|

पल्सर स्पोर्टस अवार्ड २०६७ आज,आठ बिधामा अवार्ड प्रदान हुने

माधब अर्याल
काठमाण्डौ,२४ भदौ
नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा पल्सर स्पोर्टस अवार्ड २०६७ कार्यक्रम आज हुदैछ ।
२०६७ साल भर खेलाडीहरुको उपलब्धी ,राष्ट्रीय तथा अन्तर्राष्ट्रिय प्रदर्शन र उपलब्धीले राष्ट्रलाई दिलाएको सम्मानका उचाईका आधारमा यो अवार्ड प्रदान गरीन्छ । मन्चले बिगत एक दशक देखि निरन्तर अवार्ड कार्यक्रम आयोजना गरीरहेको छ ।

आज पल्सर लोकप्रिय खेलाडी,पल्सर उत्कृष्ट पुरुष, महिला, युवा ,प्रशिक्षक, लाइफटाइम एचिभमेन्ट अवार्ड,पारा एथलिट अवार्ड र विशेष पुरस्कार गरी आठ बिधामा बजाज स्पोर्टस अवार्ड बितरण गरीने मञ्चले जनाएको छ ।

पल्सर स्पोर्टस अवार्डको सबैभन्दा महत्वपुर्ण मानिएको र एसएमएस भोटिङका आधारमा विजेता घोषणा गरिने पल्सर सर्बाधिक लोकप्रिय खेलाडीको मनोनयनमा क्रिकेटका राहुल बिश्वकर्मा, फुटबलका सागर थापा,भलिबलकी सिपरा गुरुंग,पौडीकी श्रेया धिताल र बक्सींगका दिपक महर्जन रहेका छन् । त्यस्तै गरी वर्षको उत्कृष्ट पुरुष खेलाडीमा राहुल बिश्वकर्मा (क्रिकेट),दीपक महर्जन (बक्सिङ), विलमलाल श्रेष्ठ (चेस),रोहित चन्द (फुटबल) र श्याम श्रेष्ठ (शारिरिक सुगठन) रहेका छन् भने उत्कृष्ट खेलाडी महिला तर्फ जमुना गुरुङ (फुटबल), अस्लेसा लिसानेभिच (टेनिस), अनु लामा (फुटबल),मनिता शाही (तेक्वान्दो) र कान्छीमाया कोजू ‑एथ्लेटिक्स) मनोनयनमा छन् । उता वर्षको उत्कृष्ट युबा खेलाडीमा पृथु बास्कोटा (क्रिकेट), सरिता मगर (क्रिकेट), फुपु ल्हामु खत्री (जुडो), नेरी थापा (क्रिकेट) र अनिश श्रेष्ठ (टेबलटेनिस) तथा वर्षका उत्कृष्ट प्रशिक्षकमा श्यामसन जंग थापा (क्रिकेट), ध्रुव केसी (फुटबल), प्रचन्ड शर्मा (बक्सिङ), जगत टमाटा (क्रिकेट) र ज्ञानेन्द्र नकर्मी (शारिरीक सुगठन) मनोनयनमा छन् ।
अवार्डका अन्य तीन विधा विशेष पुरस्कार, लाइफटाइम एचिभमेन्ट अवार्ड र पारा एथलिट अवार्ड बाट सम्मानित हुनेको नाम आज नै घोषणा गरिने मञ्चका प्रबक्ता प्रकाश तिमिल्सिनाले जनाएका छन् ।

पल्सर स्पोर्टस अवार्डको आयोजना गर्न मञ्च र मुख्य प्रायोजक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिबीच पााच वर्षका लागि सम्झौता भएको छ भने आइएसएमई प्रालि, आइएसएमई हाउजिङ, सूर्य नेपाल, डिस मिडिया नेटवर्क प्रालि र मेगा बैंकलाई सह–प्रायोजक तथा का रुपमा वेस्टर्न युनियन मनि ट्रान्सफर, आरजे स्पोर्ट्स र होटल रोयल सिंगीले अवार्ड कार्यक्रमलाई विषेश सहयोग उपलब्ध गराएका छन् भने एभिन्युज टेलिभिजन लाइभ पार्टनर र टिएचटि लाईभको ३१३१ लाई पल्सर पपुलर प्लेयर अफ द इयरको एएमएस पार्टनरका रुपमा रहेको मञ्चका अध्यक्ष निरञ्जन राजबंशीले बताए । खेलकुद र खेलाडीको क्षेत्रमा बिशिष्ट पहीचान बनाएको स्पोर्टस अवार्ड कार्यक्रम आज प्रज्ञा प्रतिष्ठानमा हुदैछ ।

Posted by Butwalonline on 8:01 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पल्सर स्पोर्टस अवार्ड २०६७ आज,आठ बिधामा अवार्ड प्रदान हुने"

Leave a reply