|

Gajal

जुनी जुनी तिम्लाई माया गर्न पाए हुन्थ्यो लुरी
तिम्रो ह्रिदयमा वसाई सर्न पाए हुन्थ्यो लुरी।

तिमीलाई यो दिलमा सजाई अनि हात समाई
मायाको त्यो महासागर तर्न पाए हुन्थ्यो लुरी।




यो मनको चाहाना र फक्रिएको जोवन संगै
चोखो दिल् को मझेरीमा चर्न पाए हुन्थ्यो लुरी।

फुल्दै अनि लहराउदै प्रक्रितीको वागमा हामी
मन्द मिठो सुवासना छर्न पाए हुन्थ्यो लुरी।

पवित्र त्यो नाता अनि पवित्रै सिन्दुर संगै
खाली सिंउदो मेरै हात ले भर्न पाए हुन्थ्यो लुरी।

सुख दु:ख पिडा व्यथा हांसो आंशु सयर गर्दै
तिम्रै काखमा रमाउदै मर्न पाए हुन्थ्यो लुरी।

अशोक गौतम क्षितिज
पौंदिअमराई -३ गुल्मि

Posted by Anonymous on 2:08 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "Gajal"

Leave a reply