|

बुटवल र भैरहवामा ५५ सिसिटिभि क्यामरा राखिने




विनोद परियार,बुटवल,२४ भदौ-अपराधका घटनाहरु नियन्त्रणमा कठिनाई हुन थालेपछि रुपन्देही प्रहरीले सिसि टिभि क्यामरा राख्ने प्रकृया शुरु गरेको छ । भैरहवा र बुटवल क्षेत्र हरेक दृष्टिले संवेदनशिल भएकाले यी दुई क्षेत्रलाई केन्द्र मानेर सिसि टिभि क्यामेरा राख्ने प्रकृया शुरु गरिएको हो ।

रुपन्देही भारतीय सिमा नाकासंग जोडिएकाले पनि अन्य जिल्लामा भन्दा बढि नै आपराधिक क्रियाकलाप हुने भएकाले यसको नियन्त्रणको लागि रुपन्देही प्रहरीले करिव ७० लाखको लागतमा ५५ वटा सिसिटिभि क्यामरा जडान गर्ने योजना अगाडि सारेको छ ।

भारतीय नाका सुनौली,भैरवा र बुटवलका मुख्य ब्यापारीक नाका र सडकका मुख्य चोकहरुमा ईन्फारेड नाईटभिजन,फाईभ मेगापिक्चेल र हाईस्पिड जोन गरि तीन प्रकारका अत्याधुनिक सिसिटिभि क्यामरा राख्ने योजना बनाईएको रुपन्देही प्रहरी प्रमुख रविन्द्रनाथ रेग्मीले बताउनुभयो ।

प्रहरीले जिल्ला विकास,नगरपालिका र स्थानियहरु संघसंस्था र ब्यापरीक प्रतिष्ठानहरुको सहयोगमा जिल्लामा सिसिटिभि जडानको प्रकृया शुरु गर्ने योजना अगाडि ल्याएको हो । ‘प्रहरी कार्यालयको तर्फबाट अपराध नियन्त्रणका लागि सिसिटिभि क्यामरा जडानको आवश्यकता महसुस गरि योजना ल्याईको हो,नगरपालिका र स्थानिय निकायका प्रतिनिधिहरु पनि सकरात्मक छन्’ प्रहरी प्रमुख रेग्मीले भन्ुभयो ‘आर्थिक श्रोत जुटेपछि सिसिटिभि जोड्न शुरु हुन्छ ।’ प्रहरीका अनुसार भैरहवाको भन्सार नाका, डन्डा चेकपोष्ट,सुनौली दखि भैरहवा सडकका मुख्य चोकमा अत्याधुनिक खालका क्यामराहरु जडान गरिने छ ।भैरहवामा ईन्फारेड नाईटभिजन १८,फाईभ मेगापिक्चेल ४ र हाईस्पिड जोन ७ गरि जम्मा २७ सिसिटिभि क्यामराहरु राखिने छ । यस्तै बुटवलमा नाईट भिजन ईन्फारेड क्यामेरा १८,फाईभ मेगा पिक्चेल ५ र हाईस्पिड जोन ५ गरि २८ वटा क्यामराहरु ज्डान गरिने छ । बुटवलको मुख्य सडकका चोकहरु राजमार्ग चौराहा,मिलनचोक, गोलपार्क,नेपालगं्रज रोड,तिनाउ पुलमा नाईटभिजन, र अन्य पावरवाला क्यामराहरु जडान गरिने जनाईएको छ ।

प्रहरीको योजना आधारभुत खालको भएकाले आवश्यकता अनुसार सवेदनशिल क्षेत्रहरुमा बढाउन सकिने छ ।जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालयले भैरहवा र बुटवलमा सिसिटिभि क्यामरा जडानको लागि सर्वे गरेर योजना बनाएको हो । भैरहवामा ३६ लाख र बुटवलमा ३४ लाखको लागतमा सिसिटिभि जडान गर्न सकिने रुपन्देही प्रहरी प्रमुख रेग्मीले बताउनुभयो । उहाका अनुसार अप्टिकल फाईवर निर्माणमा बढि खर्च हुने र त्यसको लागि मात्रै भएपनि लागत जुटाउन सके तत्तकालै जडान प्रकृया शुरु गर्न सकिन्छ । त्यसको लागि तत्काल २० देखि २५ लाख रुपैया भए अप्टिकल फाईवर जडान गरेर बुटवल र भरहवा दुवैमा सिसिटिभि क्यामरा जडान गर्न सकिने बताईएको छ ।

सिसि टिभि क्यामरा जडान भएमा दुर्घटना नियन्त्रण, आपराधिक गतिविधि, लुटपाट,डकैती र प्रहरीको अनिमितता समेत रोकिने प्रहरी अधिकृतहरुको दावी छ ।

Posted by Butwalonline on 10:52 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

1 comments for "बुटवल र भैरहवामा ५५ सिसिटिभि क्यामरा राखिने"

  1. aba chai khe huncha ki butwal ra bhairawa ma

Leave a reply