|

श्रीमान भागेपछि दलित युवति अलपत्र

अन्तरजातिय विाहको पिडा
पिडित सुनिता
बिनोद परियार,बुटवल,१५ असार । रुपन्देहीमा अन्तरजातिय विवाह गरेकी एक दलित युवति श्रीमान भागेपछि अलपत्रमा परेकी छन् । रुपन्देही मानपकडी ४ स्थित सुनिता विक श्रीमान उदित नारायण चौधरी (दिप्रेन्द्र) पारिवारिक दवावका कारण एकाएक गायब भएपछि  अपलपत्रमा परेकी हुन् । गत माघमा प्रेम विवाह गरेका सुनिता र उदितले सामाजिक रुपमा असुरक्षित भएपछि बुटवल बस्दै आएका थिए ।

आज (बुधबार) बुटवलमा नेपाल दलित पत्रकार संघ रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै पिडित सुनिताले ३ महिनाको गर्भ समेत रहेकोले न्याय दिलाईदिन आग्रह गरेकी छन् ।  दलितको छोरी विहे गरेको भन्दै उदितका वुवा विष्णु र उनका जेठा बुवा कृपानाथ चौधरीले सुनितालाई छाड्न दवाव दिदै आएका थिए ।
पिडित सुनिताका अनुसार पारिवारहरुले आफुबाट अलग गराउन उदितलाई गायब बनाएको र आफ्नो भविष्यनै अन्यौलमा परेको बताएकी छन ् ।सामान्य लेखपढ मात्रै जानेकी सुनिता ‘मेरो पेटमा बच्चा पनि छ , अब मेरो भबिष्य के हुन्छ भन्दै पत्रकारहरुसंग दुखेसो पोखिन । सुनिताले श्रीमानलाई दलित केटीसंग विहे गरेको भनेर परिवारले अलग गराएको भन्दै जिल्ला प्रशाशन र प्रहरी कार्यालयमा समेत उजुरी दिएको बताएकी छन् ।  तर उदितका परिवारले गाउमै घटनालाई आलटाल गर्न खाजेको पिडित सुनिताका बुवा श्रीराम विकले बताए ।  ‘छोरी दुई जिउकी छ म कहाँ लैजाउ’ उनले भने तर उनीहरुले पैसा दिन्छु छोरीलाई तिमिले नै राख भन्छन् ।’गाउमा आरनको काम गर्दै आएका श्रीरामले आर्थिक अवस्था कमजोर भएकाले प्रशाशन धाउन समेत  समस्यामा भएको  बताए । 

जिल्ला प्रहरी कार्यालयमा निवदन दिएको थाहा पाएपछि राजनीतीक दलहरुले  समेत घटनालाई गाउमै मिलाउने भन्दै पैसामा बार्गेनिङ गर्ने प्रस्ताव गरेको सोही घटनामा पैरवि गर्दै आएका  दलित अधिकारकर्मि अविराम विकले बताए ।  उनले फरार गराईएका उदितलाई प्रशाशनमा बुझाउनुपर्ने,सुनिताको जीवनको सुरक्षा र उसको बाच्ने आधार तय गरिदिनुपर्ने माग गरे । पत्रकार सम्मेलनमा दलित वर्ग उत्थान जिल्ला समन्वय समति रुपन्देहीका उपाध्यक्ष रामु विकले छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको अवस्थामा समेत र अन्तरजातिय विवाहलाई राज्यले मान्यता दिएको अवस्थामा पनि यस्ता घटना हुन दुखत भएको भन्दै काुननलाई ब्यहारमा उतार्न माग गरे ।  पिडितहरुले बारम्बार प्रशाशनसमक्ष यस्ता कुराहरु राख्दा समेत न्याय दिलाउन तर्फ ध्यान नदिएको गुनासो छ । पत्रकार सम्मेलन दलित पत्रकार संघ रुपन्देहीका अध्यक्ष शान्ति विकको अध्यक्षता र सचिव विनोद परियारको संचालनमा सम्पन्न भएको थियो ।

Posted by Butwalonline on 1:28 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "श्रीमान भागेपछि दलित युवति अलपत्र"

Leave a reply