सम्मान छ सहयोगी कर्मशील हातहरुलाई....
तानसेन दक्षिण एशियाको पहिलो अनी हामी पाल्पालीहरुको पहिचान संग गाँसिएको सामुदायिक रेडियो मदनपोखरा को संस्थापक स्टेशन प्रबन्धकको अति गहन भूमिका क्षमताको प्रचुर मात्रामा प्रयोग गरि राजेश अर्याल, मुना, गीता जस्ता सहयोगी कर्मशील योग्य हातहरुको सहयोगमा यो स्तरमा पुर्याई हिजो मात्र मेरो असल मित्र गुणाकर अर्यालजीको बिदाई भएछ ...सम्मान गर्छु असल नियतले सा.रे.म. लाई स्पष्ट, निरन्तर गति प्रदान गर्नु भयो,रेडियोलाई सम्मानजनक अवस्थामा पुर्याउने प्रयास गर्नु भयो,सहयोगी कर्मशील हातहरुलाई पहिचानको लडाइमा सुयोग्य दिशानिर्देश गरि उन्नत नेतृत्वको भूमिका निर्बाह गर्नु भयो ,सुन्दा अनी भन्न पाउदा म जस्तो श्रोतालाई हर्षले मन विभोर हुन्छ छाति फराकिलो हुन्छ मित्र,बाँकी जीवनमा पनि मैले भने पनि नभने पनि सत्कर्म गर्न मेरा मित्र गुणाकरजीले छोड्नु हुनेछैन, किनकी त्यहाको माटो नै यस्तै छ जन्मभूमिको सेवामा गर्व गर्नेहरु धेरै मध्य एक मेरा सुयोग्य मित्र गुणाकरजीको शान्तिमय दीर्घायुको कामना गर्दछु ... धन्यवाद मित्र सत्कर्म, सृजनशील नविन सकारात्मक सोच र प्रयासलाई ......
धन्यवाद
राजेश्वर उदय,तानसेन
धन्यवाद
राजेश्वर उदय,तानसेन
धन्यवाद मेरा निजी बिचारहरुलाई स्थान दिनु भयो मेरा अनन्य मित्रको सकारात्मक प्रयास सम्बन्धमा ....खुशी लाग्यो अनलाईनमा छापियो यसकारण हैन कि बरु फेसबुकमा व्यक्त गरिएका अभिव्यक्तिलाई पनि स्थान दिनु भयो....फेरी धन्यवाद ..
Rajeswar ji tapailai swagat chha,bichar abhibyakti upalabdha garaunu bhako ma....