छुनलाई होईन, हेर्नलाई पाइन्छ, उध्रेको छ यो चोली, त्यै पनि लाइन्छ.
रामहरि गजुरेल,नुवाकोट,वर्षको तिहारमा भन्दा भर्खरै गएको तिहारमा प्रायः बजार क्षेत्रका धेरैजसो युवायुवतीहरु ¥याप र हिन्दी गितको तालमा नाच्दै रमाए । ‘मादलको तालमा मौलिक मौलिक शैलिले देउसी भैलो खेल्नै छाडियो’, भन्छन् अधिकाँश जेष्ठ नागरिकहरु । ‘पहिला पहिलाजस्तो रमाइलो र रौनक हुनै छोड्यो नि’, तुप्चेका संस्कृतिविद् तथा जेष्ठ नागरिक कैलाशनाथ पौडेलले भने । देउसी खेल्ने नाममा सामाजिक विकृतिहरु बढेको छ ।आधुनिक, पप, हिन्दी र रक गीत साउण्ड बक्समा बजाएर घरघर पुग्ने र अश्लिल नृत्यसमेत प्रस्तुत गरी देउसी खेल्ने परम्पराले हाम्रो सुन्दर मौलिकपनको हत्या नै गरिदिएको पौडेलको ठहर छ । ‘तामझाम हेर्दा बाहिरबाट चमकदमक हुन्छ, भित्र हेर्दा घिनलाग्दो विकृति छ’, उनले भने । ‘न भनेजस्तो देउसी गीत सुनियो न भैलो खेलेको नै देखियो ।’ साहित्यकार आर.एम. डंगोलको भनाइमा राजनितिक दलहरुले नेपाली समाजमा फैलाए को आपसी द्धेषले तिहारजस्ता ठूला र महत्वपूर्ण पर्वको रौनक गुमनाम भएर हराएको हो । डंगोलका अनुसार तोकेरै दक्षिणा माग्ने र नदिएमा त्यस घरमा हुलदंगा गर्ने कुसंस्कृतिको समेत सिकार भएको छ तिहार पर्व । ‘‘तिहारको उमंग, उत्साह कतै देखिएन, उनले भने, सबैको संस्कृति वरण गर्ने नाममा नेपालीले आफ्नै मौलिक संस्कृतिलाई बिर्सिए ।’ साहित्यकार डंगोल मात्र होइन अर्का साहित्यकार शिवसुन्दर पुडासैनीको पनि उस्तै पिरलो छ, यसको महिमा गुम्दै गएकोमा । ‘अब पनि गम्भिर नहुने हो भने हाम्रो परम्परा लोप हुनेछ र ठूला चाडपर्वले समेत हामीमा उमंग ल्याउने छैनन् । उनको भनाइमा मौलिक पारामा खेलिने देउसीभैलो पैसामुखी बन्दै गएको देखियो ।
चन्दा संकलनको माध्यामका रुपमा प्रयोग हुन थालेको छ देउसीभैलो पुडासैनी भन्छन् । पहिलाजस्तो उमंग छैन, उत्साह पनि छैन । सबैको यस्तै गुनासो छ । तिहारको नाममा सबैतिर विकृति व्याप्त छ । नेपालीले तिहारलाई दीपावली भनेर मौलिकता भुलेको महसुस जो कसैलाई हुन थालेको छ । व्यवसायिक फुल उत्पादन मा सरकार र निजी क्षेत्रबाट चासो नदिँदा प्लास्टिकका माला लगाइदिएर दिदीबहिनीले दाजुभाईलाई दिर्घायु र र सु–स्वाथ्यको कामना गर्नुपर्ने अर्को तितो बाध्यता छ । समयक्रमसँगै परिवर्तन हुनु स्वभाविक हो, पुनः साहित्यकार पुडासैनी भन्छन्, तर परिवर्तन हुने नाममा आफ्नो मौलिक संस्कृति नै भुल्नु ठीक होइन । त्यसै गरी शहरबजार झिलिमिली पार्ने नाममा दियो बाल्नुको साटो बिजुली बत्तीको प्रयोग बढेकोमा पनि अन्य बुढापाका पुस्तालाई चित्त बुझेको छैन ।
देउसी भैलो टोलीले पहिरिने भेषभूषामा समेत पहिलाजस्तो मौलिकताको अवशेष पनि भेटिन छाडेको छ । दौरासुरुवाल र गुन्यूचोली लगाउने परम्परा नै लोप भएकोमा अधिकंश चिन्तित छन् । पहिला तिहार जस्ता पर्वहरुमा बाजागाजा, रहनसहन, भेषभूषा, सत्कार, सम्मान र खानपिन सबैमा नेपानीपन हुने गरेको भएपनि अहिले सबैतिर आडम्बर र विदेशी संस्कृतिको प्रवेश भएको सहजै अनुमान लगाउन सकिन्छ ।

