नारीका गुणगान गाइने कथाहरुले हाम्रा धार्मिक ग्रन्थहरु, दन्त्यकथाहरु र यथार्थगाथाहरु भरिएका बालिंदै गएका छन् । ईतिहासका पानाहरु एकातिर विदुसी बिरङाना प्रतिमूर्ति भनेर नारीहरुको चित्रण गरिएको छ भने अर्कोतिर तिनै नारीहरुप्रतिका सोच्नै नसकिने जघन्य अपराधका परिच्छेदहरुले त्यही ईतिहास पोतने कोशिस गरिएको पाइन्छ ।

दुनियाँमा आफुले सबै भन्दा बढी माया र विश्वास गरेका आफुलाई सुरक्षित महसुश गरिएका आफ्नै ब्यक्तीबाट सबै भन्दा जघन्य अपराध भोग्न बिवस छन् नारीहरु । आफ्ना कमजोरीबाट भाग्न पुरुषजाति या समाजले कहिले बोक्सीको आरोपमा, कहिले दाईजो कमी ल्याएको आरोपमा, कहिले अलि जोडले हाँसेबोलेको आरोपमा, कहिले छोरा नजन्माएको आरोपमा महिलाहरुले शारिरीक, मानसिक, नैतिक सबै प्रकारका अमानवीय व्यवहार भोग्न वाध्य बनाएका छन् । यस्ता पीडा र अवस्थाबाट उन्मुक्ति पाउन महिलाहरुले अझै आन्दोलन सशक्त पार्नुपर्ने खाँचो छ । अर्काको कमजोरीको शिकार बनी युगौं बिताएका महिलाहरुले आत्मसम्मान र आत्मविश्वासको सबैभन्दा बलियो हतियार तथा आफूजस्तै अर्को महिलाको साथ पाउन सक्यो भने गर्न नसकिने केहि छैन । हामीले आफ्नो हक अधिकार पाउनको लागि सबै नारी एक हांै । साहस र आत्मबल जुटाएर महिला माथि भैरहेका जघन्य अपराध खास गरेर यौन शोषण र बलत्कार जस्ता घिनौना विकृतीलाई रोक्न आवाज उठायौं ।

7:02 AM | Posted in | Read More »

एनआरएनको गोरखधन्दा : झोलामा खोला

भवानी बराल-  सन् २०१२ डिसेम्बर ३० तारिखको कुरो हो । दक्षिण कोरियामा आयोजित राजनैतिक कार्यक्रमको सिलसिलामा यो पङ्तिकार राजधानी सिउल पुगेको थियो । मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवाश शाखा दक्षिण कोरियाको कार्यक्रममा सम्बोधन गरिसकेपछि म बाहिर निस्किएँ । कार्यक्रम हल बाहिरको लवीमा तँछाडमछाड गर्दै प्रवासी नेपाली दाजुभाई दिदिबहिनीहरु फारम भर्ने र पैसा बुझाउने काममा व्यस्त थिएँ । उत्साहपूर्वक रुपैया बुझाउने ताँती देखेपछि के रहेछ भनेर मलाई उत्सुकता जान्नु स्वभाविकै थियो । छेउमा पुगेर जब यो रहस्यको जानकारी भयो तब भने सबैभन्दा बढी बेबकुफ बनाउन सकिने समुदाय नेपाली नै हुँदा रहेछन भन्ने पुष्टी भयो ।

मलाई त्यहाँ हाईड्रो प्रोजेक्टमा लगानी गरेको भन्दै केहि उत्साहित हुँदै सुनाउन कस्सिएका थिए । केहि खिन्नता, पछुतो र ब्यग्रतापूर्वक यस विषयमा मेरो जबाफ खोजिरहेका थिए । यसमध्ये केहिले लबीको अर्को कुना तिर लगेर नेपालका जलविधुत आयोजनामा लगानी गर्न उचित हुने नहुने प्रश्न तेस्र्याए । मैले नेपालको विद्युत आयोजनामा लगानी गर्न नहुने कुरा गर्नु सिद्धान्तत गलत हुन्थ्यो । र नेपालको हितमा पनि हुन्थेन । तर, मैले त्यस घटनामाथि संक्षेपमा केहि भन्नै पर्ने भयो । जसले ति प्रवासी नेपालीहरुले रगत र पसिनासंग साटेको पूँजि संरक्षण हुन्थ्यो । त्यो राष्ट्रिय पूँजी संरक्षणको लागि र व्यक्तिगत हितका लागि एकै वाक्यमा यसो भनिदिएँ –‘सिद्धान्तत नेपालको विद्युत आयोजनामा लगानी गर्नु राम्रो कुरा हो, यस्तो क्षमता नेपालूीमा विकास हुनु पर्दछ, तर यतिखेर लगानी गर्नु वालुवामा पानी हाले सरह हुन्छ ।’ यति भनी सकेपछि म पुनः कार्यक्रम हलभित्र छिरेँ जहाँ मेरो भूमिका अझै बाँकी थियो ।
कार्यक्रम पछि कोठे वैठकमा कतिपय साथीहरु लगानी गर्न अनिक्षा प्रकट गरेको र कतिपयले प्राविधिक कुरा नवुझि लगानी नगर्ने विचार व्यक्त गरि फर्केको थाहा भयो । यसरी जलविद्युत आयोजनामा लगानी गर्ने नाममा एनआरएनको सम्बन्धित शाखाले विदेशमा मोटो पैसा उठाउने मेलो पाएको रहेछ । जस्को आदि र अन्त्य यसै हुन्छ भन्न सकिन्न ।

नेपालमा भएका विभिन्न अध्ययनहरुले नेपालको जलविद्युत क्षमता करिव ८५ हजार मेगावाट भएको प्रतिवेदन दिएको छ । व्राजिल पछिको दोस्रो ठुलो जलशक्ति भएको नेपालमा ६ हजार साना ठुला नदीहरु छन् । यसमध्ये अधिकांस नदीहरुकोे स्रोत उत्तरतिरका हिमालय पर्वतहरु हुन । यसर्थ अधिकांस नदी हिम नदी छन् । कोशी,, गण्डकी, कर्णाली नेपालका मूख्य धारका नदी हुन । यसमध्ये कोशीमा मात्र करिव ३० प्रतिशत पानी छ । ७० प्रतिशत पानी नेपालका अन्य नदीनालामा वितरित छ । यसरी जलविद्युतको असंख्य सम्भावना भएको र सवै पानी उपयोग गर्ने हो भने राष्ट्र विकासको मेरुदण्डनै जलविद्युत शक्ति उद्योग हुन सक्छ ।

जलविद्युत नीति र ऐन :
नेपालमा जलविधुत शक्ति उत्पादन गर्ने ऐन बहुदलीय व्यवस्थाको पूनरस्थापना पछि वनेको सरकारले पहिलो पटक २०४९ मा ल्यायो । यो कानूनलाई विद्युत एन २०४९ पनि भनिन्छ । नेपालका जल सम्पदा कसरी उपयोग गर्ने वारेमा राष्ट्रिय नीति नै नवनी ल्याएको ऐन कै कारण यो उद्योगमा लगानी अल्मलिएको छ । ऐन वनेको ९ वर्ष पछि अर्थात वि.सं. २०५८ मा जलविधुत विकास नीति त वन्यो तर नीति र ऐन को तालमेल हुन सकेन । (हेर्नुस विद्युत ऐन २०४९ र जलविद्युत विकास नीति २०५८) जलविद्युत नियमावली २०५० पनि वनेको छ । तर नीति, नियमावली र ऐनको आवश्यक तालमेल नै छैन । यसैकारण नेपालमा जलविद्युत क्षेत्रमा लगानीको अवसर भएपनि लगानी गर्नु चुनौतिपूर्ण छ । अन्य प्राविधिक अप्ठाराहरु त छँदै छ ।

सर्वेक्षण, उत्पादन, प्रसारण वा वितरण :

नेपालका जलविधुतमा लगानी सजीलो विषय हैन । कुनै कम्पनी खोलेर व्यापार गरे जस्तो छैन । मिसिन विदेशवाट ल्याएर तराईको धान कुटेर चामल बनाएर हाटबजारमा वेचेजस्तो हैन । विद्युत उद्योग स्थापनाको थुप्रै झन्जटिलो प्रक्रिया पार गर्नु पर्छ । जल विद्युत आयोजना सुरु गर्न सुरुमै नेपाल सरकारबाट सर्वेक्ष्ाँण (अध्ययन) अनुमति प्राप्त गर्नु पर्छ । त्यो सर्वेक्षण (अध्ययन ) अनुमति पत्रका सर्तहरु अनुरुप उल्लेखनीय एवम् गुणात्मक कार्य प्रगति नभए उत्पादन अनुमति सरकारले दिन्न । फेरि उत्पादन अनुमतिका लागि विद्युत खरिद सम्झौता (पि.पि.ए) गर्नु पर्छ । नेपालमा विद्युत खरिद गर्ने निकाय नेपाल विद्युत प्राधिकरण (एन.इ.ए.) मात्रै हो । प्राधिकरणसंग सम्झौता हुन सकेन भने विजुली उत्पादनको अर्थ हुन्न । प्रसारण वा वितरण गर्न पनि प्राधिकरण वाहेक अर्को उपाए छैन । किनकी प्राधिकरणको स्वामित्वमा राष्ट्रिय प्रसारण लाइन (नेसनल ग्रिड) छ ।

कुल विद्युत उत्पादन :

हजारौ मेगावाट विधुत उत्पादनको सम्भावना हँुदाहुँदै पनि विद्युत उत्पादन गर्न नसकिएका विविध कारण मध्ये नीति ऐन, नियमावलिको झन्झटले हो । व्राजिलको ब्रास पावर लि., भारतको सतलज निगम लि. चिनको थ्रि गर्जैज जस्ता ती देसका सरकारी स्वामित्वका निगमहरुले समेत विद्युत सर्वेक्षण अनुमति लिएर पनि काममा उल्लेखनीय प्रगति गर्न नसकेको तितो यथार्थ हाम्रो सामु छ ।
हालसम्म नेपालमा कूल विद्युत उत्पादन ७०५.४८ मेगावाट मात्रै छ । यसमध्ये नेपाल विद्युत प्रधिकरणले ४७७.५४ मेगावाट पानीवाट र ५३.४१ मेगावाट थर्मल प्लाण्टबाट उत्पादन गर्छ । निजि क्षेत्रले १७४.५३ मेगावाट विधुत उत्पादन गर्छ । पानीवाट ६५२.०७ मेगावाट कूल विद्युत उत्पादन हुन्छ । नेपालले पानीवाट विजुली उत्पादन गरेको एक सय वर्ष पुगिसकेको छ । विजुली उत्पादन गर्ने एसियाकै दोस्रो राष्ट्र नेपाल हो । तर सय वर्षमा हाम्रो उत्पादन एक हजार मेगावट पनि पुगेको छैन । यी सवे हुनका पछाडि नेपालको अस्थिर राष्ट्रिय राजनीति, जलनीति, ऐन र पानीमाथिको जलमाफियाको चलखेल मुख्य कारण हो ।

 एनआरएन कोरिया र विद्युत आयोजना :
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कोरीया (एनआरएन कोरीया)ले इन्भेष्टमेण्ट कम्पनीको नाममा यो रकम बटुलेको हो । एनआरएन सदस्यले मात्र लगानी गर्न पाउने नियम राखेर कम्तिमा एक लाखदेखि माथि जतिपनि नेपाली रुपैया उठाउँदै आएको छ । यसैवर्षको जनवरी महिना भित्र जलविद्युत परियोजनाको सर्वेक्षण गरिसक्ने र त्यस्तो परियोजना २५ देखि ३० मेगावाट बराबरबाट सुरु गरी प्रोजेक्ट थप्दै लैजाने सार्बजनिक गरेको छ । हो यहिँनेर आएर प्रश्नहरु उब्जेको छ, एनआरएनुले नेपालमा जलविद्युत सम्बन्धि कुनै पनि परियोजना पाएको छैन भन्ने यहिँबाट पुष्टी हुन्छ । नत्र उसले सिधै कुनै जल परियोजनाको नाम दिएर सेयर आह््वान गर्न सक्दथ्यो । बीचमा इन्भेष्टमेण्ट कम्पनीको नाम ल्याईरहनु पर्ने जरुरत थिएन । यसरी अमुर्त इन्भेष्टमेण्ट कम्पनी अगाडि सारी रहनु पर्दैन थियो । इन्भेष्टमेण्ट कम्पनीको हैसियत के हो ? कहाँ कुन देशमा कुन कानून अन्तरगत दर्ता छ ? यो कम्पनीको कानूनी आधार के हो ? यसमा संकलन गरिएको रुपैयाको वित्तिय जमानत कहाँ छ ? एनआरएन त गैर आवासीय नेपालीहरुको हकहित हेर्ने संस्था मात्रै हो । यसले संसारभरका व्यक्तिहरुबाट उठाएको वित्तिय जमानत बोक्ने हैसियत राख्न सक्छ ? नेपालको संक्रमणकालीन राष्ट्रिय राजनीतिले निकास नपाएको यो अबस्थामा धमाधम रुपैया ऐँठनु पछिको रहस्य निकै अर्थपूर्ण छ । गैर आवासीय नेपालीहरुको नेपालमा कस्तो हैसियत हुने केही ठेगान छैन । दोहोरो नागरिकता वा गैर आवासीय नेपालीलाई नेपालले दिने सेवासुविधा द्विविधामा छ । वर्तमान कम्पनी ऐन अनुसारनै उनीहरुले लगानी गर्नसक्ने वातावरण नभएको गुनासो एनआरएन कै नेताहरुको छ । अहिलेकै हैसियतमा जलविद्युतमा गैरआवासीय नेपालीहरुले लगानी गरेर पार लगाउने भए ुुपूर्व एनआरएन अध्यक्ष उपेन्द्र महतोको सानीमा हाईडोपावर कम्पनीले विसं २०६२ साल वैशाख २९ गते अनुमति पाएको १३.४०० मेगावट क्षमताको माइखोला परियोजना कहाँ पुगेको छ ? यस्तै अपर तमोर १०० मेगावाटको ०६३ पुष १३ गते सानीमा हाइडो पावर कम्पनी प्रालिले सर्बेक्षण अनुमति पाएको थियो । यी दुई परियोजनाको हालत बुझे सबैको आँखा खुल्छ । यी त प्रतिनिधि उदाहरणमात्र हुन । यस्ता उदाहरण दिँदै जाने हो भने एउटा लामो फेहरिस्त नै बन्छ ।

रहलपहल :

नेपालको संक्रमणकालीन राज्य व्यवस्थाको कारण मुलुकको अवस्था गएगुज्रेको छ । सामाजिक अराजकता बढ्दो छ । निर्वाचित निकाय छैन । निर्वाचन हुने छाँट पनि छैन । यस्तो बेलामा दीर्घकालीन महत्वको काम गर्न यसै पनि फलामको च्युरा चपाउनु सरह हुन्छ । कानूनी शासनको अभाव, सामाजिक अराजकता, विधिविधान निर्माण नै नभइराखेको यो बेलामा रगत र पसिनासंग साटेको सानो पूँजी लगानी गर्नुलाई मैले माथि बालुवामा पानी खन्याउनु जस्तै हो भनेको हँु । नेपालको अपार जलसम्पदा प्रकृतिले दिएको अनुपम उपहार हो । तर, यो उपहारलाई यस्तै बेलामा हात हाल्न पाए झोलामा खोला हाल्ने कसैको कुत्सित उद्धेश्य हुँदो हो । त्यसैले उनीहरु यस्तै संक्रमणकाललाई स्वर्ण युग ठान्छन । आखिर सोभियत संघ विघटन हुँदा त्यहाँको संक्रमणको फाइदा उठाएका कथित गैर आवासीय नेपाली नेताहरुले नेपालको संक्रमणको फाईदा जलविद्युत आयोजनाको नाममा गर्न खोजेको तथाकथित कारोबार पनि त हुनसक्छ ।
 (नेपालका टाईकुन अखबारले यो लेखोट प्रकाशित गर्ने साहस देखाउन सकेनन् । अतः सामाजिक सञ्जालमार्फत यो लेखोट आम पाठकमाझ सार्वजनिक गर्न चाहान्छु । यो लेखोटलाई जो कोहिले साभार, सेयर, प्रकाशन गर्न सक्नु हुनेछ ।
- भवानी बराल


5:22 AM | Posted in | Read More »

‘सुन्दरी प्रतियोगिता’का विरोधका कारणहरू

निनु चापागाई‘सुन्दरी प्रतियोगिता’को विरोध गर्नु कुनै पनि किसिमको सौन्दर्यको विरोध गर्नु होइन । तर कतिपय मानिसले भने सौन्दर्यकै विरोध गरेको हो भनेर उल्टै विरोध गरेको पाइन्छ । नेपालका नारी लगायत सबै मानिसहरू सुन्दर बन्न सकून् हामी सबैको आन्तरिक चाहना यस्तै रहेको हुन्छ । तर कथित सुन्दरी प्रतियोगिताका पक्षपातीहरूले देखाउने गरेजस्तो मानिस सुन्दर हुनका निम्ति बाहिरी आकृति र रूप सुन्दर हुनु मात्र पर्याप्त हु“दैन । मान्छे सुन्दर हुनका लागि आन्तरिक सौन्दर्य अनिवार्य हुन्छ । किनभने मानिस कुनै व्यवहारोपयोगी सामान र प्राकृतिक वस्तु होइन । ऊ सामाजिक प्राणी हो । बाहिरी रूप र आन्तरिक सौन्दर्यको समन्वयले मात्र कुनै पनि मानिस सुन्दर मानिने हो । आन्तरिक सौन्दर्यको प्राथमिक महŒव किन हुन्छ भने खराब विचार राख्ने र त्यस्तो काम गर्ने मानिस झट्ट हेर्दा जतिसुकै राम्रो देखिए पनि समाजले त्यस्तो मानिसलाई सुन्दर मान्न सक्तैैन । असल विचार, नैतिक निष्ठा, सद्गुण र सकारात्मक सामाजिक  भूमिकाका आधारमा मात्र कुनै पनि मानिसलाई सुन्दर मान्न सकिन्छ । आन्तरिक सौन्दर्यको प्रस्फुटनका निम्ति व्यक्तिको चौतर्फी र सामञ्जस्यतापूर्ण विकास हुनु अनिवार्य हुन्छ । मानिसमा भएका सम्पूर्ण सृजनात्मक क्षमताले प्रस्फुटित हुने मौका पाएको खण्डमा मात्र आन्तरिक सौन्दर्यले पूर्णता प्राप्त गर्न सक्तछ । 

   
मानिसमा भएका सृजनात्मक क्षमताको विकास राम्ररी हुने अवस्था त्यतिखेर मात्र आउन सक्तछ जतिखेर समाजमा  आर्थिक, राजनीतिक एवम् सांस्कृतिक स्वतन्त्रताको वातावरण हुन्छ । शोषणबाट मुक्त श्रम भएको खण्डमा मात्र मानिसमा भएका सृजनात्मक क्षमता र प्रतिभाहरूले प्रकट हुने मौका पाउन सक्तछन् । बाध्यता र सांसारिक आवश्यताबाट निर्धारित श्रमको अस्तित्व रहुन्जेल अर्थात् बिहान बेलुकीको हातमुख कसरी जोर्ने र परिवारको भरणपोषण कसरी गर्ने होला भनेर चौबीसै घन्टा चिन्ता लिनुुपर्ने अवस्था रहुन्जेलसम्म मानिसले आफूमा रहेका सृजनात्मक क्षमता र प्रतिभालाई बाहिर ल्याउन र तिनलाई उजिल्याउन एकदमै गाहारो हुन्छ । कथित सुन्दरी प्रतियोगिताको मुख्य उद्देश्य नै बाध्यता र सांसारिक आवश्यकताबाट निर्धारित श्रमलाई स्थायित्व दिने र त्यसलाई सुदृढ बनाउने आर्थिक–राजनीतिक स्वार्थलाई संरक्षण गर्नु रहेको छ । शोषणमा आधारित सामाजिक आर्थिक व्यवस्थालाई दरिलो बनाउने नियतका कारण कथित सुन्दरी प्रतियोगिताले सामूहिक रूपबाट मानिसहरूलाई आन्तरिक सौन्दर्यको प्रस्फुटनको दिशामा जान नदिन नियोजित रूपले भूमिका खेल्ने गरिरहेको छ । त्यसैले यो यथास्थितिलाई कायम राख्ने शासक वर्गको स्वार्थबाट प्रेरित मनमोहक बनाउन खोजिएको एउटा नौटङ्की मात्र हो । वास्तवमा सुन्दरी प्रतियोगिताको नाममा सौन्दर्य विरोधी गतिविधि हो यो । कथित सुन्दरी प्रतियोगिताको विरोध हुनुको आधारभूत कारण यही नै हो ।

 
यस अतिरिक्त यसको विरोध किन भैरहेको छ भने यसले प्रकृति प्रदत्त मानिसको बाहिरी बनोट र रूपको प्रतिस्पर्धा गराउ“छ । जन्मजात पाइएको यस्तो बाहिरी रूप प्रतिस्पर्धाको विषय नै हुन सक्तैन । सुन्दरी प्रतियोगितामा बौद्धिकता एवम् प्रतिभाको पनि प्रतिस्पर्धा हुन्छ र त्यसैका आधारमा सुन्दरी चयन गरिन्छ भन्ने जे जति चर्चा गर्ने गरिएको छ त्यो  औपचारिक र देखाउने चालबाजी बाहेक अरू केही होइन । ‘विश्वसुन्दरी प्रतियोगिता’को इतिहासका बारेमा अलिकति मात्रै ध्यान दिनासाथ के बुझ्न कठिन हु“दैन भने नारी मुक्तिवादीहरू तथा स्वतन्त्रता एवम् समानता प्रेमीहरूको विरोधलाई सामना गर्न नसकेपछि यसका आलोचकहरूको मुख टाल्न हाजिरी जवाफको कार्यक्रम बौद्धिकताका रूपमा आयोजकहरूले समावेश गरेको टालटुले उपाय मात्र थियो । यो बौद्धिकताको परीक्षण नभएर बौद्धिकताको उपहास मात्र हो । यस तर्कलाई अहिले  यसका पक्षपातीहरूले समेत स्वीकार गरिरहेका छन् । बौद्धिकताभन्दा नाफाको नाटकीय खेल यसमा बढी हुन्छ भन्ने तथ्य नेपालकै सुन्दरीहरूले गलत उत्तर दि“दादिंदै पनि विजयी बन्नु र भारतीय युवती प्रियङ्का चोपडाले सबैजसो प्रश्नको जवाफ गलत दि“दा समेत ‘विश्वसुन्दरी’ हुनुले प्रमाणित गरिसकेकै छ । दुई तीन मिनेटमा कुनै व्यक्तिको बौद्धिकताको परीक्षण हुन सक्छ भन्ने ठान्नु मूर्खता बाहेक अरू केही होइन । तत्काल हाजिर जवाफ दिन सक्ने मानिस बौद्धिक नै हुन्छ भन्ने केही छैन ।    

   
यसको विरोध हुनुको अर्काे महŒवपूर्ण कारण चाहि“ आर्थिक स्वार्थ र नाफाका लागि मञ्चन गरिएको नाटकलाई अर्थात् मोडेल उत्पादन प्रक्रियालाई सुन्दरी प्रतियोगिता भनेर छलछाम गर्नू हो । ‘सुन्दरी प्रतियोगिता’को वास्तविक र एक मात्र उद्देश्य व्यापारीका उपभोग्य सामानका लागि विज्ञापनमा राखिने मोडेलको चयन गर्नु मात्र हो । यसमा सौन्दर्यको खोजी गर्ने मानसिकता कत्ति पनि देखिदैन । तर सुन्दरी प्रतियोगिताका आयोजकहरू भने नारीहरूलाई अवसर दिनका लागि नै सुन्दरी प्रतियोगिता गरिएको भन्ने हास्यास्पद कुतर्क सार्वजनिक रूपमै निर्लज्जताका साथ प्रस्तुत गर्ने धृष्टता गरिरहेका छन् । 

   
यसको विरोध हुनुको अर्काे महŒवपूर्ण कारण के हो भने यसले मिहिन र परिष्कृत किसिमले नारीहरूलाई बेचबिखन गर्ने परिपाटीलाई दरिलो बनाउ“छ र त्यस्तो परिपाटीलाई वैधता प्रदान गर्दछ । अर्काे शब्दमा यस प्रतियोगिताले नारीलाई उपभोगको साधन वा वस्तुमा रूपान्तरण गर्दछ । यो नारीहरूमाथि पुरुषको प्रभुत्व स्थापित गर्ने अर्काे एउटा नया“ चाल हो । नारी स्वतन्त्रता एवम् समानताको पक्षमा युगौंदेखि सङ्घर्ष गरिरहेका नारीहरूले धेरै अघिदेखि यसको विरोध गर्दै आइरहेका छन् । सुन्दरी प्रतियोगिता नारी स्वतन्त्रता र समानताको यस किसिमको आन्दोलनको लक्ष्यका विरुद्ध नै अघि सारिएको छ र एउटी कथित सुन्दरी हुनासाथ यस्तो स्वतन्त्रता र समानता पाउन सकिन्छ, थुप्रै अवसरहरू नारीले पाउन सक्छन् भन्ने खालको एकदमै व्यक्तिवादी सोचलाई बढावा दिने काम यसले गरिरहेको छ । यस्तो प्रतियोगिताले यौन र आर्थिक सम्बन्धलाई छ्यासमिस र विकृत पार्ने काम गरेकाले पनि यसको विरोध हु“दै आएको हो । प्रतियोगितामा विजय गराइएकी कामोत्तेजक मानिने युवतीको देह विज्ञापनमा समावेश गरिन्छ र यस्तो विज्ञापनमा प्रचारमा ल्याइएको मालसामान किन्न मानिसहरूलाई लालायित बनाइन्छ । पुरुष हैकमवादको मनोविज्ञानलाई यहा“ कार्यरूप दिने चाल स्वतः देख्न सकिन्छ । प्रतियोगितामा विजयी उमेदवारको देहलाई विज्ञापनमा उपयोग गर्दै बढीभन्दा बढी विलासिताका सामान मानिसहरूले बटुलून् वा किनून् भनेर विलासी वस्तुलाई यौनाकर्षणस“ग जोड्ने प्रयत्न प्रायोजकहरूले गर्दै आएका छन्  ।

  
प्रतियोगिताको नाटक मञ्चनद्वारा एकाध जनालाई कथित सुन्दरीका रूपमा प्रचार–प्रसार गरेर आम नारीहरूमा आफू त्यत्तिकै सुन्दर नभएको हीनभावना प्रायोजक–आयोजकहरूले उमार्दछन् र नारीको यस हीन भावनालाई शोषण गरेर विभिन्न किसिमका सौन्दर्य प्रसाधन र फेसनमा लिप्त हुन नारीहरूलाई बाध्य पार्दछन् । नारीहरूको सौन्दर्य प्रसाधन लगाउने कि नलगाउने भन्ने र प्रचलित फेसनबाट मुक्त रहने निजी अधिकारमाथि यस्ता मनमोहक विज्ञापन र सुन्दरी प्रतियोगिताले प्रत्यक्ष हस्तक्षेप गर्दछन् । स्वेच्छाले सौन्दर्य सहायकका रूपमा सौन्दर्य प्रसाधन र फेसन गर्न पाउने अधिकारमाथि हस्तक्षेप गर्ने यस्तो प्रवृत्तिको तीव्र विरोध ्अमेरिकी समाजशास्त्री र अमेरिकाको १९७२ को राष्ट्रपति पदको एक उमेदवार एभ्लिन रीडले गरेकी छन् । उनका शब्दमा ‘का“चो मासुका नाफाखोरहरू’ ले बजारमा पठाएका सौन्दर्य प्रसाधन, फेसन एवम् शारीरिक सुगठनका सामानहरू किन्नैपर्ने सामाजिक बाध्यता निर्माण गरिन्छ र नारीहरूलाई अनन्त शोषणको माखेसाङ्लोमा पारिन्छ । आफूखुसी सौन्दर्य सहायकका रूपमा इच्छानुसार नारीले फेसन वा सौन्दर्यप्रसाधनको उपयोग गर्नु र सुन्दरी देखिनका लागि बजारमा नाफाखोरले फैलाएका सामानहरू किन्नैपर्ने सामाजिक बाध्यतामा परेर सौन्दर्य प्रसाधन र फेसनलाई अपनाउनु एउटै कुरो होइन । ‘सुन्दरी प्रतियोगिता’को विरोधको हुनुको एउटा प्रमुख कारण यो पनि रहेको छ ।

 
नेपालमा हुने सुन्दरी प्रतियोगिता विश्वसुन्दरी प्रतियोगितास“ग गा“सिएको छ । विश्वसुन्दरी वा व्रह्माण्डसुन्दरी प्रतियोगिताको प्रमुख उद्देश्यमध्ये एक संसारभर सौन्दर्यसम्बन्धी विकृत र भ्रामक विचार फैलाउनु पनि हो । बाहिरी सौन्दर्यलाई अतिशय महŒव दिएर भित्री सौन्दर्यलाई उपेक्षा गर्नु, बाहिरी सजधज नै सबै थोक हो भन्ने मानसिकता विकसित गर्नु, अनुभवहीन, शारीरिक श्रम नगरेकी, कुमारी युवती मात्र सुन्दरी हुन्छे भन्ने भ्रम सृजना गर्नु, पश्चिमी सौन्दर्यको मापदण्डलाई संसारका सबै देशका नागरिकहरू र विशेषतः नारीहरूमा थोपर्ने काम गर्नु यसभित्र पर्र्दछन् ।

‘विश्वसुन्दरी प्रतियोगिता’का संस्थापक एरिक मोर्लेले के स्वीकार गरेका छन् भने ‘सुन्दरी प्रतियोगिता’को मानदण्ड हडिउडले गर्दछ । उनको भनाइमा अफ्रिकी देशका परीक्षकहरूले समेत अमेरिकी मान्यता अनुरूप निर्णय दिने गर्दछन् । विश्वसुन्दरी मानिएकी भारतीय अभिनेतृ ऐश्वर्या रायाले पनि आफू प्रतियोगितामा विजयी भएकै पश्चिमी रूपरड्ड भएर हो भन्ने घोषणा गरेकी थिइन् । सौन्दर्यलाई सबै देश र ठाउ“मा निरपेक्ष रूपले एक समान मानिंदैन । यसलाई फरक फरक ढड्डले र तरिकाले लिने गरिन्छ । तर साम्राज्यवादीहरूले संसारभर सौन्दर्य एउटै र उस्तै हुन्छ भनेर आफ्नो खालको सौन्दर्यको मानदण्ड सबैतिर थोपर्न खोजिरहेका छन् । त्यही स्वार्थलाई नेपालमा हुने सुन्दरी प्रतियोगिताले पनि संरक्षण गरिरहेको छ ।

   
सौन्दर्यको मूल विशेषता भनेको विविधता हो । संसार वा मानव जीवन किन सुन्दर छ भने यहा“ एकरूपता नभएर विविधता छ । सौन्दर्यको यस विविधतालाई सुन्दरी प्रतियोगिताले पश्चिमको एउटा वर्ग विशेषको सौन्दर्य सम्बन्धी दृष्टिकोणलाई निरपेक्ष रूपमा संसारभरि थोपरेर नष्ट गर्दछ र एकनासे समरूपता फैलाउ“छ । एभ्लिन रीडका शब्दमा सुन्दरी हुनेहरू पीठाको डल्लामा घोलिएका चिनीका सेता डल्लामात्र हुन् । चाहे मिस भेनेज्वेला होस् वा मिस तान्जानिया सबै एकसमान देखिन्छन्, तिनमा कुनै विविधता पाइ“दैन । वास्तवमा सौन्दर्य सम्बन्धी सवालमा मात्र होइन अरू थुप्रै कुरामा समेत एकनासेपनको विस्तार गर्नु अर्थात् एउटै रुचि, एउटै खानपान, एउटै भेषभूषा, एउटै सोच आदि निर्माण गर्नु उपभोक्तावादी संस्कृतिको विशेषता मानिन्छ । नेपालमा हुने यस प्रतियोगिताले पनि गर्न खोजेको चाहि“ त्यही नै हो ।   

   
यी सबै कारणले गर्दा सुन्दरी प्रतियोगितालाई सांस्कृतिक साम्राज्यवादको उपकरण मानिन्छ । यसले उपभोक्तावादी संस्कृतिलाई विश्वभर फैलाउने काम गर्दछ । यौन, यौन छाडापन, कामुकता, हिंसा, समाजका समस्याबाट विमुखता, पैसा र वस्तुहरू थुपारेर जीवन सपार्ने एक मात्र आकाङ्क्षा, आत्मकेन्द्रितता, क्यारियरलाई नै सबै थोक मान्ने खालका विचार र संस्कृतिको  निर्माण उपभोक्तावादी संस्कृतिको विशेषता हो । सुन्दरी प्रतियोगिताले पनि यी कुराहरूको निर्माणमा सहयोग पु¥याउ“छ । सारमा यसले जीवनका हरेक पक्ष, मानिस, उसको शरीर र मानवता समेतलाई उपभोग्य वस्तु मात्र मान्दछ  र मानिसलाई कुरूपतातिर धकेल्ने काम गर्दछ । हामीले व्यवहारमै देखिरहेका छौं– यसले सतही अनुहार र बिक्री योग्यताका आधारमा मानव जीवनको मूल्य खोज्न प्रेरित गर्ने काम गरिरहेको छ ।

   
‘सुन्दरी प्रतियोगिता’को यस्तो भयावह रूपलाई नबुझेर केही मानिसहरू यसको सुधारको कुरो गरिरहेका छन् । सुन्दरी प्रतियोगिताको न उद्देश्य राम्रो छ, न कथित सुन्दरी छान्ने विधि प्रक्रिया उचित छ, न त यसबाट निस्कने परिणामहरू नै सुन्दर छन् । कुनै चीज उद्देश्य, विधि प्रक्रिया र परिणाम तीनवटै आधारमा खराब छ भने त्यसलाई सुधार गर्न सकिन्छ भनेर सोच्नु सर्वथा निरर्थक  कुरो हो । मेरो दृष्टिमा सुन्दरी प्रतियोगिता कुनै पनि हालतमा सुन्दरी प्रतियोगिता नै होइन । कथित सुन्दरी प्रतियोगिताले भूमण्डलीकृत आर्थिक राजनीतिक उद्देश्यलाई नै पूर्ति गर्ने काम गर्दछ । यो खुला बजार अर्थतन्त्र, उदारीकरण, ढा“चागत समायोजन र वित्तीय पु“जीको खेल मात्र होे ।

   
कथित सुन्दरी प्रतियोगितामा पहिले विजयी भएका केही युवतीहरूले एकातिर यसलाई भूमण्डलीकरणस“ग गा“स्ने र अर्कातिर यसले नारीहरूको हित गर्ने एकदमै अविश्वसनीय तर्क अघि सार्ने गरेका छन् । भूमण्डलीकरण छेउकुनामा फ्या“किएका विश्वकै सबै समुदायको ‘मृत्युको घोषणा’ हो भन्ने विचारले आज विश्वभर मान्यता पाइसकेको छ र यसको विरोध पनि विश्वव्यापी रूपमै भइरहेको छ । नेपालका नारीहरू पनि छेउकुनामा पु¥याइएका समुदायकै पङ्क्तिभित्र पर्दछन् भने यसबाट नारीहरूको हित हुन नसक्ने कुरो घाम जत्तिकै छर्लड्ड छ । 

  
कथित सुन्दरी प्रतियोगिताले नारीको व्यक्तित्व विकास हुन्छ, प्रतिभा विकास गराउ“छ र आत्म विश्वास जगाउ“छ र विभिन्न किसिमका अवसर प्रदान गर्दछ भन्ने जे जति तर्क अहिले भैरहेका छन् ती प्रतियोगिताभित्र रहेको कुरूपतालाई लुकाउने आवरण मात्र हुन् भन्ने प्रस्ट छ । यो प्रतियोगिता नारीकै स्वार्थका विरुद्ध पितृसत्तात्मक प्रभुत्व वा हैकमलाई निरन्तरता र बढावा दिनका लागि हुने गरेको छ । त्यसैले यसबाट नारीहरूको भलाइ हुन्छ भन्ठान्नु हास्यास्पद सोच मात्र हो । निश्चय नै प्रतियोगितामा विजयी हुने एकाध युवतीले यसबाट कतिपय अवसर र लाभ पाएका हुन सक्तछन् । तर यसरी विजय हासिल गर्ने एक जनाको स्वार्थलाई नै सबै थोक मान्ने विचारले नितान्त व्यक्तिवादी, उपभोक्तावादी संस्कृति र चिन्तनकै प्रतिनिधित्व गर्दछ र त्यसलाई नै लाभ पु¥याउने काम गर्दछ ।  

   
नेपालमा नारीहरूले अवसर नपाउनु, उनीहरूको व्यक्तित्व विकास नहुनुमा समाजको पितृसत्तात्मक शोषण–उत्पीडन सबैभन्दा बढी जिम्मेवार छ । पुरुषको उत्पीडन कायम राख्नकै निम्ति सुन्दरी प्रतियोगिता हुने अनि यसले नारीहरूलाई अवसर प्रदान गर्दछ भनेर ढा“ट्ने कुरो निर्लज्जता बाहेक केही हुनै सक्तैन । पैतृक सम्पत्तिमा अधिकार लगायत शिक्षा, रोजगारी, स्वास्थ्य, राजनीतिक सहभागिता जस्ता विषयमा विशेष अधिकार वा आरक्षणले मात्र नारीहरूलाई वास्तविक अवसर प्रदान गर्न सक्तछ । यस चिन्तनलाई आफ्नो जीवनको लक्ष्य बनाएर नेपालका नारीहरूले आन्दोलन चलाएको धेरै दशक भैसकेको छ । तर सुन्दरी प्रतियोगिता गराउने वा यसमा भाग लिने दुवैले यसका लागि न आवाज उठाएको पाइन्छ न त केही गरेकै देखिन्छ । अनि एकाध व्यक्तिले पाएको अवसरलाई आधार बनाएर यसलाई अतिरञ्जना साथ होहल्ला गर्नुको कुनै औचित्य छैन ।

   
कथित सुन्दरी प्रतियोगिताको मुख्य उद्देश्य नाफा र विज्ञापनका लागि मोडेलको खोजी गर्नु नै हो, नारीलाई अवसर प्रदान गर्नु होइन । मोडेल खोज्ने प्रक्रियामा प्रतियोगितामा प्रलोभन र निजी स्वार्थका केही कुरा राखेर यसलाई आकर्षक रूप दिन सकेको खण्डमा मात्र नारीहरू यसको पक्षमा तानिन सक्ने भएकाले आयोजक–प्रायोजकले यस खालका अनेकौं उपाय अपनाउने गरेका छन् । यसरी आकर्षित गर्ने क्रममा कसैले व्यक्तिगत रूपले अवसर पाउ“छ, वा कसैको केही भलाइ नै भइहाल्छ भने पनि यो नितान्त गौण कुरो हो । गौण कुरोलाई अतिरञ्जित रूपले प्रस्तुत गरेर यसको वास्तविक पक्षलाई बेवास्ता गर्नु उपभोक्तावादी संस्कृति एवम् सोचकै परिणाम हो ।

   
त्यसैले सुन्दरी प्रतियोगिताको बारेमा सजग भएर यसका विरुद्ध क्रियाशील हुनु नै सचेत युवाहरूले आफ्नो दायित्व बनाउनु आजको समयको माग हो

7:27 PM | Posted in | Read More »

सम्बन्ध विच्छेद समस्या कि समधान ?

आधुनिक फुर्सदका महिलाहरु बसेर रमाईला कुराहरु गरिरहेका थिए, यत्तिकैमा एकजना महिलाले गम्भिर भएर भनिन भोलि मेरा श्रीमानको जन्मदिन छ के उपहार दिने होला ? महिलाहरु मध्ये केहीले एक मुख भएर भने डिर्भोस (सम्बन्ध विच्छेद) देन भनेर गलल हाँसेर जवाफ दिए, वास्तवमा त्यो जोक्स थियो तर अहिले सम्बन्ध विच्छेद जसरीे जोक्स बनेको छ त्यसै गरि व्यवहारमा पनि दिन प्रतिदिन गाउ समाजमा बढि रहेको छ । सम्बन्ध विच्छेद अहिले नेपालमा आधुनिक समस्य भएको छ । सम्बन्ध विच्छेद प्राचिन समय देखिनै चलि आएको कानुनी प्रावधान हो तर विगत केही वर्ष देखि बढि आएको दिनानुदिन बिक्राल बन्दै गएको छ ।

सम्बन्ध विच्छेद लोग्ने र स्वास्नी बीच सामाजिक परम्परा र कानुन बमोजिम विवाहबारीबाट जोडिएको नाता कानुन सम्मत  लोग्ने स्वास्नीको नाताबाट अलग रहनु हो । सम्बन्ध विच्छेद समधान की समस्या अहिले यो द्विविधाको विषय बन्न थालेको छ । केही समय अघि यो ठूलो कलकं मानिन्थ्यो । तर आजकाल यो अति सामान्य लेनदेन जस्तो मुद्दा बनेको छ । कानुले सम्बन्ध विच्छेद गर्नलाई ऐन नियमा बनाईदिएको छ जसमा लोग्ने, स्वास्नी कुन कुन अबस्थामा सम्बन्ध विच्छेद गर्ने भन्ने कुरा स्पष्ट रुपमा निर्दिष्ट गरेको छ । तर अहिले गरिने सम्बन्ध विच्द्धछेद कानुनुले निर्दिष्ट गरेको आयम भन्दा भिन्दै किसिमले हुने गरेको छ । जसले समाज र परिवारमा नकरात्मक असर पार्न थालिसकेको छ । अदालतमा हुने सम्बन्ध विच्छेदको फिराद अध्ययन गर्दा कस्तो देखिन्छ भने सम्बन्ध विच्छेद केही पनि होईन, जुन जहिले र जुनसुकै अबस्थामा पनि गर्न सकिन्छ, अदालतमा हुने सम्बन्ध विच्छेद मुद्दाको प्राया जसो फिराद पत्रमा देख्न आएको कारक अति भन्दा अति सामान्य जसले सम्बन्ध विच्छेद जस्तो ठूलो अभ्यास गराउन सक्छ भन्ने कुरा कल्पना पनि गर्न सकिदैन, जसमा श्रीमान/श्रीमतीको फोनमा अरुको फोन आउनु, मिसकल हान्नु, घर ढिला आउनु, समयमै खबर नगर्नु, कुनै सामान्य चिजको जानकारी नगराउनु, अरुको कुरामा लागि आधारहिन हल्ला सुन्नु, निराधार कुरालाई माध्यम बनाउनु आदी जस्ता अति सामान्य कारक तत्व छन जसले सम्बन्ध विच्छेद जस्तो दीर्घकालिन समस्य निम्ताउछ ।

अहिले यसरी विक्राल बनेको सम्बन्ध विच्छेद महिलाहरुको हकमा केन्द्रि भई गरेको निर्णयको प्रतिफल हो भन्न कत्ति पनि अत्युक्ति नहोला । प्राचीन समयमा महिलाहरुले अनेक बाधा व्यवधान सहनु पर्ने, कानुनको यथोचिन प्रयोग लाई सामाजिक कलंकको रुपमा लिईनु, महिला शिक्षा देखि टाढा रहनु जस्ता कुराहरुले महिलाहरुलाई यस कुराबाट अलि टाढा राखेको थियो । जसले गर्दा सम्बन्ध विच्छेद आवश्यकता पर्दा समेत गर्न सक्दैनथे यो दु:खको कुरा थियो । त्यसैको फलस्वरुप यसलाई परिमार्जित गरेर महिलाको हकमा अलि शक्तिशाली कानुन बनायो र अहिले समाजमा दिन प्रतिदिन अभ्यास भइृ रहेको छ । सम्बन्ध विच्छेद वास्तवमा समधान हो, तर अहिले जुन रुपमा बढ्दै गैरहेको छ यो समधान नभएर समस्या हो । विवाह बन्धनमा बाधिनु सानो र सामान्य कुरा होईन यसरी पवित्र बन्धनमा आफ्नो पक्षलाई मात्र ध्यान दिएर गरिने सम्बन्ध विच्छेदको असर कहाँ र कहिले सम्म पार्छ भन्ने कुरा यो गर्नुले सोच्नु पर्छ, यसैको लागि एउटा प्रसंग जोडन चाहन्छु, जिल्ला अदालत अर्घाखाँचीमा सम्बन्ध विच्छेद गर्न आएका एकजोडी मध्ये लोग्ने चाही रोईरहेको थियो, श्रीमतीले बाहिर गेटमा बसेर आफन्त संग कुरा गर्दै थिईन, पहिला सबैले सम्बन्ध विच्छेद गर भनेर मैले सम्बन्ध विच्छेद गर्ने सोच बनाए, अहिले कसैले पनि नगर भन्छन, तर मैले जे भो भो, अब मैले सम्बन्ध विच्छेद गर्छु, जे गर्छु ठीक गर्छु भनेर भनीन ।  यो कुरा सोच्नु पर्ने बाध्यता भई सकेको छ, सम्बन्ध विच्छेद श्रीमान र श्रीमतीले मात्र गर्न सक्दैनन यसमा अरु आफन्तहरुको पनि बढ्दो हात हुन्छ तर असर भने आफूलाई र आफ्ना परिवारलाई मात्र । सम्बन्ध विच्छेद गरि सके पछिको अबस्थाको बारेमा सायद थोरैले सोच्ने गर्छन जस्तो लागेको छ । दुवै जनाको सम्बन्ध विच्छेदले धेरैलाई असर पारेको हुन्छ, जहाँ घर, माईत, ससुराल, छर छिमेक र समाजमा । अहिलेको सम्बन्ध विच्छेदको मुख्य कारक तत्व भनेको विदेशी पैसा (रेमीटान्स) बनेको छ भन्दा पनि हुन्छ । श्रीमान घर श्रीमती र छोरा छोरीको लागि विदेश जान्छ, श्रीमानले विदेशमा दु:ख गरेर धन पैसा कमाई पठाउछ, श्रीमतीलाई अब पैसाको आवश्यकता पर्न छोडी उसलाई श्रीमानको आवश्यकता पर्छ त्यसमा केही पुरुषहरु यसैको पर्खाईमा कुरेर बसी रहेका हुन्छन । उनीहरुको जालमा यस्ता खाले महिलाहरु फस्न पुग्दछन र अन्तत सम्बन्द विच्छेद आवश्यक पर्छ । सम्बन्ध विच्छेद पुरुषले चाहेर महिलाले चाहे जसरी सजिलो हुदैन । तर अहिले हुने सम्बन्ध विच्छेद मुद्दा प्राया जसो महिलाले नै दिएका हुन्छन । सम्बन्ध विच्छेद पनि आफै माग्ने र सम्बन्ध विच्छेद गरेवापत धन सम्पत्ति पनि अनि श्रीमान चाही श्रीमती र सम्पत्ति विहिन भएर सडकमा पुग्ने गरेको प्रमाणहरु तमाम देख्न सकिन्छ ।  सम्बन्ध विच्छेद त अहिले होटलमा सगै नास्ता खाएर, छुट्टिए जस्तो भएको छ, त्यसैले यो समधानकी
समस्या ?
कृष्ण वर्मा
पीपलधारा ६, गुल्मी, हाल अर्घाखाँची

12:11 AM | Posted in | Read More »

पत्रकार माथिको ज्यादती र राष्ट्रीयता माथी गम्भीर प्रश्न

डिआरजी-सुमन - नेपालको वर्तमान परीपेक्ष मा हेर्ने हो भने वास्तविक समाजसेवी र राष्टप्रेमीको अन्तर आत्ममा निकै ठुलो पिडा छ न की आज भोक र निद्रा पनी हराएको अवस्था छ।कहिले कुन विषय त कहिले कुन विषयले चर्चा पाएकै छ।सत्य र निस्पक्ष काम गर्ने कसैको वास्ता छैन । राजनीति पार्टीको छत्र छायामा यतीवेला वलत्कार,हत्यारा,फटाहा,भस्टचारी,दलालको आवरणले देश छोपीएको अवस्था छ।

पत्रकार माथी ज़्यादती वढदो छ। सत्य समचार समाजमा पच्न छाडीसकेको देखिन्छ।यस्तो कु कार्य गर्ने हरु पत्रकार लाई धम्काउन,झुटा विश्लेषण गर्न पछी परेका छैनन । देशका संवैधानिक निकाय,सुरक्षा निकाय यसको दर्शक वनेको अवस्था छ।सत्य समचार यी तत्व ले पचाउन छाडीसकेका छन।धम्कीको भाषामा पत्रकारलाई पेसा देखी वा स्थान देखी विस्थापित गरीदै छ भने पत्रकारले निस्पक्ष समाचार समाजलाई  दिनु पर्छ ।

आज पत्रकार माथी सबैको वक्र दृष्टि छ। यतीवेला सिंगो पत्रकार महासंघ आनदोलीत छ र आफनो हक़ हितको राज्यले ग्यारेन्टी नगरे सम्म रोकीनु हुदैन । राजनितिक पार्टीको दवदवा र हैकम माथी श्रमजीवी क़लम कुनै हालतमा रोकीनु हुदैन।अनलाईन अफ लाईन पत्र पत्रिका संचालक,रेडियो टेलीभीजन संचालक तथा समर्पुण पत्रकार एक भई उठन जरुरी देखिएको छ।

यदी अझपनी नउठेको खण्डमा हाम्रो देश संचार क्षेत्र देखी वन्जीत नहोला भन्न सकिदै । कारण पत्रकार माथीको राजनैतिक ज़्यादती वढने छ र एक पछी अर्कों गरी यो पेसा छाडन वाध्य हुने छन यसमा सरोकार वाला सस्था र निकायले समयमै ध्यान दिन जरुरी देखिन्छ। सम्पूर्ण पत्रकारहरु आफ्नो कलमलाई धारिलो पारि एक जुट हुन जरुरि देखिएको छ किनकि आहिलेको बर्तमान अबस्थामा यी र यस्ताखाले अपराधीको बर्चस्व नेपालमा बढ्दो देखिएको छ यसको प्रभाब सम्पूर्ण क्षेत्रमा प्रभाब पार्नेछ भने सरकारी निकायबाट यथासिघ्र यसको सहि सम्बोधन सहित सुरक्षाको ग्यारेन्टी गर्नु पर्छ

लेखक-पिएसएम नेपालका संयोजक तथा अन्तराष्ट्रीय अर्घाखाँची सम्पर्क मंचका महासचिव हुन ।

5:15 PM | Posted in | Read More »

नयाँ नेपालमा कुठरा घात न होस

निमकान्त पाण्डे , नेपाली समाज यतिबेला तीव्र सामाजिक एवं आर्थिक अन्तरविरोधहरुले जकडिएको छ । यथास्थितिवादी शक्तिहरुको बीच इतिहासको गतिलाई रोक्न सकिन्छ कि भनेर मोर्चाबन्दी गर्ने क्रम पनि सुरू भएको छ ।
संविधानवादका जुनसुकै पण्डितले जे भने पनि के चाहिं सत्य हो भने यो मुलुकमा यति बेला न त राष्ट्रपति संवैधानिक छन, न त यो सरकार नै जे छन दुवै उस्तै छन । कसैले मानिदिँदा यी संवैधानिक हुने र नमानीदिँदा असंवैधानिक हुने होइनन जो छन् दुवै बराबरी छन ।

राजनीतिका खेलाडी राष्ट्रपति रामवरण यादवले गरेका दुईवटा कामले निकै चर्चा बटुलेको छ यो मुलुकमा मुख्यत बाबुराम सरकारले कुनै लोकप्रिय बन्ने प्रस्ताव ल्याउन पाएन यस आर्थिक वर्षमा विकास निर्माणका कुनै नयाँ काम गर्न पाए न त जनता समक्ष लोक प्रियता नै अन्तत भुलभुलैयामा सरकारलाई राखी बाँकी अवधि सरकार चलाउन सकिनेगरी बजेट अध्यादेश ल्याउन स्विकृति पनि गरिदिए ।

अब परिस्थिति के मा आएर अड्कियो भने यो सरकार न त् निर्बाचन गर्न सक्ने नत कामै गर्न सक्ने आरोप लगाउ पाइने राम्रै मैका मिलेको छ। यिनै परिबेस भित्रबाट निस्किएको राग अहिलेसम्म नेपाली कांग्रेसका तर्फबाट दुईवटा कुरा सार्वजनिक भएका छन । एउटा, लोकतन्त्रसँग प्रधानमन्त्रीको पद साटिन्न । अर्कोचाहिं ताजा जनादेशमा जाने भएपछि पुरानो संविधानसभाका मस्यौदा या राजनीतिक सहमति नयाँ संविधानसभालाई सिङ्गो रूपमा भिराउन सकिन्न पुरानो सबै सकियो चुनाब नै नयाँ बिकल्प हो चुरो यहि हो बुझ्नेलाइ श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिड यथास्थितिवादी शक्तिहरुको बीच इतिहासको गति अझै पनि कति सम्म छ ।

परिबर्तनका नयाँ प्रधानमन्त्रि ठोस प्रस्ताव विनाका सुशील कोइराला नेपाली कांग्रेसभित्र त स्विकार होला, तर त्यसले राज्य सञ्चालन गर्ला कदापी गर्दैन । यसरी विना तर्क, विना वैकल्पिक प्रस्ताव र विना तयारीको प्रधानमन्त्री परिवर्तनले मुलुकलाई निकास दिँदैन । भाले नलागेको अन्डा र कार्यक्रमिक विकल्प विनाको प्रधानमन्त्री उस्तै हुन, चल्ला पार्दैनन ।

जनतालाई विश्वासमा लिने हो भने पनि प्रधानमन्त्री हुनेसँग प्रस्ट प्रस्ताव र विचार भएकै हुनुपर्छ । नेपाली राजनीतिको अहिलेको विवाद र समस्या केवल प्रधानमन्त्री को हुने या कसको नेतृत्वमा सरकार बनाउने भन्नेमात्र होइन होला । कांग्रेसले उम्मेदवार तोक्ने, एमालेले समर्थन गर्ने सुशीलले दौरा(सुरुवाल लगाएर शीतल निवास पुग्ने, बाँकी राजनीतिका कार्यसूची तयार पारेर त्यसमा आफ्नो औंठाछाप लगाएर प्रधानमन्त्री बनाइदिने कामचाहिं नहोस।

संसदबाट बहुमत प्राप्त सरकार छाडेर खुरुक्क बाहिरिँदा अवैधानिक बाटोबाट सरकारको नेतृत्व गर्न पाउने व्यक्ति या शक्तिले निर्वाचनको कार्यसूची पछाडि धकेलेर निरन्तर दमनमा उत्रनसक्ने सम्भावना समेत रहने अनौठो चेपुवामा सरकारको गठबन्धन पुगेको छ । अन्तत यसले परिवर्तनकर्मी आम उत्पीडित र सीमान्तकृत समुदाय तथा श्रमिक वर्ग निराश साथै विभाजित र असंगठित हुनपुगेको छ । यसले सरासर के जनाउछ भने अहिलेसम्म पाएका अधिकार गुम्ने निश्चित जस्तो देखिन्छ ।

माओवादीले प्रधानमंत्रीको कुर्सी ससम्मान उनीहरुको आदेशानुसार हस्ताण्तरण नगरेकोमा सहमतिको एक नम्बर विरोधी एनेकपा माओवादी हो, सर्वसत्तावादी हो, नालायक बावुरामलाई सरकारमा वस्ने नैतिकता छैन, आन्दोलनको बलमा कुर्सीवाट गलहत्याउंछौं, कुर्सीको भोको वावुराम बवुरो, एमाओवादीले गैरकानूनी ढंगले सत्ता कब्जा ग-यो, यसलाई सर्वत्र वहिस्कार गर्नुपर्छ । के यो मुलुकलाई बाबुराम भट्टराईको ठाउँमा सुशील कोइराला प्रधानमन्त्री भए पुग्छ ? हिजोसम्म टुक्रे होइन, प्याकेजमा सहमति हुनुपर्छ भनेर माग गर्ने प्रतिपक्षी नेपाली कांग्रेस र एमालेको प्याकेज आज कहाँ हरायो ? एमाओवादीले अघि सारेको प्याकेजमा चित्त बुँदैन भने बैकल्पिक प्याकेज खोई ?

जरो गाडेर बसेको दलाल एवम् नोकरशाही वर्गले भएभरको बल लगाइरहेको छ यथा सिग्र परिस्थितिको गम्भीर विश्लेषण गरी हदसम्मको लचिलो बन्न सक्ने र हदसम्मको कठोर पनि बन्नसक्ने खुबी भएका नेताहरू धेरै कम भएको यस मुलुकमा बिरलै देखिने खुबी भएका राजनेता नेपाली क्रान्तिलाई विनादुर्घटना विकास गरेर लैजाने एक मात्र नेतृत्वकर्ता क. प्रचण्ड नै देखिनुभएको छ र अबका दिनमा पनि उहाँको विकल्प दिन सक्ने अरू पैदा भएको देखिन्न ।

एकीकृत नेकपा माओवादी अहिले सबै प्रकारका प्रतिगामी एवम् परिवर्तन विरोधीहरुको घेराबन्दीमा परेको छ ठोस परिस्थितिमा ठोस निर्णय गर्न नसके इतिहासमा एकृकित नेकपा माओबादीका कमरेडहरु पनि असफल ठहरिने छन।

जनताले कम्युनिस्ट नाम भएकाहरूका पक्षमा धेरै पटक समर्थन र अमुल्य मत दिएका छन । अब जनताले मात्र कति दिइरहने रु अब त साचो कम्युनिस्ट पार्टीको उदय सगै बृहत् वाम एकताका साथ जनतालाई दिने बेला भएको छ ।

राप्रपादेखि अति क्रान्तिकारी भन्नेहरुको संयुक्त मोर्चा निर्माण भएको लाज मर्दो अबस्था सिर्जना भएको छ । यही जटिल परिस्थितिमा गोल हान्न सकियो भने सफलताको निकट पुगिन्छ भन्ने यथास्थितिवादी(दक्षिणपन्थीहरु र आफुलाई अतिकान्तिकारी भन्नेहरुको सोचाइ छ ।

केही ठूला मिडिया सञ्चार जगत साथै नागरिक समाज पनि जानी नजानी षड्यन्त्रमा फसेको महसुस भै रहेको छ । अबस्य पनि यस क्षेत्रमा लागेका देसको जिम्मेवार र संबेदनशिल क्षेत्रका व्यक्तिहरुका नयाँ नेपाल परिबर्तशिल नेपाली जनताका भाबनालाइ भित्रै देखि मह्सुसगरी कुनै किसिमको कुठारघात गर्ने छैन् भन्नेमा जनता बिस्वस्त छन तर पनि संका उतिकै उब्जिएको छ ।

2:37 PM | Posted in | Read More »

छुनलाई होईन, हेर्नलाई पाइन्छ, उध्रेको छ यो चोली, त्यै पनि लाइन्छ.

रामहरि गजुरेल,नुवाकोट,वर्षको तिहारमा भन्दा भर्खरै गएको तिहारमा प्रायः बजार क्षेत्रका धेरैजसो युवायुवतीहरु ¥याप र हिन्दी गितको तालमा नाच्दै रमाए । ‘मादलको तालमा मौलिक मौलिक शैलिले देउसी भैलो खेल्नै छाडियो’, भन्छन् अधिकाँश जेष्ठ नागरिकहरु । ‘पहिला पहिलाजस्तो रमाइलो र रौनक हुनै छोड्यो नि’, तुप्चेका संस्कृतिविद् तथा जेष्ठ नागरिक कैलाशनाथ पौडेलले भने । देउसी खेल्ने नाममा सामाजिक विकृतिहरु बढेको छ ।

आधुनिक, पप, हिन्दी र रक गीत साउण्ड बक्समा बजाएर घरघर पुग्ने र अश्लिल नृत्यसमेत प्रस्तुत गरी देउसी खेल्ने परम्पराले हाम्रो सुन्दर मौलिकपनको हत्या नै गरिदिएको पौडेलको ठहर छ । ‘तामझाम हेर्दा बाहिरबाट चमकदमक हुन्छ, भित्र हेर्दा घिनलाग्दो विकृति छ’, उनले भने । ‘न भनेजस्तो देउसी गीत सुनियो न भैलो खेलेको नै देखियो ।’ साहित्यकार आर.एम. डंगोलको भनाइमा राजनितिक दलहरुले नेपाली समाजमा फैलाए को आपसी द्धेषले तिहारजस्ता ठूला र महत्वपूर्ण पर्वको रौनक गुमनाम भएर हराएको हो । डंगोलका अनुसार तोकेरै दक्षिणा माग्ने र नदिएमा त्यस घरमा हुलदंगा गर्ने कुसंस्कृतिको समेत सिकार भएको छ तिहार पर्व । ‘‘तिहारको उमंग, उत्साह कतै देखिएन, उनले भने, सबैको संस्कृति वरण गर्ने नाममा नेपालीले आफ्नै मौलिक संस्कृतिलाई बिर्सिए ।’ साहित्यकार डंगोल मात्र होइन अर्का साहित्यकार शिवसुन्दर पुडासैनीको पनि उस्तै पिरलो छ, यसको महिमा गुम्दै गएकोमा । ‘अब पनि गम्भिर नहुने हो भने हाम्रो परम्परा लोप हुनेछ र ठूला चाडपर्वले समेत हामीमा उमंग ल्याउने छैनन् । उनको भनाइमा मौलिक पारामा खेलिने देउसीभैलो पैसामुखी बन्दै गएको देखियो ।

चन्दा संकलनको माध्यामका रुपमा प्रयोग हुन थालेको छ देउसीभैलो पुडासैनी भन्छन् । पहिलाजस्तो उमंग छैन, उत्साह पनि छैन । सबैको यस्तै गुनासो छ । तिहारको नाममा सबैतिर विकृति व्याप्त छ । नेपालीले तिहारलाई दीपावली भनेर मौलिकता भुलेको महसुस जो कसैलाई हुन थालेको छ । व्यवसायिक फुल उत्पादन मा सरकार र निजी क्षेत्रबाट चासो नदिँदा प्लास्टिकका माला लगाइदिएर दिदीबहिनीले दाजुभाईलाई दिर्घायु र र सु–स्वाथ्यको कामना गर्नुपर्ने अर्को तितो बाध्यता छ । समयक्रमसँगै परिवर्तन हुनु स्वभाविक हो, पुनः साहित्यकार पुडासैनी भन्छन्, तर परिवर्तन हुने नाममा आफ्नो मौलिक संस्कृति नै भुल्नु ठीक होइन । त्यसै गरी शहरबजार झिलिमिली पार्ने नाममा दियो बाल्नुको साटो बिजुली बत्तीको प्रयोग बढेकोमा पनि अन्य बुढापाका पुस्तालाई चित्त बुझेको छैन ।

देउसी भैलो टोलीले पहिरिने भेषभूषामा समेत पहिलाजस्तो मौलिकताको अवशेष पनि भेटिन छाडेको छ । दौरासुरुवाल र गुन्यूचोली लगाउने परम्परा नै लोप भएकोमा अधिकंश चिन्तित छन् । पहिला तिहार जस्ता पर्वहरुमा बाजागाजा, रहनसहन, भेषभूषा, सत्कार, सम्मान र खानपिन सबैमा नेपानीपन हुने गरेको भएपनि अहिले सबैतिर आडम्बर र विदेशी संस्कृतिको प्रवेश भएको सहजै अनुमान लगाउन सकिन्छ ।

10:56 PM | Posted in , , , | Read More »

सम्मान छ सहयोगी कर्मशील हातहरुलाई....

तानसेन दक्षिण एशियाको पहिलो अनी हामी पाल्पालीहरुको पहिचान संग गाँसिएको सामुदायिक रेडियो मदनपोखरा को संस्थापक स्टेशन प्रबन्धकको अति गहन भूमिका क्षमताको प्रचुर मात्रामा प्रयोग गरि राजेश अर्याल, मुना, गीता जस्ता सहयोगी कर्मशील योग्य हातहरुको सहयोगमा यो स्तरमा पुर्याई हिजो मात्र मेरो असल मित्र गुणाकर अर्यालजीको बिदाई भएछ ...सम्मान गर्छु असल नियतले सा.रे.म. लाई स्पष्ट, निरन्तर गति प्रदान गर्नु भयो,रेडियोलाई सम्मानजनक अवस्थामा पुर्याउने प्रयास गर्नु भयो,सहयोगी कर्मशील हातहरुलाई पहिचानको लडाइमा सुयोग्य दिशानिर्देश गरि उन्नत नेतृत्वको भूमिका निर्बाह गर्नु भयो ,सुन्दा अनी भन्न पाउदा म जस्तो श्रोतालाई हर्षले मन विभोर हुन्छ छाति फराकिलो हुन्छ मित्र,बाँकी जीवनमा पनि मैले भने पनि नभने पनि सत्कर्म गर्न मेरा मित्र गुणाकरजीले छोड्नु हुनेछैन, किनकी त्यहाको माटो नै यस्तै छ जन्मभूमिको सेवामा गर्व गर्नेहरु धेरै मध्य एक मेरा सुयोग्य मित्र गुणाकरजीको शान्तिमय दीर्घायुको कामना गर्दछु ... धन्यवाद मित्र सत्कर्म, सृजनशील नविन सकारात्मक सोच र प्रयासलाई ......


धन्यवाद
राजेश्वर उदय,तानसेन

11:06 PM | Posted in , | Read More »

फेसबूकको रङ्गिन पाटाहरु

आजको मेडिएको दुनियाँमा जल्दोबल्दो हिसाबले अगाडि बढ्दै सफलताको सर्वोच्च शिखरमा बसेर सर्बाधिक लोकपृयता हासिल गरेको यहि फेसबूकले नै हो भन्दा दुई मत नहोला । यस चमत्कारी फेसबूकको आविष्कारक - मार्क जुगर्सलाई पूर्ण आदार-सम्मानका साथ मान्नै पर्दछ तपाईं-हामी जस्ता सम्पूर्ण प्रयोगकर्ताहरुले । मानिसहरुको तन-मन र ध्यानलाई चुम्बकिया आकर्षणको जादुले खिचेर अनि जितेर यो विशाल सञ्जालको जालोभित्र समेट्नु भनेको चानेचुने प्रतिभा र बिकास-प्रविधिको उपलब्धी भने पक्कै होइन यो, एउटा सफल
र विलक्षण प्रतिभा लिएर जन्मेका ति कर्मठ अनि भाग्यमानी युवा मार्कलाई ईश्वरिया वरदान नै प्राप्त भएको रहेछ भनेर सोच्दा हुन्छ ।

विज्ञानले ल्याएको यस्तो अलौकिक उपलब्धीलाई मानिसहरुले सदुपयोग र दुरुपायोग दुईटै तरिकाले प्रयोग गरेको पाइन्छ । यो सबै समायोजन वाप्रयोजन मानिसहरुको आ-आफ्नो भावना, विचार, दृष्टिकोण , गती र मतिमा भरपर्ने कुरा हो । फेसबूकको विशाल सञ्जालभित्र समेटिएर मित्रता र भातृत्तवको चित्र लहरिमा हराउँदै , रमाउँदा सबैलाई हर्ष र खुशीको आभाश हुनु स्वाभाविक कुरो हो र मानव बिकासको एउटा सबल पक्ष पनि हो । फेसबूक लगायत मेडियाको समुचित प्रयोगले मानिसको जीवन गतिमा निकै उतार चढाब ल्याइ प्रगतिमा कायलपलट पनि गराएको छ भने अर्को पाटो दुर्गाती र टाउको दुखाईको अमिलो-पिरोको धूलो पनि चटाएको पाइन्छ । यस सञ्जालले भूगोलका चारैतर्फका दूरीहरुलाई छोट्ट्याएर मानिसहरुलाई विशाल चौतारीमा जमघट गराई आपसी विचार, भावना , मर्म पीडा देखि लिएर हाँसो-खुशी बाँड्दै पिरतिको रमाइलो वातावरणमा जुट्ने सुनौलो अवसर सृजना गराइदिएको छ । बौद्धिक खुराकीहरु देखि लिएर मनोरञ्जनको चटनीहरु पनि पस्केर मानिसहरुलाई भुलाउने र डुलाउने विशाल चौतारी वा सञ्जाल बनेको छ आज यो फेसबूक । दुनियाँका कुना काप्चाका क्षण-क्षणका घटनहरु, समाचारहरु, आपसी सम्बन्धका तित-मिठा अनुभवहरु,सङ्गालोहरु अनि उद्धेलित मनका बहाबहरु आदान-प्रदान गर्ने सुनौलो मौका पनि दिएको छ यस फेसबूकले । मानिसहरुले आ-आफ्नो कर्म , अवस्था , मर्म बोकी बनाएको स्टाटस अनुसार चल्दै बल्दै र छल्दै जाँदा नजरबाट हराएका परिचित साथीहरु वा आफन्ताहरु खोज्ने र मिल्ने अवसर दिनुका साथै नयाँ नौला अपरिचित अनुहारहरुलाई मिल्दो-जुल्दो विचार अनि भावना अनुरुप मित्रताको लहरि मालामा उनिंदै परिचित हुने सङ्गमस्थल भएको छ यो फेसबूक । आपसी सम्बन्ध सुमधुर बनाउँदै आफ्ना वैचारिक , बौद्धिक तथा ज्ञानबर्द्धक खुराकीहरु साटासाट गर्दै, शेयर गर्दै तन मनका तरङ्गहरु यो चित्र लहरिमा फिंजाउने एउटा गतिलो र विचित्रको सन्देशबाहक मेडिया बनेको छ, फेसबूक आजकोरङ्गिन दुनियाँमा ।

यति हुँदा हुँदै पनि यसका सकरात्मक पक्षका मूल बाटोहरु चटक्क बिर्सेंर मानिसहरु नकरात्मक धारतिर लागिपरेकै भेटिन्छन । यसका यावत पक्षहरुलाई चिन्तन मनन गर्दै फेसबूकलाई मैले आफ्नै हिसाबले प्रयोग गरेको नै छु । तर पनि, यस सञ्जालमा घुम्दै-डुल्दै र फिर्दै जाँदा यहाँभित्र देखिएका रङ्गिन चित्रहरुमा भएका केही अमिला र धमिला पाटाहरुलाई नियालेर केलाउँदा यसो पनि भन्न मन लाग्दछ मलाई ।

(१) फेसबूक बन्दैछ ----- भेषबूक

सादा चित्र रङ्गिन बनाउने, सरल जीवन जटिल बनाउने, सत्य-तथ्य र यथार्थमा हिंड्ने-डुल्ने भन्दा आत्मरतिमा रमाउने होडबाजी नै चलेको हो कि जस्तो लाग्दैछ यो फेसबूक । चित्रै चित्रले भरिएको विचित्रको दुनियाँमा आएको यो फेसबूक कतै अतिरञ्जित बन्दै वास्तविक फेसबूकबाट हराएर भेषबूक त भन्ने होइन ? भन्ने कौतुहलता जाग्दो छ, यो सबै तपाईंहरुको स्वविवेकमा भरपर्ने कुरो हो ।

(२) फेसबूक बन्दैछ ----- चेसबूक

फेसबूकमा मानिसहरुले छद्म नाम र उपनाम धेरै राख्ने, आफ्नो वास्तविक नाम,चित्र र अनुहार सधैं लुकाउने, मुसो भई छिर्ने र व्वाँसो भई निचोर्ने,चिन्दै नचिनि र बुझ्दै नबुझी अनि स्टाटसलाई ख्यालै नगरीकन सुन्दरीहरुलाई साथी बनाउने र झूटो भ्रम जालमा फसाउने दुष्कार्यको गोटीहरु चाल्ने यो चेसबूकको कुनियत बनेको देखिन्छ । केहि समयको मित्रतबाट यदि यो चेसबूकको पर्दाफास हुन गई ब्लक्क नै गरिदिएपछि बल्ल यस्ता चेसबूकको हावा खुस्किन्छ, त्यसैले तपाईं-हामीले आज निकै सतर्कता र सावधानी अपनाएर अपरिचित अनुहारहरुलाई सच्चा फेसबूक हो कि झूटो चेसबूक हो भनेर पहिचान गर्नु नितान्त जरुरी देखिन्छ ।

( 3 ) फेसबूक बन्दैछ ----- गेसबूक

ठूला-साना सबै प्रकारका व्यक्तित्वहरु जमघट भएको विशाल सञ्जाल हो फेसबूक । आज फेसबूकको ओल्लो-पल्लो भित्ताहरु हेर्ने हो भने साहित्यिका सृजनशील लेख-रचनाहरु छरपष्ट भएका देख्न सकिन्छ । जस्तै - गजल, मुक्तक, कविता,केस्रा आदि सजिलै भेट्टाउन सकिन्छ । कसैका मौलिक सृजना र रचनाहरुलाई कपि र पेष्ट गर्दै चोरी-चकारी गर्ने कोहि-कोहि मनुवाहरु पनि भेटिन्छन् ।यस्ता चोरीकर्ताहरु भित्र-भित्र बौद्धिक जिरो भए पनि बाहिर हिरो बन्नुपर्ने ग्रसित रोगले सताएको छ । यस्ता कुत्सित कार्यमा पल्केकाहरुका लागि यो फेसबूक एउटा गेसबूक नै भएको सावित ठान्छन् । तर यो साहित्यिक चोरी कार्य निकै नै निन्दनिया हो र सबै मिलेर यसलाई निरुत्साही पार्दै गलत कार्य हटाउनु पर्दछ ।


( 4 ) फेसबूक बन्दैछ ----- केसबूक

कसै-कसैको लागि आज यो फेसबूक निकै टाउको दुखाई र झमेलाको विषय पनि भएको सुनिन्छ । कसैको व्यक्तिगत मामिलामा ठाडो हस्तक्षेप गर्दै चरित्र हत्या गर्नु ठूलो अपराध हो । फेसबूकमा अभद्र गाली-गलौज गर्ने, अश्लिल शब्दहरु प्रयोग गर्ने, अश्लिल भिडियो ट्याग अथवा पोष्ट गरिदिने, कसैप्रति रिस-राग र ईगो राखी झूटो आरोप वा लाञ्छना लगाई उसलाई बद्नाम गराउने आदि जस्ता कुचेष्टा र दुष्कार्यहरुको पनि अभिबृद्धी भएको पाइन्छ । यसप्रति तपाईं-हामी सबै साबधानी र सतर्कता अपनाउनुपर्ने देखिन्छ । साइबर अपराधीहरुको लागि देशमा निश्चित नियम कानुनी मापदण्डहरु ल्याउने र त्यसलाई सरकारले तदारुकताका साथ कार्यन्वयन गर्नुपर्ने देखिन्छ । साइबर अपराधहरु अनि गलत कार्यहरुलाई कानुनी परिसरमा ठड्याएर त्यसलाई उचित दण्ड-सजाय, कारबाही र जरिबाना गरेर स्वच्छ समाज र सँस्कारको बिकास गर्नुपर्ने नितान्त जरुरी देखिन्छ । त्यसो भएमा मात्र फेसबूक लगायत अन्य मेडिया सञ्जालहरुको उचित बिकास र प्रबर्द्धन हुने देखिन्छ । यस्ता अनाबश्यक झन्झट र नियतिको चङ्गुलमा फसेकहाँरुले भन्ने गरेको सुनिन्छ छ कि यो फेसबूक होइन, केसबूक हो भनेर चिन्दछन् । त्यसैले , कसैको लागि पनि साँचो अर्थमा व्यबहारिक हिसाबको फेसबूक होस् ,तर केसबूक भने कदापि नहोस् भन्ने चाहना चाहाना राख्दै चल्ने र खेल्ने गरौं ।

( 5 ) फेसबूक बन्दैछ ----- ठेसबूक

यो सञ्जालको चित्र लहरीमा सबै अटाउने र बस्न मिल्ने भएको हुनाले आ-आफ्ना चिर परिचित नातागोता, ईष्टमित्र, दाजुभाइ, दिदीबहिनी, साथीभाइ लगायत अपरिचितबाट परिचित बनेका अनुहारहरु समेत टाँसिएका हुन्छन् । तिनीहरुका आँखाहरु यतै कतै फेसबूकका रङ्गिन भित्ताहरुमा भुलेका र डुलेका हुन सक्छन्। तसर्थ, कसैको पनि वास्तविकता र अर्थ नबुझीकन चित्रहरु हुत्याउने र कृया-प्रतिकृयाहरु पोख्दा दायाँ-बायाँ आँच नपुर्‍याई वा कसैको मनमा ठेस नपुर्‍याई चल्दा नै पारखी पाइलामा अगाडि बढिएला भन्ने लाग्दछ । यदि त्यसो
गर्न सकिएन भने यो फेसबूक तपाईंको लागि ठेसबूक पनि बन्न सक्दछ ।

अन्तमा, विज्ञानले ल्याएको नयाँ र रमाइलो प्रविधिको सबैले सही सलामतले  सदुपयोग गर्दा हाम्रो जीवन र गती सुमधुर बन्ने थियो कि भन्ने मेरो राय र सन्देश हो । हुन त सबैको आ-आफ्नै किसिमको रमाउने-हाँस्ने, नाँच्ने र
खेल्ने तरिका अनि पारा होला, मेरो त देखेको र अनुभव गरेको वस्तुस्थितिलाई स्पष्ट तरिकाले ओकल्ने बानी छ, त्यसमा कुनै गार्‍यो पिरो नमान्नुहोला । एउटा कुरा, मैले के देख्छु भने, अधिकांश मित्रहरु,कुनै पनि साहित्यिक
लेख-रचनाहरु पढ्दै नपढीकन चित्रको आधारमा, अथवा त्यसको भित्री चुरो र यथार्थ भाव बुझ्दै नबुझी लाइक ठोक्नुहुन्छ, कमसेकम एक चोटि पढेर त्यसको मर्म र भाव बुझेर लाइक तथा उचित कमेन्ट राख्दा सर्वोत्तम हुने थियो ।लाइक बाट आफ्नो मात्र छायाँ र मायाँ बुझ्न सकिन्छ, यदि प्रतिकृया आएको खान्डमा बल्ल सम्बन्धित व्यक्तिको मर्म , विचार अनि सदिच्छा आदि कुराहरुमा छर्लङ्ग हुन सकिन्छ । लाइक मात्र गर्नाले त्यसमा साथीहरुको महत्वपूर्ण सोच, विचार र भावना बुझ्न सकिंदैन र त्यस्तो रोजाइले खासै महत्व र स्थान लिन पनि सक्दैन । बरु छोटो नै किन नहोस्, प्रतिकृया आएमा त्यो नै ठूलो कुरो हुन जानेछ । लाइक तथा प्रतिकृया पोख्दा पनि तपाईं+हामीले आफ्नो स्वविवेकमा ध्यान दिंदा अति उत्तम हुनेछ ।

हस्त ! साथीहरु, कसैले पनि चित्त नदुखाउनुहोला भन्ने मेरो विनम्र अनुरोध छ । मैले देखेका र भोगेका तिता मिठा सङ्गालोहरु जस्ताको तस्तै पस्केको छु मैले । फेसबूकको यो विशाल सञ्जालभित्र बसेर आ-आफ्नै तरिकाले जम्दै रमाउनुहोस् , किनकी तपाईं+हामी हिंडेको यो धर्ती र ऊँडेको आकाश सबैको साझा चौतारी
हो , तर जीवन र गती भने आफ्नै हो भनेर सोच्नुहोला , यो जीवन सबैको लागि उत्तिकै महत्वपूर्ण अनि अमूल्या छ भनेर पनि सोच्नुहोला , आफ्नो कर्म धर्म अनुसार सोच विचार गर्दै चल्नुहोला ।

सर्वे भवन्तु सुखिन:
सर्वे सन्तु निरामय:


रुपलाल बिश्वकर्मा
साहित्यिक नाम
रुप अनुरागी
दमौली, तनहुँ
हाल - दुबई ( यूएई )

6:51 AM | Posted in , | Read More »

युवा आन्दोलन र पाएको उपलव्धी


भिमकान्त भण्डारी 
देशमा हरेक  किसिमका आनदोलन  गर्दै धेरै किसिमको परिर्वतनपनि आयो केहि सकारात्मक होला कोहि नकारात्मक पनि होला त्यसबाट के कति उपलब्धीको आधार र जग भनेको को हो भन्ने कुरा हामिसबैलाई जगजाहेर भएको कुरा हो  । त्यसमा हरेक पहल फाइदा पुग्ने भनेको कुन स्थानको हुन्छ त्यो भने आम नेपालि थाहा भएकै कुरा हो  । हरेक आनदोलन मा सधैनै युवा पुस्ताको हात रहेको हुन्छ तर भने युवा पुस्तालाई हात लाग्यो सुन्य जस्तो हुन्छ ।युवा  सधैभरी बलिका बोको  हुनपरेको छ । गम्भीर भएर सोचौं यो कुरा सत्य हो कि होईन ।

 नेपालमा भएका  धेरै आन्दोलन सफल हुन्छन् तर त्यस बाट फाईदालिने भनेका तालू खुइलिएका , दांत झरेका , कपाल दारी फुलेका हिड्दा खेरी लौरोको साथ वा अरू  कसैको साथ लिनपर्ने बुढा घरमा नाति पनाति भएका वा हुने समय भएकालेनै फाइदा लिन्छन  तर के तिनिहरुले नै सांच्चैने आन्दोलन लाई सफल गराएका नै हुन  के  तिनिहरुले  नै आजसम्मका उपलब्धी भएका हुन तर तर होइनन। हामिले पुरै आन्दोलनहरु हेरौ भने हरेक आनदोलनमा घाईत हुने ,सहादत प्राप्त गर्न , पक्रिने आनदोलनमा सरिक हुन लाठी खाने बेपत्ताहुने  भनेका सबै युवा पुस्ता नै हो । आन्दोलन सफल हुनेबेलामा आएर चर्का भाषण गर्न पनि पछि पर्दैनन् । हामिले युवा पुस्तालाई यसो गर्छौं  उसो  गर्छौं  सायद त्यतिको त पहिलो पटक प्रेममा परेको यूबकले पनि आफ्नो प्रमिकालाई आकाशका ताराहरु झार्दैनन  । तर भने किन हाम्रा नेतृत्व तहमा पुगेकाले त्यर्हा पुगेपछि  सम्पुर्ण कुरा सपनामा भने जस्तै गर्छन् । जतिबेला प्रेमी प्रमिकाको माया विवाहामा परिणत भई सकेको करिब १० वर्ष भईसकेको हुन्छ ।  युवालाई  परिवर्तनका वाहक हुन् । जब देश संकटमा पर्छ अनि आफ्नै कांधमा  बोक्न जुर्मुराउछन युवाहरु । उनीहरुको  कांधमा युग परिवर्तनको दायित्व हुन्छ अनि मानवताको रक्षा गर्ने प्रण पनि । तर देशको युवा शक्तिलाई उचित व्यवस्थापन गरिएको छैन । जब युवा शक्तिलाई उचित व्यवस्थापन गरिदैन तब त्यसले समाजलाई सहि मार्ग निर्देश गर्न सक्दैन । समाजको गतिमा ठेस लाग्छ र रुपान्तरणको प्रक्रिया असम्भव हुन्छ ।समाजमा दिनानुदिन हत्या ह्रिसा फैलिदै जान्छ । समान अशान्त हुन्छ । समाजको प्रगगि हाईन अदोगति सुरुहुन्छ ।

हाम्रासामयुवा कालागि भनेर गरिएका हजारौ ओठे बोलि , धरै दस्ताबेज , निकै गुलिया वचन हजारौ समिनार का निचोडहरु, अरबौ ५ तारे होटलको बिल कयौ आयोगहरु ,छन तर भने त्यसबाट आजसम्म युवा जमातले केहि पनि पाएको छैन दिनानुदिन युवाहरुमा वितृष्ण पैदा भएको छ लाखौ युवा विदेश पलायन हुन बाध्य छन् । दैनिक हजारौ युवाहरुले म्यानपावर कम्पनि र सयौ को संख्यामा तिनकुने स्थित श्रम विभाग धाउने गर्दछन ।  त्यतिकै कुलतमा फस्न बाध्य छन  , धेरै मात्रा चारि डकैतिमा लाग्न बाध्य छने तरभने आजसम्म हाम्रा नेतृत्व गर्ने भन्न ले सोच्न भ्याएका छैनन् । भ्याएके नामाम थियो युवा मनत्रालय तर त्यले काम पनि गर्न सकेको छैन नत आफनो केहि धाराण लै राख्न सकेको छ । मन्त्रालयमात्र स्थापना भएको छ । मात्र राजनितीक दलहरुलाई सरकार गठनको समय भागबन्डा गर्ने स्थान र सचिब तथा मन्त्रीका आशेपासेको लागि कमाई खाने भाडो मात्र भएको छ ।।

 भर्खरका १८ बर्ष युवा वर्षमा ४ लाख नेपाली युवाहरु श्रम बजारको अभावमा भौतारिएको तथ्यांकले जनाउछन् । जसमध्ये मुस्किले ४० हजारले मात्र रोजगारी पाउछन् । यसले पनि वार्षिक करिब ३ लाख ६० हजार युवाशक्ति बेरोजगारीको समस्याले आक्रान्त बन्दै गएको देखाउछ । यही बेरोजगारीको पीडाले देशको महत्वपूर्ण युवा शक्ति कामको खोजीमा विदेशिने वा निरासाले दुव्र्यसनतिर लाग्न बाध्य हुन्छन् ।

केहिसमय अगाढि को तथ्याङ्गहर्नेहो भने दैनिक २ हजार युवाशक्ति कामको खोजीमा विदेशिने गरेको छ । तर हाम्रा राजनीतिज्ञहरु रेमिटेन्समाथि आखा गाड्छन् । युवाशक्ति विदेश नपठाए अर्थतन्त्र धान्न नसकिने बुझ्छन् अनि कसरी हुन्छ युवाहरुको  समस्याका समाधान ?  


 युग परिवर्तनमा कााध थाप्ने युवाहरुको बलिदानीबाट नै नेपाल संविधानसभामय बनेको छ । देशलाई संविधानसभाबाट नयाा रुप दिनको लागि कठोर संघर्ष र बलिदानमा होमिएका युवाहरुको राजनीतिक दलमा सकारात्मक प्रतिनिधित्व छैन । आज पनि हरेक पार्टिमा युवाका  प्रतिनिधित्व भएपनि नियार्ण स्ििथतमा भने कुनै काम गर्न पर्‍यो भने युवाहरुलाई सौताका छोरा जस्तै गराइनछ । अनि तिनैनेताहरुले चर्का चकर्मा भाषण भने गर्न पछ छाड्दैनन् ।

राजनीतिक दलहरु भित्र युवा शक्तिलाई हेर्ने दृष्टिकोण पनि स्पष्ट छैन । आज हाम्रा राजनितीमा पनि नेतृत्वलाई विकल्परहिद मान्ने कुपर्था छ  यसलेगर्दा युवाहरुमाझन नैरहस्यता प्रदान गरेको हुन्छ । मर्नको लागि अन्तीम स्थितिमा  पुगेपनि राजनिति छाडेन सकदैनन्. । एउटै पदमा निरन्तरताको कुरा गर्ने हो भने संयुक्त राष्ट्र संघमा पनि दुई पटकभन्दा बढी समय एउटै व्यक्ति महासचिव नियुक्त हुन पाउदैन । तर नेपालमा एउटै व्यक्ति पाच–पाच पटकसम्म प्रधानमन्त्री भइसक्दा पनि अझै विकल्प आगालिएको छैन । जबसम्म युवाहरुको उचित प्रतिनिधित्व हुदैन तबसम्म देशले निकाश पाउन सक्दैन ।  सकभर राजनीतिक दलहरु युवा शक्तिलाई राजनीतिमा ल्याउन चाहदैनन् भने युवाशक्तिहरु पनि विभिन्न राजनीतिक दलका झण्डामुनी झुकेर स्वयं युवाहरुका मुद्दाप्रति लाचार बनेका छन् । आज पनि राजनिनितीक वृतमा जब ६० वर्ष काट्छ तबकात्र युवा नेता मान थालिल्छ । यो नै नेपालि राजनितिमा सबै भन्दा लजास्पद कुरा हो । राजनितीमा युवा प्तिनिधिको कुरा गर्न नेताहरु आफकसैले पनि अवकास लिन चाहंदैनन् ।  यदि कदाम कदापी नेतृत्व दिएपनी तिनिहरु को आखा खुटा् हात बाधिएको हुन्छ । भने मुख थुनिएको हुन्छ । जबसम्म राजनीतिको नेतृत्वमा युवा पुग्दैनन् तबसम्म आमूल परिवर्तनको बाटो रोकिरहनेछ । संसारका हरेक परिवर्तनलाई कााधमा राख्ने युवा शक्तिलाई उचित स्थान नदिएसम्म देशले विकासको कोल्टे फेर्न पनि सक्दैन । नेपालको राजनीतिमा लामो समयदेखि चलेको नेतृत्व छाड्न नसक्ने कुसंस्कार, सत्ता मोहले लिप्त अहंकार र वंशवादको अन्त्य गरी निश्चित उमेर पार गरेपछि स्वत: अवकाशको व्यवस्था गरिनआवश्यक छ ।  युवाहरुको माग पुरा गर्नको लागी कुनै पनि राजनितिक दलको झन्डा मुनि भन्दा सबैमिलेर दबाब दिन सकेका आज का युवाहरुका केहि माग हरु पुरा गर्न सजिलो हुनेछ । यति त्यो गर्न नसकेका फेरी पनि हामि युवा हरुलाई भेडा गराई फेरी पनि आफ्नो रजाई गर्नेछन् अहि पुराना अनुहार ले ।  त्यसैले सबैदलहरुले गर्ने भनेको आन्दोलनमा हामि युवाहरु केहिपनि सरिक नहौ अब देशमा आन्दोलन होइन आर्थिक बिकाशको   खाँचो छ । सबै आफनो सेक्टरबाट आर्थिक बिकाशमा टेवा गर्न काम गरौ र मेरो पनि सब युवाहरुमा यो भावना आयोस भन्ने कामना गर्दछु

5:59 PM | Posted in , | Read More »

नेपाली नारीहरुको प्रमुख समस्य र समाधानका बाटाहरु

 मेरो छोटो भनाईमा समेटिएको विचार अनि आशयलाई बुझ्ने प्रयास गर्नुहोला ,हुन त म कुनै त्यस्तो मनोविष्लेषक, स्थापित लेखक र व्याख्याता केहि होइन। एक सामान्य साहित्यिक "अनुरागी" को झिनो-मसिनो पात्र वा सर्जक बनेरआफ्नो कर्म-धर्ममा बाँचेको र हाँसेको सरल व्यक्तित्व भएको एक साधारण नागरिक परें । मेरो यो साधारण दिमागमा कुँदिएका केहि मौलिक भावना र विचारहरुलाई बाहिर ल्याई हाम्रो दैनिक जिबनका यथार्थ भोगाई र चित्रहरुलाई तपाईंहरु समक्ष पनि शेयर गरेर खुल्दुली मनलाई अलिकति हलुका र चङ्गा बनाउने प्रयास गर्दैछु ।

 मैले देखे-भोगेर जाने अनुसार वास्तविक कुरो भन्नुपर्दा, हाम्रो नेपाली समाजभित्र देखिएको विकराल लैङगिक असमानतमा पाइएको थिचो-मिचो, दमन र शोषणको मुख्य कारक तत्व - " नारीको लागि नारी नै हो "। शायद , हुन सक्छ उनीहरुमा भएको जैबिक गुणले सृजना गरेको विकर्षण र वितृष्णाको परिणाम अनुसार एक नारीले अर्को नारीको आँशु, मर्म ,पीडा ब्यथा र धर्म कर्म बुझ्न नसकेको हुनाले अधिकांश नारीहरु वा महिलाहरुप्रति हुने अन्यया, अत्याचारको शिकार जननी कै छत्रछायाँमा भएको पाइएको छ । त्यसैले, नारीको वा महिलाको प्रमुख दुश्मन अथवा भनौं शत्रु पुरुष नभईकन नारी नै हो भन्न मन लाग्दछ मलाई । यसको अर्थ, पुरुषहरु पनि यस कार्यमा पूर्णरुपले निर्दोषी छन् भनेर भन्न खोजेको भने पक्कै होइन मैले । पुरुषहरुमा भएको अहंपन ,एकाधिकार अनि परम्परावादी सोच र प्रवृत्तिले थप उत्प्रेरणाको गोरेटोमा डोर्‍याएको छ, नारीहरुमाथि हुने दमन चक्रमा, यसलाई खरो बिरोध गर्नुको साटो आगोमा घ्यू थप्ने दुश्कार्य नारीबाट नै भएको पाइएको छ । यसको प्रत्यक्ष उदाहरणलाई लिने हो भने हाम्रो आफ्नै परिवारको, गाउँघरको र समाजको दैनिक जीवनयापनलाई भित्रीरुपमा केलाएर नियाल्दा छर्लङ्ग हुन्छ ।तसर्थ , हाम्रो दैनिकी र व्यबहारिक जिन्दगीलाई नियाल्दा मैले के पाउँछु भने - जति पनि नारीवादीहरु अहिले आफ्नो हक -अधिकार्, हित र सुरक्षाको वाकालत गर्दै मैदानमा उत्रे पनि, डलरको खेती गर्दै ठूला-ठूला तारे होटलहरुमा गोष्ठी र सेमिनारहरु गरेता पनि त्यसको सफलतामा कुनै अर्थ र महत्वपूर्ण उपलब्धीहरु भएको देखिंदैन । जबसम्म नारीहरु व्यबहारिक रुपले आफैंमा  जागरुक भएर सशक्तरुपले कृयाशील हुँदैनन्, आत्मज्ञानको दियो बालेर आफूभित्र भएको र रहेको मनोरोग र मनोदशा हटाउँदैनन्, अनि एउटा नारीले अर्को नारीको वेदनाको आँशु पुछ्न सक्दैनन्, एउटा नारीमा भएको समान मर्म-पीडालाई अर्को नारीको भावनामा बसेर बुझ्न सक्दैनन् , पुरुषहरुको आडम्बरी र भोगी प्रबृत्तिमा यावतरुपले कठपुतली भईरहन्छन् भने नारीहरुको समस्या समाधान होला जस्तो लाग्दैन मलाई । हात्तीको देखाउने र चपाउने दाँत जस्तै बाहिरी रुपमा खाली पुरुषहरुको विरुद्धमा एकोहोरो हिसाबले खनिंदैमा
 र सडकमा चर्को नारा-जुलुस र आदर्शवादी भाषण छाँट्दैमा नारीप्रति भएको असमानताको गहिरो खाडल पुरिएला जस्तो लाग्दैन ।

 मेरो भोगाई र बुझाई अनुसार नेपाली नारीहरु ठोस उत्थान, बिकास र प्रगतिको गन्तब्यतर्फ लाग्ने हो भने समाजभित्र बसेर त्यहाँ भएका सकारात्मक तथा नकरात्मक दुबै पक्षहरु वा गतिविधिहरुलाई गहिराईमा गएर नियाल्ने चेष्टा गर्नुपर्दछ, कतिपय हाम्रा सकरात्मक पक्षहरुलाई समर्थन र जगेर्ना गर्ने अनि नकरात्मक पक्षहरुलाई ठाडो मुकाविला गरिकन हटाउने दरो कदम चाल्नुपर्दछ। यस कार्यमा उतृंदा दुबै महिला र पुरुषहरु एक-अर्काको बिरोध र टिकाटिप्पणीमा नलागी आपसी समझदारी र सहमतिको बिन्दुमा उभिएर हातेमालो
 गर्दै चल्नुपर्ने हुन्छ । नारीहरुको वर्तमान अवस्था र चेतनाको बिकास उच्च पार्नको लागि उनीहरुको उचित शिक्षा, सर्वसुलभ शिक्षा, व्यबस्थित सम्बर्द्धन र प्रबर्द्धनमा ठोस पहलकद्मी गर्दै अगाढी बढ्नुपर्ने देखिन्छ
 । तपाईं-हामी सबैलाई थाहा भएकै कुरा हो - हाम्रो नेपाली समाज भनेको पितृसतात्त्मक संरचना र ढाँचामा ठडिएको समाज हो । तितो सत्यता व्यक्त गर्दा पुरुषप्रधान समाज भएको हुनाले यो समाजमा पुरुषहरुको बाहुल्याता र हैकम चल्नु स्वाभाविकै हो । त्यसैले, नारीहरु जागरुक भएर , गोलबद्ध भई जीवन र गतिलाई बुझेर यो पछौटे र रुढिवादी समाजसङ्ग डेटर-खटेर जुध्नुपर्ने टड्कारो आवश्यकता छ । यो हाम्रो परम्परावादी समाजभित्र जकडिएर बसेका कयौं अन्धबिश्वासी विचार अनि अबधाराणहरुसङ्ग जेलिएका कुसँस्कार्, कुरीतिहरु तथा कुप्रथाहरुको जरो उखेलेर फाल्नुपर्ने जरुरी छ । जल्दो-बल्दो रुपमा नेपालका अधिकांशा क्षेत्रहरुमा दिनहुँ हुने र भइरहेका घटनाहरु - जस्तै, "दाईजो प्रथा" जस्तो ढोगी- भोगी प्रचलित कार्यले कति अवोला नारीहरुको अकालमा ज्यान गइरहेको छ । यसलाई पूर्णरुपमा कानुनी तथा व्याबहारिक हिसाबले निस्तेज पार्दै निर्मूल पार्नुपर्ने देखिन्छ । त्यस्तै नेपालको पश्चिम तथा सुदूर पश्चिम क्षेत्रहरुमा हुने गरेका "छाउपडी" प्रथाले कति  अवोला नारीहरु वा चेलीहरु मृत्युको शिकार भइराखेका छन्, त्यसको यकिन
 तथ्याङ्क छैन । यस्ता अन्धबिश्वासी र रुढिवादी कुसँस्कारहरुलाई निरुत्साही बनाउँदै हटाउनुपर्ने देखिन्छ । अर्को आयो - "बोक्सी प्रथा" यो खतरानाक अन्धबिश्वासी रोग हिमाल-पहाड-तराई नेपालमा सर्वत्र फैलिएको छ र यसले कतिपय निमुखा महिलाहरुको दयनिया हिसाबले जीवन लिइराखेको पनि छ । नेपालमा सदियौं देखि जरो गाडेर बसेका यस्ता अमानविया र डरलाग्दा कुप्रथाहरुलाई सबै मिलेर जतिसक्दो चाँडो हटाउनुपर्ने देखिन्छ । यस्ता कार्यहरुमा महिलाहरुको पूर्ण सहभागीता हुनुपर्ने र सक्रिय भएर खरो बिरोधमा उतृंदै उन्मुलनको बाटोमा अग्रसरता देखाई अग्रगामी र परिवर्तनकारी पाइलाहरु चाल्नुपर्ने देखिन्छ ।

 यसरी हाम्रो समाजमा भएका अनेकौं कुसँस्कार र कुरीतिहरु अनि आदर्शवादी ढोंगी-भोगी  प्रचलनहरुलाई पूर्णरुपले निस्तेज पार्दै समाजबाट निर्मूल पार्नका लागि नारीहरुको सकृया सहभागिता, जागरण, विशेष अभियान र अभिरुचिका साथ अगृम भूमिकाको आबश्यकता देखिन्छ । समाजमा भएका पुराना सडेगलेका असभ्य  रीतिरिवाजहरु र तथाकथित आदर्शवादी मूल्य र मान्यताहरुलाई विस्थापित गराई नयाँ सभ्य, आधुनिक र वैज्ञानिक प्रकारको समाज सृजना गरि अनि त्यहि अनुसारको नयाँ मूल्य र मान्यताहरु सुपाच्या हिसाबले स्थापित गराउनु पर्दछ, जसमा आधा आकाश र धर्ती ओगटेका नारीहरुको विशेष भूमिका र महत्वपूर्ण योगदानको नितान्त जरुरी हुन्छ । अर्को कुरा, हाम्रो नेपाली समाजको मनस्थिती र मनोभावलाई केलाउने हो भने - "छोरा भए हर्क र छोरी भए खर्क" भन्ने कथित पुरुरुषवादी चिन्तन मनन र विचारलाई तोड्नुपर्ने देखिन्छ। छोरीलाई एउटा अभिशापको रुपमा होइन, वरदानको रुपमा लिने सभ्य समाजको परिपाटी र मनस्थितिको बिकास गराउनुपर्ने देखिन्छ । यथार्थ कुरा, नेपालका कतिपय क्षेत्रहरुमा र बहुसङ्ख्याक मानिसहरुमा अझै पनि छोरीलाई एउटा जीवन भार वा बोझको रुपमा सोचेर भ्रुण हत्या गर्ने प्रचलन यथावत रुपले कायमै छ । यस्ता समाजका घिनलाग्दा मनोगत रोग र प्रवृत्तिको डेटर सामना गर्नुपर्ने देखिन्छ हाम्रा सम्पूर्ण नारीवादीहरुले ।

 छोरा हुन् या छोरी, दुवै ईश्वरका देन हुन्, अनि आफ्नो धर्म कर्म अनुसारको बराबरी हिंस्सेदार वा वरदान हुन् भन्ने सोच र विचारको बिकास हुनुपर्ने जरुरी छ, मनोवृत्तिको बिकास अनि भावनामा नयाँ जागरण ल्याउनुपर्ने देखिन्छ हाम्रो नेपाली समाजभित्रका आम जनमानसमा । नारीहरुमा गुणस्तरिया शिक्षाको उज्यालो छर्दै उनीहरुमा चेतना र आत्मविश्वासको बिकास गराउनुपर्ने देखिन्छ। शिपमूलक तालिम, सृजनशील कार्य र व्यबहारिक ज्ञानको अभिवृद्धी गराई उनीहरुमा आत्मनिर्भरताको बिकास गराउनुपर्ने हुन्छ । आत्मनिर्भरता भनेको महिलाहरुको बिकासमा एउटा मुख्य आधारशीला र कोसे ढुङ्गा हो । यसले महिलाहरुको जिबनयापन माथि उठाउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ । आत्मनिर्भरताले गर्दा महिलाहरुमा गिरेको मनोबल र मनस्थिति उकास्न ठूलो टेवा मिल्दछ । यसको साथै नारीहरुको मनोबललाई हातमा हात साथमा साथ दिनुपर्ने हुन्छ र सरकारी तथा गैरसरकारी निकायहरु वा संघसंस्थाहारुमा नारीहरुको उल्लेख्य पहुँच गराइ उनीहरुको संख्यात्मक तथा गुणात्मक सहभागीता गराउनुपर्ने देखिन्छ । महिला हत्या, हिंसा र बलत्कार जस्ता
 जघन्या अपराधहरुको लागि कडा भन्दा कडा दण्डनिया नियम र कानूनहरुको पूर्ण कार्यन्वयन हुनुपर्ने देखिन्छ । यस्ता लक्षित सकरात्मक कार्यहरु गरेर अघी बढेमा मात्र महिलाहरुको समस्याहरु समाधानको बाटोतर्फ अग्रसर हुनेछ ।नारीहरुको कोमल मनोभाव वा वात्सल्याको उचित कदर हुँदै समाजभित्र हेपिएका,
 थिचिएका र मिचिएका समस्त नारी वर्गको समुचित उत्थान र बिकास भएर उनीहरुको अनुहारमा चम्किलो रोषनी-किरण सहित सुनौलो बिहानी आउनेछ ।

अन्तमा, म के भन्न चाहन्छु भने सृष्टीको नियम अनुसार नारी र पुरुष भिन्दाभिन्दै जात र बनावट भएर जन्मे पनि नारी र पुरुष भनेका एक अर्काका अभिन्न सहयात्रीहरु हुन्, एक अर्काका परिपूरक पाटाहरु हुन ।एउटालाई अलग्याएर दोस्रोको अस्तित्व रहदैन । एकोहोरो तरिकाले एउटाको बिरुद्धमा खानिंदैमा दोस्रोको उपलब्धी पनि हुने होइन । तसर्थ्, जीवनको गतिलाई बुझ्ने हो भने, दुईटैमा आपसी सम्बन्ध,सदभाव कायम गरी सत्मार्गको गोरेटोलाई डोर्‍याउनुपर्ने हुन्छ । त्यसैले त भन्ने गरिन्छ नि - नारी र पुरुष भनेका जीवनरुपी रथको दुईटा पाङ्ग्रहरु हुन्, जहाँ एक विना अर्को सदैव अधुरो बन्दछ, अपुरो बन्न जान्छ वा भनौ कि त्यो रथको यात्रा महत्वहिन हुनेछ र शून्या गतिमा पुग्दछ । आखिर्, नारी+पुरुष जिबनको एउटै डुङ्गमा चढेर सृष्टी चक्रको गतिलाई हाँक्नुपर्ने नै हुन्छ । तसर्थ, एक दोस्रोमा कदापी भैरभाव र वैमनश्या नराखि आपसी सम्बन्ध, सद्भाव र मिलाप कायम गरि चल्दामा नै दुबैको बराबरी भलाई, हित, उन्नति, प्रगति र बिकास हुने गर्दछ।

 हाम्रो देशको अवस्था र व्यबस्था अनुसार मेरो अन्तर-चक्षुले देखेका कुरालाई व्यबहारिक हिसाबले समष्टिगत मूल्याङ्कन गर्दै तपाईहरु समक्ष यो सन्देशरुपी भनाई वा कथन टक्र्याएको हुँ, यसलाई अन्तर आत्माले बुझ्ने
 चेष्टा गर्नुहोला भन्ने मेरो विनम्र अनुरोध छ ।

 " यदि एउटा पुरुष शिक्षित वा ज्ञानी भयो भने त्यो शिक्षा वा ज्ञानको ज्योति सम्बन्धित व्यक्तिमा मात्र सिमित भई बल्दछ, त्यसको फाईदा उहि व्यक्तिले मात्र लिने गर्दछ, तर यदि एउटा नारी वा महिला शिक्षित वा ज्ञानी भइन भने त्यो शिक्षा वा ज्ञानको ज्योति उनी लगायत परिवार, समाज र देशले समेत पाउने गर्दछ, त्यसको फाईदा छौतर्फी फैलिन्छ ।"

हस्त ! यहाँहरुको अमूल्य सल्लाह र सुझावको अपेक्षा गर्दै मेरो मनको छोटो भनाई वा आशायलाई टुङ्ग्याउँदछु । कतै मेरो यस भनाई वा आशयलाई धमिल्याउने प्रयास किमार्थ नगर्नुहोला। बरु सक्नुहुन्छ भने यसमा कुनै तृटि वा कमिकमजोरी देख्नुभएमा, साथै आफ्नो विमति भएमा प्रतिकृया व्यक्त गर्नुहोला,म त्यसलाई हार्दिक आभारी प्रकट गर्नेछु ।

 रुपलाल बिश्वकर्मा
 साहित्यिक नाम
 रुप अनुरागी
 दमौली, तनहुँ
 हाल - दुबई ( यूएई )
 सम्पर्क - rbherald.bk@gmail.com
 or rup.anuragi@facebook.com

8:10 PM | Posted in , | Read More »

घाईते पत्रकारका तर्फबाट आदिवासी जनजातीले मनन गर्नु जरुरी छ



मुक्तिप्रसाद न्यौपाने
पाल्पा/नेपाली सञ्चार माध्यममा शान्ति र सद्भाव कायम गर्न तल्लिन रहिरहेको छ । यसैबिचमा आदिवासी जनजातीहरुको आन्दोलनमा निशानामा रहेको यथार्थता सर्व विदितै छ । स्वच्छ, निष्पक्ष समाचार संकलनका बखतमा रहेका सञ्चारकर्मीहरुमाथि आदिवासीहरुले देखाएको अराजकता आफैंमा भयावह छ ।

यसै क्रममा पाल्पामा भएको बन्दको तेस्रो दिन बजारका बन्द सटरहरुमा लाठी बजाएर दुष्साहस प्रदर्शन गरेका । यसै क्रममा बन्द सटरका मखनटोल लाठी प्रहार गर्ने क्रम नरोकिएपछि पत्रकारीताको धर्म निभाउन फिल्डमा खटिदा फोटो खिच्नु स्वभाविकै लाग्छ । यहि फोटो खिचेको आधारमा म माथि सांघातिक हमला भएको हो, त्यो पनि गिरफ्तारिको शैलिमा तानसेन सितलपाटीको सिडिमा बसिरहेका बखतमा एक जना आन्दोलनकारीले काम छ भन्दै बोलाएर अलि पर लग्नु र अरु लाठी र मुहुरा सहितका आन्दोलनकारी जाई लागेर सांघातिक हमला गरियो ।  उनिहरुले आफ्नो नैतिकता गुमाएको स्पष्टसाग भान भएको छ ।

हमला गरियो जुन शैलिमा त्यहि शैलिमा आदिवासी जनजाति महासंघ संयुक्त संघर्ष समितिबाट विज्ञप्ति निकालिएको छ सो निकालेको विज्ञप्तिप्रति घोर आपत्ति प्रकट गर्न चाहन्छु । विज्ञप्तिमा उल्लेख गरिएको छ, आन्दोलनका क्रममा भएका छिटफुट घटना हो रे । एउटा मानवमाथि सांघातिक रुपमा र सुनियोजित रुपमा हमाला गर्नु अनि छिटफुट घटना हो भन्नु कहाासम्मको आपराधिक प्रवृत्ति हो । घटना सुनियोजित हो । शंकास्पद कागजात भेटिएर कुटपिट गर्ने कि त्यसको अनुसन्धान ? पत्रकार आखिर के का लागि घटना परिघटनाको विस्तृत वर्णन तवसम्म गर्न सकिंदैन जवसम्म घटनास्थलमा गएर रिपोर्टिङ्ग गरिंदैन  । फेरि फिल्डमा रहादा कहिले आन्दोलनकारीको नजिक त कहिले प्रहरी तथा प्रशासन नजिक रहनु नाजायज हो भन्ने लाग्दैन । संका लागेकै भरमा मानवअधिकारको उल्लङ्घन गर्न मिल्छ र ? अनुसन्धान कार्यालयका कर्मचारी संगै हिंडेकोले पत्रकारपनि कुटपिटमा परेको भन्नु उचित होला । अनुसन्धानका कर्मचारी आखिर कसकालागि खटेका हुन्छन् र आन्दोलनका कारण जनता जनार्दनले अराजकता र असुरक्षाको महशुुस नगरुन् भन्नकै लागि होईन । उनीमाथि पनि हमला गरेर आदिवासीले चरम मानवअधिकारको हनन गरेकै हुन् । जतिपनि ढाकछोप गर्न खोजेर घटनालाई ढााट गरेका कारण पत्रकारलाई कुटपिट गरियो भन्ने अभिव्यक्ति दिंदै हिड्ने नेतृत्वले के भोलीको देश चलाउन सक्छ र ? पत्रकार हुा भन्दा भन्दै कुटपिट गरिरहने आखिर कहिलेसम्म भनिरहन सकिने रहेछ र त्यहााबाट कुटाई खाई रहादा पत्रकार होईन भनेपछिमात्र कुट्न छाडिनु र बाहिर भ्रम फैलाउन संघर्ष समितिले पत्रकार होईन भनेकै कारण कुटपिट गरिएको भन्नु आफैंमा हास्यास्पद लाग्दो रहेछ के सर्वसाधारण मानिसलाईचााहि कुट्न मिल्छ यो कस्तो अभिव्यक्ति ।

घटनाको प्रकृतिलाई बङ्ग्याएर तोडमोड गरेर जतिसुकै प्रचारबाजि गरिंदैछ त्यसले आदिवासी जनजातिको अमानविय पनको संकेत गरिरहेको छ भन्ने लाग्छ । तर खै र जे होस्, जुन रुपमा म माथि घटना घट्यो यसले मलाई पत्रकारिताको धर्म निभाउनमा अझ अभिप्रेरित गरेको छ पत्रकारीताको धर्म कुटपिट हुादैमा अवश्यपनि सकिने छैन तर पनि भेडाको जस्तो प्रवृत्ति देखाएका आदिवासी जनजातीका कार्यकर्ताका एक अराजक समूह प्रति सदासयता देखाउादै मानअधिकारको अर्थ र भावना बुझ्न शान्ति, सद्भाव र सहिष्णुताको कदर गर्नकोलागि आग्रह पनि गर्न चाहन्छु । अन्त्यमा घटनाप्रति सहानुभूति प्रकट गर्ने सम्पूर्ण मिडिया तथा मिडियाकर्मी र मानवअधिकारवादी संघसंस्था र नागरिक समाज तथा सबैमा सहृदय आभार पनि व्यक्त गर्न चाहन्छु ।

9:16 PM | Posted in | Read More »

आमा छोरीका आँशु


माथिको यो तस्वीर नियालेर हेर्नुस् । दुवैजना महिला पात्र हुन् । एकजना बुढी आमा, अर्की युवती । दुवैको ज्यानमा कपडाको हालत उस्तै छ । दुवैको आँखामा आँशु पनि छ । तर यो पहिरन र आँशुमा आकाश पातालको फरक छ ।
कास्कीकी यी आमा सेतीको बाढीले बगाएका आफन्तको बिलौनामा आफ्ना लालाबाला सहित रुँदैछिन् । उनको शरीरमा अब बाँकी यही एकसरो कपडा छ । ज्यान देखाउन होइन, नभएर नलगाएकी हुन् उनले ।
सँगैकी अर्की युवतीको जन्मघर चितवन हो । तर उनी सपरिवार विदेश बस्छिन् । उनी पनि रोएकी छिन् । तर उनी कुनै पिर, चिन्ता, पश्चाताप, अभाव र पीडाले होइन खुशीले मन थाम्न नसकेर रोएकी हुन् । मिस नेपाल घोषणा हुने बित्तिकै हर्षले झरेका आँसु हुन् उनका ।
आइतबार साँझ मिस नेपाल घोषणा भएपछि सृष्टी श्रेष्ठले हर्षका आँसु झारिन् । कास्कीकी यी आमाले त्यो भन्दा पहिले नै आँशु झार्न थालेकी थिईन् । सेती नदीमा आएको भीषण बाढीले परिवार र आफन्त गुमाएको पीडाले आमाको आँखामा शनिबार रातिदेनि नै आँखा छचल्किन थाले ।
आइतबार राति सृष्टिले एकछिन आँसु झारिरहँदा समेत आमाको आँशु थामिएको थिएन । मिस नेपाल सृष्टिको हर्षको आँसु एकछिन आयो, उतिखेरै रोकियो । कास्कीकी यी आमाको आँशु अझै थामिएको छैन । कास्कीकी यी आमा हारेर रोइन् । चितवनी यी छोरी जितेर रोइन् । उस्तै बेलाको यो परिवेश । फरक सन्दर्भ, फरक आँशु ।
ओंलाइन खबर बाट

6:31 AM | Posted in | Read More »