जग्गाको स्वामित्व माग गर्दै अटो व्यवसायीहरु आन्दोलनमा
विनोद परियार
बुटवल, असार १६/अटो व्यवसायीहरुले बुटवल मैनाबगरमा रहेको अटो भिलेजको जग्गाको स्वामित्व माग गर्दै आन्दोलनको तयारी गरेका छन् । बुटवल अटो इन्जिनियरिङ एशोसिएशनले जग्गाको स्वामित्व व्यवसायीलाई दिलाउने गरी आन्दोलनको अगुवाई गर्न आनाकानी गरेको आरोप लगाउादै उनीहरुले भेलामार्फत आन्दोलनका लागि ३६ सदस्यीय संघर्ष समिति समेत गठन गरेका छन् । यसका लागि उनीहरुले हस्ताक्षर संकलन गरेका छन् भने केही दिनभित्रै सरकारलाई ज्ञापनपत्र बुझाउने बताएका छन् । अटो व्यवसाय स्थानान्तरण गर्ने क्रममा बुटवल नगरपालिकासाग १० वर्षे करार सम्झौता गरी २०५७ सालमा अटो भिलेजको स्थापना भएको थियो ।
नगरपालिकाले जग्गा करार नवीकरण गराउन पहल गरेपनि आफूहरु त्यसमा मञ्जुर नहुने मैनाबगर अटोभिलेज जग्गा स्वामित्व हस्तान्तरण संघर्ष समितिका संयोजक विश्वराज गैह्रेले बताउनुभयो । नगरपालिकाले शहरी वातावरण सुधार परियोजना अन्तर्गत मैनाबगरमा सञ्चालन गर्न लागेको परियोजनालाई समेत कार्यान्वयन गर्न नदिने व्यवसायीहरुले चेतावनी दिएका छन् । व्यवसायीहरुलाई विश्वासमा लिएमात्र परियोजना सञ्चालन हुन दिने उनीहरुको भनाई छ ।
बुटवल–४ उजिरसिंह नगरमा रहेको अटो भिलेजको विकास र बिस्तारका लागि मझौला सहरी वातावरणीय सुधार आयोजना सञ्चालन गर्न बुटवल नगरपालिकाको योजना अनुसार एसियाली विकास बैंकले २१ करोड रुपैयाा छुट्टयाएको छ । तर व्यवसायी र बुटवल नगरपालिकाबीच करार नवीकरण सम्झौता भै योजना कार्यान्वयनमा सहमति नभए योजना फिर्ता जाने संभावना बढेको छ ।
संघर्ष समितिले आज पत्रकार सम्मेलन गरी १० वर्षअघि करारमा सम्झौता गर्दा करार सकिएपछि स्वामित्व हस्तान्तरणको प्रक्रियामा जाने सहमति भएपनि अहिले आएर करारलाई नै नवीकरण गर्न खोजिएको बताएको छ ।
मैनाबगर क्षेत्रमा व्यवसायीहरुबाट आवश्यकता अनुसारका संरचना निर्माणमा अरबौं रुपैयाा लगानी भएको र जग्गाको स्वामित्व नहुादा क्रृण प्राप्तिमा समेत बाधा पुग्न गएको संयोजक गैह्रेले बताउनुभयो । अटो इन्जिनियरिङ एशोसिएशनको यसअघिका तीनवटा साधारण सभाले समेत जग्गाको स्वामित्व व्यवसायीलाई दिलाउन पहल गर्ने निर्णय गरेको तर अहिले आएर एशोसिएशनले नगरपालिकासाग मिलेर व्यवसायीको हितविपरित जान खोजेको उहााले आरोप लगाउनुभयो ।
तर एशोसिएशनका अध्यक्ष ज्योति भण्डारीले संघर्ष समितिलाई पनि सागै लैजान पहल भैरहेको भन्दै नगरपालिकाले लचकता नअपनाएमा जग्गा स्वामित्वको लागि आन्दोलन सुरु हुने बताउनुभयो ।
कार्यक्रममा संघर्ष समितिका सल्लाहकार केवलप्रसाद यादवले अटो भिलेजको विकास व्यवसायी आफैले गर्न सक्ने बताउनभयो ।
Posted by Butwalonline
on 7:05 PM. Filed under
Local News,
News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response