|

अन्तरिक्ष यान क्युरोसिटी रोबरको सेन्सर सर्किटमा खराबी


भाद्र ६ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगलग्रहमा पठाएको अन्तरिक्ष यान क्युरोसिटी रोबरको सेन्सर सर्किटमा खराबी आएको छ । हावामा रीडीङ ल्याउन प्रयोग हुने सेन्सर सर्किटको खराबीका कारण क्युरोसिटी रोबरले गर्ने थप अध्ययन प्रभावित हुने भएको छ । रकेटद्धारा सन्चालित क्युरोसिटी अवतरणका क्रममा जमीनको पत्थरसंग ठक्कर खाँदा खरबी आएको नासाले जनाउँदै यो ठूलो समस्या नभएको नासाले प्रष्ट पारेको छ ।

नासाको अन्तरिक्ष यान मार्स दुई साताअघि क्युरोसिटी रोभर सफलतापूर्वक मंगलग्रहमा अवतरण गरेको थियो । मार्स रोभर मंगल ग्रहमा कम्तीमा दुई बर्षसम्म सक्रिय रहने जनाइएको छ । दुई वर्षे अवधीमा मार्स रोभरले मंगलग्रहमा रहेका खाल्डा र पानीको अवस्था र जीव बाँच्न सक्ने सम्भावनाको खोजी गर्ने वताइएको छ । मार्स रोभर मोटरबाट चल्ने बाहन हो र यसले पृथ्वीबाट पठाइएका निर्देशनको पालना गर्दै मंगलग्रहमा बिचरण गर्नेछ ।
(समाचार इमेंज  च्यानल बाट)

Posted by Butwalonline on 8:02 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अन्तरिक्ष यान क्युरोसिटी रोबरको सेन्सर सर्किटमा खराबी"

Leave a reply